पार्टी नेतृत्व कार्यकर्ताबाट होइन, जनताबाटै चुन्नुपर्छ
हिजोका कुरा गरेर आजको कांग्रेस बनाउन सकिँदैन। जेल, त्याग र तपस्याका कुरा गरेर पुग्दैन। अब ‘पर्फमेन्स बेस्ड’ नेतृत्व चाहिन्छ।
हाम्रा सिद्धान्तहरू पुराना भए। २१औं शताब्दीको राजनीति हेर्न ती पुराना सिद्धान्त चकनाचुर भए। यो विश्वव्यापी समस्या हो।
विश्वमै राजनीतिमा अस्वीकार्यता बढेको छ। फ्रान्सिस् फुकुयामाले डोनल्ड ट्रम्पले नजितेको भए र ब्रेक्जिट नभएको भए ‘आइडेन्टिटी’ पुस्तक लेखिँदैनथ्यो भनेका छन्। सैद्धान्तिक अनुसन्धानका विषयमा अद्यावधिक हुन हामीलाई समस्या छ। विगतमा जुन मापदण्ड वा पारामिटरहरू बनायौं, ती आज पर्याप्त छैनन्।
सोझै अहिलेकै समस्याको गरौं। केही पदहरू बाहेक नेपाली कांग्रेसमा अहिले नेतृत्वको कुनै संरचना अस्तित्वमा छ र? दुःखका साथ भन्नुपरेको छ, म त्यस्तो संरचना कतै अस्तित्वमा रहेको पाउँदिनँ। योभन्दा दयनीय अवस्था के होला? तपाईंहरूले पदमा बसेका व्यक्तिहरू देख्नुभएको होला, तर नेतृत्व भनेको पद होइन उसको विचार, नीति र सक्रियता हो।
उदाहरणका लागि, बीपी कोइरालालाई लिन सकिन्छ। कांग्रेस उहाँले बनाउनुभयो। राष्ट्रिय कांग्रेस गठन गर्दा सक्रिय नेतृत्व उहाँसँग र सांकेतिक नेतृत्व टंकप्रसाद आचार्यमा थियो। केही समयपछि त बीपी जेल पर्नुभयो। नेतृत्वदायी पदमा रहनुभएन।
पार्टीलाई सैद्धान्तिकभन्दा पनि कार्यात्मक पक्षबाट हेर्न रुचाउँछु। बीपी चाहे जेल परेको अवस्थामा होस्, चाहे निर्वासनमा रहेको अवस्थामा, नेपाली राजनीतिमा उहाँले आफ्नो अभाव महसूस गराउनुभएन। नेतृत्व भनेको त त्यो हो नि! सबैमा त्यही तहको नेतृत्व क्षमता खोजेर हुँदैन। तर, त्यो कुराले ‘रेफरेन्स’ त दिन्छ नि!
यहाँसम्म कि २००७ सालको क्रान्तिका वेला पनि पार्टी सभापति मातृकाप्रसाद कोइराला हुनुहुन्थ्यो। एक–दुई जना व्यक्तिले होइन, बरगरियामा भएको सम्मेलनले नै उहाँलाई अधिकारसम्पन्न सभापति बनाएको थियो। तर, मातृकाप्रसादलाई कसैले नेता मान्दैनथे, नेता त बीपीलाई नै मान्थे।
त्यसकारण म पार्टीलाई सैद्धान्तिकभन्दा पनि कार्यात्मक पक्षबाट हेर्न रुचाउँछु। बीपी चाहे जेल परेको अवस्थामा होस्, चाहे निर्वासनमा रहेको अवस्थामा, नेपाली राजनीतिमा उहाँले आफ्नो अभाव महसूस गराउनुभएन। म त्यो वेला विश्वविद्यालयमा पढाउन थालिसकेको थिएँ। भावनात्मक रूपमा र राजनीतिक रूपमा पनि बीपीको अभाव कहिल्यै महसूस भएन। नेतृत्व भनेको त त्यो हो नि! त्यसकारण उहाँ अपवाद हुनुहुन्थ्यो। सबैमा त्यही तहको नेतृत्व क्षमता खोजेर हुँदैन। तर, त्यो कुराले ‘रेफरेन्स’ त दिन्छ नि!
