विश्वव्यापी काेराेनाभाइरस महामारी

५४५८६६९

हालसम्म संक्रमित

२२८४८४२

निको भएका

३४५१६६

मृत्यु हुनेको संख्या

नेपाल

६०३

जम्मा संक्रमित

८७

निको भएको

मृत्यु

अपडेटः आइतबार, ११ जेठ २०७७ । ११:०० बजे राति | स्रोत : worldometers.info/coronavirus

काेभिड-१९
विस्तृत सामग्री

समाचार विहीबार, असार २६, २०७६

विप्लव निकट रेड युथफोर्स अध्यक्ष पक्राउ

रासस

जिल्ला प्रहरी कार्यालय सुर्खेतले रेड युथफोर्सका अध्यक्ष शिखर पहाडी (हिमशिखर) लाई पक्राउ गरेको छ ।

चौकुने गाउँपालिका–९ सुर्खेत निवासी जहरे नेपालीका छोरा शिखर पहाडी विप्लव समूह निकट भ्रातृ सङ्गठन युथफोर्सका अध्यक्ष हुन् ।

उनलाई बुधबार राति वीरेन्द्रनगर नगरपालिका–११ पिपिरा सुर्खेतबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

विशेष सूचनाका अधारमा सुर्खेत पिपिरा नजिकैको क्षेत्रमा शङ्कास्पद शिखरलाई प्रहरीले जाँच शुरु गरेपछि उनले प्रहरीसँग वादविवाद गरेका थिए ।

विवादको क्रममा उनलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान गर्दा शिखर विप्लवका कार्यकर्ता ठहर भएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए।

उनी युथफोर्सको अध्यक्षका साथै युवा सङ्गठन भेरी कर्णाली ब्यूरोको सदस्यसमेत भएको जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस