चुनावमा बालबालिका प्रयोग नगर्ने दलहरूको प्रतिबद्धता

सुदूरपश्चिमका राजनीतिक दलका नेताहरूले आगामी स्थानीय चुनावमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन्।
नेकपा (एमाले) का कैलाली जिल्ला सचिव डेजी पाण्डेय, नेपाली कांग्रेसका प्रदेश सदस्य रामबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का निर्मल शाह, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष भैरव रावलले चुनावमा बालबालिका प्रयोग नगर्ने बताएका हुन्।
शिक्षक, विद्यार्थी, पत्रकारले भने चुनावमा बालबालिका, विद्यालय भवन, सवारी साधन प्रयोग नगर्ने कुरा व्यवहारमा लागू हुनेमा आशङ्का व्यक्त गरे।
शिक्षा अधिकार अनुगमन समूह, सुदूरपश्चिम प्रदेशको आयोजनामा भएको निर्वाचन आचारसंहिता र राजनीतिक दलका घोषणापत्रमा बालबालिकाको सवालमा सोमबार प्रदेश स्तरीय छलफल तथा सुझाव हस्तान्तरण कार्यक्रम दलका नेताहरूलाई सुझावपत्र बुझाइएको थियो।
सुझावपत्रमा राजनीतिक दलले घोषणापत्रमा समावेश गर्नुपर्ने प्रमुख विषयहरू समेटिएका छन्। पाँच सयभन्दा बढी नागरिक संस्थाहरूतर्फबाट २० वटा संस्थाले २१ बुँदे सुझाव पेश गरेका छन्।