खाली छ मैदान
मैले व्यक्तिगत कुरा गर्न खोजेको होइन। अहिले कांग्रेसमा सभापति त छन्, तर उहाँले नेतृत्व गर्नुहुन्छ भन्दा कसैले पत्याउँदैन। नेतृत्व भनेको त त्यो ‘फेज’ मा, त्यो विचारमा लागेका सबैलाई गतिशील पार्नसक्ने हुनुपर्छ। मैले त त्यस्तो महसूस नै गर्दिनँ। म जस्ता मान्छे धेरै छन्।
तीन वर्षअघि कम्युनिष्ट पार्टीको यत्रो ठूलो जगजगी थियो, जुन आफैं चकनाचुर भयो। मैदान पूरै खाली छ। तर, त्यो मैदानमा केपी ओली मात्र दौडिरहेका छन्। अरुले त प्रतिक्रिया मात्रै जनाइरहेका छन्। कांग्रेसको त प्रतिक्रिया पनि छैन।
कांग्रेसभित्र उहाँलाई ‘फिल’ गर्ने केही मान्छे पनि होलान्। पार्टीको नेतृत्व भनेको कसैले पुस्तकालयमा बसेर थेसिस लेखेजस्तो त होइन नि। सभापतिले हिजो मात्रै म भदौमै महाधिवेशन गर्छु भन्नुभएको समाचार पढेँ। त्यो भन्न आवश्यक थिएन, गरेर देखाउने कुरा हो। किनभने, महाधिवेशन एक वर्षअघि नै हुनुपथ्र्यो। अहिले त ढिला भइसक्यो। विपक्षमा बसेको पार्टी हो, कांग्रेस। यस्तो वेला ऊ गजबको ‘ड्राइभ फोर्स’ का रूपमा आउन सक्नुपर्थ्यो।
तीन वर्षअघि कम्युनिष्ट पार्टीको यत्रो ठूलो जगजगी थियो, जुन आफैं चकनाचुर भयो। मैदान पूरै खाली छ। तर, त्यो मैदानमा केपी ओली मात्र दौडिरहेका छन्। अरुले त प्रतिक्रिया मात्रै जनाइरहेका छन्।
कांग्रेसको त प्रतिक्रिया पनि छैन। कांग्रेस देखिन्छ, कहाँ भने विपक्षी दलको नेताको हैसियतले संवैधानिक परिषद्मा। नेतृत्वको भूमिका भनेको परिषद्को बैठकमार्फत नियुक्ति बाँडफाँड गरेर बस्ने होइन। कांग्रेस नेतृत्वमा ‘सेन्स अफ लिडरसिप’ नै छैन। यो सबैभन्दा डरलाग्दो अवस्था हो।
नेतृत्वको विषयमा चर्चा गर्दा दुई–तीन वटा कुरामा ध्यान दिन जरुरी छ। पछिल्लो एक वर्षकै मात्रै कुरा गर्दा पनि मैदान खाली छ। तर, कांग्रेसले मानिसमा किन आशा जगाउन सकेको छैन?
