काठमाडौंमा १० हजार सुरक्षाकर्मी परिचालन (तस्वीरहरू)
![काठमाडौंमा १० हजार सुरक्षाकर्मी परिचालन (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/balkhu-(2)-1700717709.jpg)
युवा संघ नेपाल र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालको प्रदर्शनका कारण काठमाडौं उपत्यकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन्।
युवा संघले तीनकुनेमा र प्रसाईंले बल्खुमा प्रदर्शन आयोजना गरेका छन्। दुवै समूहको प्रदर्शनका कारण बिहानैदेखि काठमाडौंको जनजीवन प्रभावित छ।
![balkhu (5).jpg](https://www.himalkhabar.com/uploads/editor/Politics/durha prasain/balkhu (5).jpg)
सार्वजनिक सवारीसाधन निकै कम चलेका छन्। निजी सवारीसाधन पनि फाट्टफुट्ट चलेका छन्। जसले गर्दा आवतजावत गर्ने सर्वसाधारणलाई असहज भएको छ।
उपत्यकाका चोक चोकमा सुरक्षाकर्मी परिचालन गरिएका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १० हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ।
![balkhu (4).jpg](https://www.himalkhabar.com/uploads/editor/Politics/durha prasain/balkhu (4).jpg)
![balkhu (1).jpg](https://www.himalkhabar.com/uploads/editor/Politics/durha prasain/balkhu (1).jpg)
![balkhu (3).jpg](https://www.himalkhabar.com/uploads/editor/Politics/durha prasain/balkhu (3).jpg)