हिन्दू स्वयंसेवक संघद्वारा युवालाई ‘युद्ध, दण्ड र व्यायाम’ प्रशिक्षण
विश्व हिन्दू स्वयंसेवक संघ, नेपालले युवालाई ‘युद्ध, दण्ड र व्यायाम’ प्रशिक्षण दिएको छ।
संघले संघ शिक्षा वर्ग (प्रथम वर्ष) २०८० अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा २० दिन प्रशिक्षण दिएर स्वयंसेवक दस्ता तयार पारेको हो।
प्रशिक्षणमा ३२ जिल्लाका १२० युवा सहभागी थिए। उनीहरूलाई युद्धकौशल, दण्ड र व्यायामसँगै व्यक्तित्व निर्माण सम्बन्धी प्रशिक्षण दिइएको संघले जनाएको छ। धनकुटा विभाग संघचालक विश्वनाथ दहालले प्रत्येक वर्ष देशका विभिन्न स्थानमा यस्ता कार्यक्रम गरिंदै आएको बताए। “युवालाई प्रशिक्षण दिएर स्वयंसेवक र प्रचारक बनाई विश्वका सबै मानव जातिको रक्षा गर्ने उद्देश्य छ,” उनले भने।
.jpg)
प्रशिक्षणको समापनमा प्रशिक्षार्थीलाई सिकेका कौशल प्रदर्शन गर्न लगाइएको छ। कार्यक्रममा सप्तरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य नवलकिशोर साहले प्रशिक्षणबाट प्राप्त शिक्षाले सहभागी युवाको जीवनमा परिवर्तन ल्याउने बताए।
त्यस्तै, राष्ट्रिय स्वयंसेवक संघ, भारतका संघ प्रचारक आलोकले ‘हिन्दू धर्मदर्शनमा उपचारदेखि युद्धसम्म र व्यक्तित्व निर्माणदेखि पृथ्वीमा भएको सबै चराचरको रक्षासम्मका कुरा’ रहेको जनाउँदै प्रशिक्षित युवालाई समाजलाई सकारात्मक दिशामा अगाडि बढाउने काममा लाग्न सुझाव दिए।
.jpg)