पछिल्लो ओडब्लुएसडी अवार्ड पाएकी युवा वैज्ञानिक ज्योती भण्डारी आयुर्वेदिक जडिबुटीको व्यावसायिक उत्पादनका विषयमा अनुसन्धान गरिरहेकी छन्।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले महिला वैज्ञानिकको आविस्कारको स्तरवृद्धि गर्न, विकसित र विकाशील मुलुकका महिलालाई एकआपसमा जोड्ने संस्था बनाएको छ, ‘अर्गनाइजेशन फर ओमेन इन साइन्स फर द डेभलपिङ वर्ल्ड (ओडब्लुएसडी)।’ यसले संसारभरका महिला वैज्ञानिकलाई अनुसन्धानमा सघाउँछ।
ओडब्लुएसडीले ‘अर्लि करिअर फेलोसिप’ मार्फत पुरस्कृत गर्छ। संसारका उम्दा महिला वैज्ञानिकले पाउने ५० हजार अमेरिकी डलर (झण्डै ६० लाख रुपैयाँ) को ओडब्लुएसडी फेलोसिपबाट सन् २०२० मा पुरस्कृत भएकी हुन् उनी।
अनुसन्धान, प्रयोगात्मक सिकाई तथा साहसिक काममा रुचि राख्ने ज्योती भण्डारी वन विज्ञान अध्ययन संस्थान पोखरा क्याक्पसको उपप्रध्यापक हुन्। चाइना एग्रिकल्चरल युनिभर्सिटीबाट विद्यावारिधि गरेकी उनीले नेपालमा ओत तथा चमेरोको महत्त्व र संरक्षणबारे अनुसन्धान गरिरहेकी छन्।
उनले नेपालको परम्परागत जडीबुटी (आयुर्वेद)को महत्त्व, प्रयोग, संरक्षण तथा व्यवसायमा लागेका व्यक्तिको आर्थिक उन्नतीबारे अनुसन्धान गर्न ओडब्लुएसडी अवार्ड पाएकी हुन्। विषेश गरी अन्नपूर्ण क्षेत्र (सिक्लेस, घान्दु्रक, लम्जुङ, तल्लो मुस्ताङ) मा पाइने जडीबुटीको विस्तृत अध्ययनका यो अवार्ड पाएका उनले बताइन्।
यो क्षेत्रमा के कस्ता जडीबुटी पाइन्छ? केका लागि प्रयोग गरिन्छ? व्यावसायिक रुपमा उत्पादन हुन्छ वा हुँदैन? नयाँ पुस्ताले यसको प्रयोगमा रुचि राखेका छन् वा छैनन्? यिनै विषयमा उनको अनुसन्धान केन्द्रित छ।
सन् २०२२ मा सक्नुपर्ने उनको अध्ययन कोरोनाभाइरसको संक्रमणका कारण केही ढिला भएको छ। “प्रयोगशालामा परीक्षण गर्नुपर्ने काम कमै छ। फिल्डमै गएर अनुसन्धान गर्नुपर्ने काम धेरै छ,” उनी भन्छिन्, “कोरोनाका कारण फिल्डमा जान नपाउँदा ढिलाइ भयो।”
किसानले बारीमा उत्पादन गरेका जडीबुटी कति प्रभावकारी छन् भन्ने पनि उनको अनुसन्धानमा खुल्नेछ। यससँगै आयुर्वेदिक जडिबुटीलाई ल्याबमा परीक्षण गरेर व्यावसायिक उत्पादनमा मद्दत गर्ने उद्देश्यले अनुसन्धान गरिरहेको उनी बताउँछिन्। उनले वाइल्ड प्लान्ट कन्र्जभेसन फेलोसिप, रुफोर्ड स्मल ग्रान्ट, विश्व वन्यजन्तु कोषकोरुसेल इ. टे«न फेलोसिप प्राप्त गरेकी छन्।