पहिरोले खोटाङमा १८ घर जोखिममा
![पहिरोले खोटाङमा १८ घर जोखिममा](https://www.himalkhabar.com/uploads/posts/800X600/pahiro_1659922806.jpg)
पहिरोले खोटाङको ऐंसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका १८ घर जोखिममा परेका छ।
शनिबार राति ठूलो पहिरो खसेको हो। करीब ४०० मिटर फैलिएको पहिरो करीब ७०० मिटर तल मेकुखोलामा थुप्रिएको छ। पहिरोले जनकल्याण आधारभूत विद्यालय पनि जोखिममा परेको व्यवस्थापन समिति अध्यक्ष धनकुमार राईले बताए।
पहिरोले रुद्रबहादुर राई, अधिराज राई, ललितकुमार राई, चन्द्रबहादुर राई लगायतको घर पहिरोको उच्च जोखिममा परेको छ। उनीहरूको घरबाट करीब ६० मिटरको दूरीमा पहिरो गएको छ। विद्यालयको खेल मैदान नजिकसम्म पहिरो गएको छ।
उक्त पहिरोले दिप्दीमावा–माझगाउँ–देल्बाया सडकको करीब २०० मिटर बगाएको छ। केही मुनिबाट शुरू भएको अर्को पहिरोले माझगाउँ जोखिममा पारेको छ। दुई/तीन वर्षदेखि सामान्य धाँजा फाटेको पाखोमा सामान्य वर्षा हुँदा नै पहिरो गएको हो।