प्रहरीको मृत्युपछि सुनसान लेटाङ, त्रसित स्थानीय (तस्वीरहरू)
![प्रहरीको मृत्युपछि सुनसान लेटाङ, त्रसित स्थानीय (तस्वीरहरू)](https://www.himalkhabar.com/uploads/posts/800X600/letang_(16)_1647870095.JPG)
विद्यार्थीले कोठामा थुनेर राखेका शिक्षकलाई सुरक्षित बाहिर निकाल्ने क्रममा भएको झडपमा प्रहरी जवानको मृत्यु भएपछि मोरङको लेटाङका बासिन्दा त्रसित बनेका छन्।
गएराति ९ बजे भएको घटनापछि लेटाङ नगरपालिका तनावग्रस्त बनेको थियो। स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय, मोरङले सोमबार बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरेको थियो।
कर्फ्यूका कारण सोमबार लेटाङका बासिन्दा घर बाहिर निस्केनन्। लेटाङ बजार पनि दिनभर बन्द रह्यो। दिनभर घरभित्रै बसिरहेका स्थानीय बासिन्दा त्रसित देखिन्थे।
प्रहरीको मृत्युका कारण उनीहरू चिन्तित पनि बनेका छन्। दिनभर प्रहरीको बाक्लो उपस्थिति रहेको थियो भने स्थानीय बासिन्दा कसैसँग बोलचाल पनि गर्न सकिरहेका थिएनन्।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/letang/letang%20%287%29.JPG)
प्रहरीको मृत्यु भएको थाहा पाएपछि रातभर सुत्न नसकेको स्थानीय बासिन्दाले बताए। झन् घटनास्थल नजिकका स्थानीय आफ्नो घरमा पनि जान सकेका छैनन्।
घटनास्थल नजिकै घर भएकी पद्ममाया राईले छिमेकमा बसिरहेको बताइन्। “अझै डर लागिरहेको छ,” उनले भनिन्।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/letang/letang%20(4).JPG)
लेटाङ नगरपालिका-५ स्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षकले कक्षा ७ मा अध्ययनरत छात्रालाई होली खेल्ने क्रममा दुर्व्यवहार गरेको आरोप लगाउँदै स्थानीय बासिन्दाले विद्यालय घेराउ गरेका थिए। स्थानीय बासिन्दाले शिक्षकलाई कुटपिट गर्ने अवस्था आएपछि प्रहरीको मद्दत मागिएको थियो।
प्रहरीले कोठाभित्र थुनिएका शिक्षकलाई सुरक्षित बाहिर निकाल्न खोज्दा स्थानीय बासिन्दाले आक्रमण गरेका थिए। स्थानीयको आक्रमणबाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। झडपमा केही प्रहरी र केही स्थानीय बासिन्दा पनि घाइते भएका थिए।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/letang/letang%20(5).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/letang/letang%20(8).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/letang/letang%20(12).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/letang/letang%20(13).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/letang/letang%20(14).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/letang/letang%20(18).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/letang/letang%20(24).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/letang/letang%20(25).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/letang/letang%20(30).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/letang/letang%20(35).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/letang/letang%20(36).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/letang/letang%20(38).JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/letang/letang%20(39).JPG)