इजरायलमा मारिएका विद्यार्थीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन (तस्वीरहरू)
![इजरायलमा मारिएका विद्यार्थीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/isarael-maitighar_4-1696855607.jpg)
इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा काठमाडौंको माइतीघरमा दीप प्रज्वलन गरिएको छ।
हमासले असोज २० गते बिहान इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गरेको थियो। त्यस आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको ज्यान गएको छ। उनीहरू कृषि अध्ययनका लागि इजरायल पुगेका थिए।
इजरायल सरकारको ‘अर्न एन्ड लर्न’ कार्यक्रम अन्तर्गत २६५ नेपाली विद्यार्थी इजरायल गएका थिए। उनीहरूमध्ये कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी गएका हुन्।
सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना विद्यार्थी इजरायलको दक्षिणी क्षेत्र किबुज अलमिममा अध्ययनरत थिए। त्यही क्षेत्रमा हमासले आक्रमण गरेको थियो। आक्रमण परी १७ जनामध्ये १० जनाको ज्यान गएको हो। केही घाइते भएका छन्।
![isarael maitighar_5.jpg](https://www.himalkhabar.com/uploads/editor/social/isarael student/isarael maitighar_5.jpg)
हमासले आक्रमण गरेको क्षेत्रमा रहेका नेपाली विद्यार्थीलाई इजरायली सुरक्षाकर्मीले उद्धार गरेका छन्। उनीहरूलाई इजरायली सेनाको क्याम्पमा राखिएको छ। उनीहरू नेपालबाट उद्धारको पर्खाइमा छन्।
उनीहरूको सम्झनामा सरकारले पनि राष्ट्रिय शोक घोषणा गरेको छ। देशभरका सरकारी कार्यालय र विदेशस्थित नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ।
उनीहरूको सम्झनामा युवाहरूले सोमबार साँझ माइतीघरमा मण्डलमा दीप प्रज्वलन गरेका हुन्। इजरायलमा ज्यान गुमाएका विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।
![isarael maitighar_2.jpg](https://www.himalkhabar.com/uploads/editor/social/isarael student/isarael maitighar_2.jpg)
![isarael maitighar_1.jpg](https://www.himalkhabar.com/uploads/editor/social/isarael student/isarael maitighar_1.jpg)
![isarael maitighar_3.jpg](https://www.himalkhabar.com/uploads/editor/social/isarael student/isarael maitighar_3.jpg)