‘गीता छोएर खाएको कसम पूरा गर्न राप्रपा फुटाइनँ’
![‘गीता छोएर खाएको कसम पूरा गर्न राप्रपा फुटाइनँ’](https://www.himalkhabar.com/uploads/posts/800X600/kamal_thapa_1645260294.jpg)
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष कमल थापाले आफूले हातमा गीता लिएर खाएको कसम पूरा गर्न पार्टी विभाजन नगरेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमा ‘राप्रपा नेपाल’ घोषणा गर्दै थापाले आफूले दुई वर्ष पहिले खाएको कसम पूरा गरेको दाबी गरेका छन्। २९ फागुन २०७६ मा उनले राप्रपा नफुटाउने कसम खाएका थिए।
“गीता हातमा लिएर राप्रपालाई कदापि फुट्न दिनेछैन भन्ने कसम खाएको थिएँ, गीता सनातन धर्मावलम्बीको एउटा महान् ग्रन्थ हो,” थापाले भने, “मलाई आज यो भन्दा खुशी लागेको छ कि मैले राप्रपा फुटाइनँ।”
तस्वीरहरू: अमित मचामसी/हिमालखबर
![](https://www.himalkhabar.com/uploads/editor/Politics/kamal%20thapa/kamal%20thapa%20%288%29.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Politics/kamal%20thapa/kamal%20thapa%20(7).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Politics/kamal%20thapa/kamal%20thapa%20(5).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Politics/kamal%20thapa/kamal%20thapa%20(6).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Politics/kamal%20thapa/kamal%20thapa%20(4).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Politics/kamal%20thapa/kamal%20thapa%20(2).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Politics/kamal%20thapa/kamal%20thapa%20(1).jpg)