मान्छे नभएको होइन, विचार नभएको पनि होइन। कम्युनिष्टलाई चुनौती दिनसक्ने मान्छे पार्टीभित्र पनि छन्, बाहिर पनि छन्। तिनीहरूले आ–आफ्ना तर्फबाट चुनौती पनि दिएका छन्। तर, कांग्रेस केन्द्रीय समितिले निर्णय गरेको छ? सभापतिले कुनै ठाउँमा बोलेका छन्? छैनन्। पार्टीका कैयौं कुरा शुरूमा नेतृत्वकै मुखबाट बोल्नुपर्ने हुन्छ। बीपीको समयमा उहाँको ‘टावरिङ पर्सनालिटी’ ले गर्दा यो कुरा गौण बनाइदियो। संस्थागत गतिविधिको कमी महसूस गरेनौं।
संस्थागत निर्णयकै आभावमा संविधान सभा, संघीयता जस्ता विषयमा कांग्रेस सैद्धान्तिक तथा मानसिक रूपमा विभाजित छ। कार्यकर्ताहरूमा आत्मविश्वास जाग्न सकेको छैन। यसको कारण पनि नेतृत्व परिवर्तनशील हुन नसक्नु नै हो।
२०६२/६३ को जनआन्दोलनका वेला गिरिजाप्रसाद कोइरालाले त्यत्रो ठूलो भूमिका निर्वाह गर्नुभयो, जुन सामान्य थिएन। गिरिजाप्रसाद बाहेक अरुले त्यो भूमिका खेल्नै सक्दैनथे। त्यतिवेला कम्युनिष्ट पार्टीहरू त्यसै गिरिजाप्रसादको नेतृत्व मान्न आइपुगेका होइनन्। सबै कम्युनिष्ट पार्टी एक ठाउँमा बस्दा पनि केही पार नलागेपछि उहाँको नेतृत्व मान्न आएका थिए।
गणतन्त्रका लागि नारा मात्रै लगाएर पुग्दैन थियो, त्यसलाई सुरक्षित अवतरण पनि गराउनुपर्थ्यो। त्यो गिरिजाप्रसादकै नेतृत्वमा सम्पन्न भयो। तर, यो कुरा उहाँले कहिल्यै पनि पार्टीमा संस्थागत गर्न सक्नुभएन। पार्टीमा छलफल गर्न चाहनुभएन। नरहरि आचार्य, गगन थापाहरूले बहस गर्न खोज्दा पानी खन्याइदिनुभयो, जसले गर्दा त्यत्रो भूमिकाका बावजूद कांग्रेसले त्यसलाई पूँजीकृत गर्न सकेन।
२०६१ सालमा राजा ज्ञानेन्द्रले स्थानीय चुनाव गराए। त्यसताका ज्ञानेन्द्रले अर्को च्यानलबाट गिरिजाप्रसादसँग कुराकानी गरेको भए राजनीति कता जान्थ्यो भनेर विश्लेषण गर्नसक्ने कुनै आधार छैन। किनभने उहाँ राजनीतिलाई एकदमै प्रयोगको रूपमा अगाडि बढाउने मान्छे हुनुहुन्थ्यो। प्रयोगवाद एकदमै डरलाग्दो कुरा हो।
संस्थागत निर्णयकै आभावमा संविधान सभा, संघीयता जस्ता विषयमा कांग्रेस सैद्धान्तिक तथा मानसिक रूपमा विभाजित छ। कार्यकर्ताहरूमा आत्मविश्वास जाग्न सकेको छैन। यसको कारण पनि नेतृत्व परिवर्तनशील हुन नसक्नु नै हो। परिवर्तनशील हुने क्षमता बीपीमा मात्रै थियो।
२०६१ सालमा राजा ज्ञानेन्द्रले स्थानीय चुनाव गराए। त्यसताका ज्ञानेन्द्रले अर्को च्यानलबाट गिरिजाप्रसादसँग कुराकानी गरेको भए राजनीति कता जान्थ्यो भनेर विश्लेषण गर्नसक्ने कुनै आधार छैन। किनभने उहाँ राजनीतिलाई एकदमै प्रयोगको रूपमा अगाडि बढाउने मान्छे हुनुहुन्थ्यो। प्रयोगवाद एकदमै डरलाग्दो कुरा हो। यस्तोमा ‘युज एन्ड थ्रो’ पनि हुनसक्छ। दुर्भाग्यवश यही विषय पढेर, पढाएर पनि हामीले गहन अनुसन्धान गर्न सकेका छैनौं।
