मधेशमा मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड
![मधेशमा मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड](https://www.himalkhabar.com/uploads/posts/800X600/madhesh-sarkar_1674735884.jpg)
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीको जिम्मेवारी बाँडफाँड गरेका छन्।
मुख्यमन्त्री यादवको सिफारिशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रीको जिम्मेवारी तोकेका छन्। नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।
त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) सञ्जयकुमार यादवलाई अर्थ मन्त्रालयको जिम्मा दिइएको छ भने जनमत पार्टीका वसन्तकुमार कुशवाहालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मा दिइएको छ।
अझै पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन। मुख्यमन्त्री यादवले नै वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय, खानेपानी तथा ऊर्जा विकास मन्त्रालय, महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रालय, उद्योग, पर्यटन तथा वन मन्त्रालय, गृह तथा सञ्चार मन्त्रालय, सामाजिक विकास मन्त्रालय र कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय हेरिरहेका छन्।