तीन दशकपछि नयाँ कार्यालयमा माधव नेपाल
![तीन दशकपछि नयाँ कार्यालयमा माधव नेपाल](https://www.himalkhabar.com/uploads/posts/800X600/madhav_nepal_(2)_1631855107.jpg)
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल तीन दशकपछि नयाँ पार्टीको कार्यालयमा देखिएका छन्।
अध्यक्ष नेपालले शुक्रबार काठमाडौंको मीनभवनस्थित एकीकृत समाजवादीको कार्यालय उद्घाटन गरेका छन्। १ भदौमा नेकपा (एमाले) विभाजन गरेर उनले एकीकृत समाजवादी गठन गरेका थिए।
नेकपा (माले) र नेकपा (माक्सवादी)बीच एकीकरण भएर २०४७ सालमा नेकपा (एमाले) बनेको थियो। त्यस यता तीन दशक उनी एमालेको नेतृत्व पंक्तिमा रहेका थिए। जसमा १५ वर्ष महासचिव भएर एमालेको नेतृत्व गरे।
तीन दशकपछि उनी एमाले छोडेर नयाँ पार्टी एकीकृत समाजवादीको नेतृत्व गर्दै नयाँ कार्यालयमा देखिएका हुन्।
![](https://www.himalkhabar.com/uploads/editor/Politics/cpn_us/NewFolder/madhav%20kumar%20nepal%20(1).jpg)
एकीकृत समाजवादीको कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यता चिर्ने बताए।
“हामी सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यता चिर्नेछौं। हामी गफबाट होइन, जनतालाई अलमल्याउने बोलीले होइन, व्यवहारले पुष्टि गर्नेछौं,” नेपालले भने, “हामी यथार्थ कुरा गर्नेछौं, सपनाको तरेलीमा, कल्पनाको उडानमा बग्दै जनतालाई अलमल्याउन दश थरी कुरा गर्दै चल्दैनौं।”
![](https://www.himalkhabar.com/uploads/editor/Politics/cpn_us/NewFolder/madhav%20nepal%20(5).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Politics/cpn_us/NewFolder/madhav%20nepal%20(1).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Politics/cpn_us/NewFolder/madhav%20nepal%20(3).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Politics/cpn_us/NewFolder/cpn_us%20(1).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Politics/cpn_us/NewFolder/cpn_us%20(2).jpg)