सुदूरपश्चिमबाट एमालेका १६९ प्रतिनिधि छनोट
नेकपा (एमाले)को १०औं महाधिवेशनका लागि सुदूरपश्चिमबाट १६९ प्रतिनिधि छनोट भएका छन्।
सुदूरपश्चिमका केही जिल्लामा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरिएका छन् भने केही जिल्लामा विवाद भएको छ। एमाले प्रदेश कमिटीका अनुसार, मंगलबारसम्म सबै जिल्लाका प्रतिनिधिको नाम प्राप्त हुनेछ।
सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीबाट ४४ प्रतिनिधि छनोट भएका छन्। कैलाली क्षेत्र नं. १ बाट कमला शाही, सोमबहादुर थापा, तपेन्द्र रावल, श्याम खत्री, द्वारिका न्यौपाने छन्। यस्तै, क्षेत्र नं. २ बाट रतन थापा, डेजी पाण्डे, दलबहादुर विष्ट, नरबहादुर खड्का, कमा वली, टीका थापा, पदमबहादुर साउँद, गजेन्द्र स्वाँर र धरमबहादुर थापामगर छनोट भएका छन्।
यसैगरी कैलाली क्षेत्र नं. ३ बाट रतन रेग्मी, छाया देवकोटा, नरेन्द्र बटाला, विष्णुप्रसाद चौधरी र नमराज शाही छनोट भएका छन्। क्षेत्र नं. ४ बाट निर्मला भट्ट, भागरथी विष्ट, हरिसिंह साउँद, पदमसिंह सिंगाल, रामप्रसाद चौधरी, किसन साउँद र धनबहादुर रोकाया छनोट भएको एमालेले जनाएको छ।
त्यस्तै, क्षेत्र नं. ५ बाट जीवनकुमार बम, राजेश खाती, रणबहादुर चन्द, डिल्लीराज खड्का, झुमादेवी चौधरी, नेपालु चौधरी, सन्तोष शर्मा थापा, धर्मराज पाठक, दुर्गा जोशी र रुक्मणी देवकोटा महाधिवेशन प्रतिनिधि छनोट भएका छन्।
दलित तर्फबाट दानबहादुर विश्वकर्मा, विजयराजसिंह मयाल, ललित परियार, मोटीसिंह विश्वकर्मा, चन्द्रबहादुर दमाईं, सत्यराज स्नेही, हिरा विक र सरिता सिजापति चयन भएको एमाले जिल्ला कमिटीले जनाएको छ।
यस्तै, दार्चुलाबाट १२, बझाङबाट १६, बैतडीबाट १४, डडेल्धुराबाट ११, बाजुराबाट २१, कञ्चनपुरबाट १६ र अछामबाट १४ जना प्रतिनिधि छनोट भएका छन्। त्यस्तै, सुदूरपश्चिम प्रदेश कमिटीले पाँच जनालाई मनोनीत गरेको छ।
एमालेको १०औं महाधिवेशन १० देखि १२ मंसीरमा चितवनमा हुँदै छ।