२०३६ सालदेखि म रामचन्द्र पौडेल लगायतका नेताहरूसँग संवाद र छलफलमा छु, संगठनको हिसाबले आबद्ध नभए पनि नीतिगत कुरामा। बीपीको निधनपछि एउटा रिक्तता थियो, चुनौती थियो। त्यसपछिको एउटा ‘स्कूल अफ थट’ गणेशराज शर्माजीले बोकिदिनुभयो। वैचारिक धरोहरलाई कुनै न कुनै रूपमा निरन्तरता दिंदै आउनुभएका रामचन्द्रजी आफैंले पनि हो। यद्यपि उहाँका पनि केही समस्या होलान्।
कांग्रेसको चुनौती
बिर्सन नहुने कुरा के छ भने हिजोका कुरा गरेर आजको कांग्रेस बनाउन सकिँदैन। जेल, त्याग र तपस्याका कुरा गरेर पुग्दैन। ‘ट्रान्सफर्मेसन’को पनि म धेरै कुरा गर्दिनँ, किनभने अब ‘पर्फमेन्स बेस्ड’ नेतृत्व चाहिन्छ। कम्तीमा आफूले प्रतिबद्धता जनाएको र जनताले अपेक्षा गरेका कुरा पूरा गर्न सक्नुपर्छ। प्रतिबद्धता व्यवहारमा कार्यान्वयन गर्न सक्नुपर्छ।
रामचन्द्रजीको धेरै राम्रो पक्ष हुँदाहुँदै पनि आजको पुस्ताको नाडी छाम्न उहाँको विगतले दिँदैन। उहाँ जुन ‘ओरिएन्टेसन’ बाट आउनुभयो, त्यो मानसिकताले आजको अपेक्षा पूरा गर्न सक्दैन। रामचन्द्रजी मात्रै होइन, उहाँको वरिपरि भएका ठूलो जमातले पनि सक्दैन।
त्यसको तयारी मैले गगन थापामा देखेको छु। थोरै मान्छेमा मात्रै त्यस्तो तयारी देखिन्छ। भारतीय राष्ट्रिय कांग्रेसमै पनि हिजोको पार्टीको बुझाइ र आजको पुस्ताले खोेजेको पार्टीबीच ठूलो द्वन्द्व छ। नेपाली कांग्रेसको पनि समस्या त्यही हो।
रामचन्द्रजीको धेरै राम्रो पक्ष हुँदाहुँदै पनि आजको पुस्ताको नाडी छाम्न उहाँको विगतले दिँदैन। उहाँ जुन ‘ओरिएन्टेसन’ बाट आउनुभयो, त्यो मानसिकताले आजको अपेक्षा पूरा गर्न सक्दैन। रामचन्द्रजी मात्रै होइन, उहाँको वरिपरि भएका ठूलो जमातले पनि सक्दैन।
पार्टी नेतृत्वको कुरा गर्दा ‘होल ओरिएन्टेसन’ कस्तो छ र ‘माइन्ड मेकअप’ कसरी भएको छ भन्ने कुराले प्रभाव पार्छ। ३० वर्ष नपुगेको मान्छेले पनि ७० वर्ष पुगेको मानिसको जस्तो अभिव्यक्ति दिएको सुनेको छु।
पार्टी सदस्यता पनि ठूलो कुरा होइन। अहिले आठ लाख सदस्यताको कुरा छ। तर, यसलाई ८० लाख बनाए पनि म कुनै भिन्नता देख्दिनँ, किनभने यो केवल गुटभित्रको गठजोड मात्रै हुन्छ। लोकतन्त्र र खुला राजनीतिमा विश्वास गर्नेहरूका लागि सदस्यता भन्ने कुरा वाहियात हो। सीधै मतदाता कहाँ जानसक्ने र त्यहीँबाट ‘भोटर भोलिन्टयर्स’को समर्थन लिएर जाने वातावरण बनाउन सक्नुपर्छ।
