म्यानमारमा दिइएको मृत्युदण्डको विरोधमा काठमाडौंमा प्रदर्शन (तस्वीर)
![म्यानमारमा दिइएको मृत्युदण्डको विरोधमा काठमाडौंमा प्रदर्शन (तस्वीर)](https://www.himalkhabar.com/uploads/posts/800X600/myanmar_5_1658820866.jpg)
म्यानमारको सैनिक सरकारले प्रजातन्त्रवादी चार नेतालाई मृत्युदण्ड दिएको विरोधमा मानव अधिकारकर्मीहरूले ललितपुरको पुलचोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि प्रदर्शन गरेका छन्।
नेपाल मानव अधिकार संगठनको आयोजनामा मंगलबार भएको प्रदर्शनीमा फाँसीको भर्त्सना गर्दै प्रदर्शनकर्ताहरूले म्यानमारमा प्रजातन्त्रको पुन:स्थापनाको माग गरेका थिए।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/myanmar%20protest/myanmar_4.jpg)
सैनिक सरकारले पूर्व सांसद फ्यो जेया थअ, लेखक को जिम्मी, ह्ला म्यो आङ र आङ थुरा जअलाई आतङ्कवादी गतिविधि गरेको आरोपमा मृत्युदण्ड दिएको हो। गत जनावरीमा बन्द ढोकामा गरिएको सुनुवाइ मार्फत उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको थियो।
उनीहरूमाथि गत वर्ष भएको विद्रोहमा सत्ता कब्जा गर्न मिलिसियाहरूलाई सहयोग गरेको आरोप लगाइएको छ। ४१ वर्षीय फ्यो नेशनल लीग फर डेमोक्रेसी (एनएलडी) का सांसद थिए। उनी आङ सान सूचीसँग निकट मानिन्छन्। ५३ वर्षीय जिम्मी सन् १९८८ मा सैन्य शासनको विरोध गर्ने विद्यार्थी समूहका सदस्य थिए।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/myanmar%20protest/myanmar_8.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/myanmar%20protest/myanmar.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/myanmar%20protest/myanmar_7.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/myanmar%20protest/myanmar_6.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/myanmar%20protest/myanmar_1.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/myanmar%20protest/myanmar_2.jpg)