प्रधानमन्त्री देउवा नयाँ दिल्ली प्रस्थान (तस्वीरहरू)
![प्रधानमन्त्री देउवा नयाँ दिल्ली प्रस्थान (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/deuwa_tia_(15)_1648799093.jpg)
प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्।
शुक्रबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन्। तीनदिने भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्ने भएका छन्।
नेपालको ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख अग्निप्रसाद सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण लगायतले बिदाइ गरेका छन्।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादव, मुख्यसचिव शङ्करदास वैरागी, आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानुबहादुर देउवा, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा सचिव देवेन्द्र कार्की, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, गृह सचिव टेकनारायण पाण्डे, कानून सचिव उदयराज सापकोटा, अर्थ सचिव मधुकुमार मरासिनी, वाणिज्य सचिव गणेशप्रसाद पाण्डे, स्वास्थ्य सचिव डा. रोशन पोखरेल, कृषि सचिव गोविन्दप्रसाद शर्मा लगायत सहभागी छन्।
त्यस्तै, प्रधानमन्त्रीका निजी सचिव प्रकाश देउवा, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानी, निजी क्षेत्रका उद्यमी-व्यवसायी सङ्घसङ्गठनका अध्यक्ष सहित उच्च पदाधिकारी, स्वतन्त्र ऊर्जा उत्पादक सङ्घका पदाधिकारी तथा सञ्चारकर्मी पनि प्रतिनिधिमण्डलमा सहभागी छन्।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/deuwa%2Bdelhi/deuwa%20tia%20(1).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/deuwa%2Bdelhi/deuwa%20tia%20%283%29.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/deuwa%2Bdelhi/deuwa%20tia%20(4).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/deuwa%2Bdelhi/deuwa%20tia%20(5).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/deuwa%2Bdelhi/deuwa%20tia%20(6).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/deuwa%2Bdelhi/deuwa%20tia%20(11).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/deuwa%2Bdelhi/deuwa%20tia%20(12).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/deuwa%2Bdelhi/deuwa%20tia%20(16).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/deuwa%2Bdelhi/deuwa%20tia%20(10).jpg)