पार्टी नेतृत्वको कुरा गर्दा ‘होल ओरिएन्टेसन’ कस्तो छ र ‘माइन्ड मेकअप’ कसरी भएको छ भन्ने कुराले प्रभाव पार्छ। ३० वर्ष नपुगेको मान्छेले पनि ७० वर्ष पुगेको मानिसको जस्तो अभिव्यक्ति दिएको सुनेको छु।
कांग्रेसको माथिल्लो संरचनाको नेतृत्वबाट यो कुरा सोच्न पनि सकिँदैन। तर, युवाहरूले यसमा प्रयत्न गर्नुपर्छ। अमेरिका र यूरोपका कतिपय देशहरूमा नामै नसुनेका उम्मेदवार किन आउँछन्? किनकि त्यहाँको प्रक्रिया नै यस्तो छ, योग्य व्यक्ति खुला प्रतिस्पर्धा गरेर आउनसक्ने।
आठ लाख सदस्यका बीच सभापति वा केन्द्रीय सदस्यबीच चुनाव लडेर आए पनि म त्यसलाई प्रतिस्पर्धा मान्दिनँ। प्रतिस्पर्धाका लागि त जनताबीच आफ्नो अजेण्डा लिएर गएर, त्यसको लोकप्रिय समर्थनको आधारमा पार्टी नेतृत्वमा आउन सक्नुपर्छ। हाम्रो अपेक्षा त्यस्तो हुनुपर्छ। नेपालजस्तो देशमा त्यस्तो कहाँ हुन्छ भनेर कम्तीमा युवाहरूले भन्न हुँदैन। त्यसरी नजाने हो भने परम्परागत तरिकाले नै सभापति चयन हुन्छ र त्यसपछि कसको पालो आउँछ भन्नेतिर नै जान्छ।
कम्युनिष्ट पार्टीमा जति विवाद उत्पन्न भयो त्यति क्रान्तिकारी पार्टी बनाउने भन्ने बहस हुन्छ। जति विवाद भयो, त्यति पारदर्शी पार्टी बनाउँदै जाऔं भन्ने बहस देखिँदैन। किनभने त्यहाँ सन् ६० को दशकमा कसरी पार्टी बन्छ भन्ने तालिम प्राप्त व्यक्तिहरू छन्। युवाहरू पनि त्यसैबाट ‘ट्रेन्ड’ भएर आएका छन्। त्यसैले गर्दा नयाँपन देख्दिनँ। खुला समाज सुहाउँदो पार्टी निर्माण गर्ने बाटोमा कम्युनिष्ट पार्टी तत्काल जान सक्ने देखिँदैन। तर, कांग्रेसले अग्रसरता लिने हो भने अरु पार्टी पनि त्यसमा आउन बाध्य हुन्छन्। मुलुककै लागि कांग्रेसको योगदान हुन्छ।
सरकारमा पुगेपछि गर्ने ‘पर्फमेन्स’ एउटा कुरा हो। सरकारमा पुग्नुअघि गर्ने ‘इलेक्ट्रोरल पर्फमेन्स’ पनि उत्तिकै महत्त्वपूर्ण कुरा हो। संसद्मा कांग्रेसले विपक्षी दलको मान्यता पाएको छ। यस्तो वेला संसद्का नेताहरूले कुन नैतिक उचाइबाट चुनौती दिने? किनभने हिजोको उनको असफलताले पछ्याइरहेको हुन्छ।
केपी ओलीले ‘म भनूँ कांग्रेसको पालामा के–के भएको थियो?’ भन्दा चुप लागेर बस्ने अवस्था थियो। त्यसकारण हरेक नेतृत्वको ‘इलेक्ट्रोरल पर्फमेन्स’को आधारमा कि नवीकरण कि परिवर्तन गर्नुपर्छ। हार्दा परिवर्तन, जित्दा नवीकरण गरेर जानुपर्छ। तर, यसो गर्दा पार्टीभित्रकै आकांक्षालाई पनि नेतृत्वले व्यवस्थापन गरेर जान सक्नुपर्छ।
सरकारमा पुगेपछि गर्ने ‘पर्फमेन्स’ एउटा कुरा हो। सरकारमा पुग्नुअघि गर्ने ‘इलेक्ट्रोरल पर्फमेन्स’ पनि उत्तिकै महत्त्वपूर्ण कुरा हो। संसद्मा कांग्रेसले विपक्षी दलको मान्यता पाएको छ। यस्तो वेला संसद्का नेताहरूले कुन नैतिक उचाइबाट चुनौती दिने?
तत्कालीन नेकपाकै कुरा गर्ने हो भने सधैं त्यहाँ ९ जनाको सचिवालय हावी भयो। जति ठूलो विषय पनि संसदीय दलमा चर्चा भएन, बहस गराइएन। आफू अनुकूलको कमिटीमा मात्रै बहस गराइयो।
अनावश्यक सैद्धान्तिकरण
अहिले त संगठन नै चाहिन्छ कि चाहिँदैन भन्ने बहस पनि आइसक्यो। अहिले सामाजिक सञ्जालको जमाना छ। यस्तो वेला पार्टीलाई धेरै सैद्धान्तिकरण गर्न आवश्यक छैन। कम्युनिष्ट पार्टी आइसकेपछि मात्रै समाजवादीहरूले पार्टीलाई बढी सैद्धान्तिकरण गर्न थालेका हुन्।
पार्टी भनेको उस्तै सोच भएका जनतासम्म पुग्ने माध्यम मात्रै हो। आफ्नो मुद्दा लिएर जाने र जनताबाट निर्वाचित भएर आउने माध्यम मात्रै हो। काम गर्ने ठाउँ त संसद् हो, सरकार हो। समाजवादी पार्टीमा पनि माक्र्सको प्रभाव भएकाले हिजोका दिनमा त्यही संरचना बन्यो। समाजवादी पार्टीहरू बढी लोकतान्त्रिक भएका मात्रै हुन्। कार्यकर्तामा आधारित पार्टी कम्युनिष्ट पार्टीमा हुन्छ।
बीपीले पनि कार्यकर्तामा आधारित पार्टीको कुरा गर्नुभएको छ। ‘मसँग सेना भएको भए राजाले कू गर्न सक्दैनथे’ भनेर लेख्नुभएको छ। ‘प्रधानमन्त्रीसँग पनि एउटा पल्टन त राख्नुपर्ने रहेछ’ भन्नुभएको छ। त्यो उहाँको प्रतिक्रिया हो, विचार होइन। सेनालाई नागरिक नियन्त्रणमा ल्याउन नसकेको र कुलीन तथा सामन्ती खालको अवस्था भएको हुनाले उहाँले त्यस्तो प्रतिक्रिया जनाउनुभएको हो। तर, पछि उहाँले त्यसलाई कहिल्यै पनि चर्चा गर्नुभएन।
नेपालका सबै पार्टीमा एउटै समस्या छ– बाहिर भइरहेका कुरालाई अनावश्यक ठान्ने र ‘मिनीमाइज’ गर्न खोज्ने। अरु त अरु, भोलि कांग्रेस हाँक्ने सम्भावना भएका केही नेताहरूले नै मलाई ‘तपाईंहरू जस्तो मान्छेले सार्वजनिक रूपमा कांग्रेसको आलोचना गरेर बोल्नुभएन, लेख्नुभएन’ भन्छन्।
मैले नै पढेका सामग्री ‘रिभिजिट’ नगर्ने हो भने त्यसको पनि काम छैन। पाठ्यसामग्री नै नयाँ तरिकाले बनाउनुपर्नेछ। कार्यात्मक हिसाबले मात्रै हेर्ने र पण्डित्याइँ छाँट्ने मात्रै गरेर पुग्दैन। त्यसकारण पार्टी भनेको खुला ‘प्लेटफर्म’ मात्रै हो। त्यसलाई धेरै सैद्धान्तिकरण गर्न जरुरी छैन। लोकतन्त्रमा कुनै पनि बहस लुकाएर गर्नुपर्दैन। त्यसैले म कांग्रेस र कम्युनिष्ट पार्टीको मञ्चमा एउटै कुरा भन्छु। किनकि कांग्रेसको मञ्चमा एउटा अनि कम्युनिष्टको मञ्चमा अर्को कुरा भन्नै पर्दैन।
नेपालका सबै पार्टीमा एउटै समस्या छ– बाहिर भइरहेका कुरालाई अनावश्यक ठान्ने र ‘मिनीमाइज’ गर्न खोज्ने। अरु त अरु, भोलि कांग्रेस हाँक्ने सम्भावना भएका केही नेताहरूले नै मलाई ‘तपाईंहरू जस्तो मान्छेले सार्वजनिक रूपमा कांग्रेसको आलोचना गरेर बोल्नुभएन, लेख्नुभएन’ भन्छन्।
लोकतन्त्रमा पार्टी भनेको ‘पब्लिक ट्रस्ट’ को विषय पनि हो। किनभने जुनसुकै पार्टीले गर्ने निर्णयबाट हामी प्रभावित हुन्छौं। त्यसकारण पार्टी भनेको सार्वजनिक सरोकारको विषय हो। नेतृत्वले जनताको विश्वास र विचारलाई आत्मसात् गर्न सकेन भने त्यो पार्टी चल्न सक्दैन।
नेतृत्वको ऐच्छिक अवकाश र सम्मान
पार्टीमा ऐच्छिक अवकाशको अवधारणा पनि चाहिन्छ। हामीकहाँ सिंहदरबारमा प्रधानमन्त्रीको लाइनमा मेरो तस्वीर नझुन्ड्याई कसरी विश्राम लिने भन्ने मानसिकता छ। त्यो जरुरी छैन। पार्टीको सभापति वा अध्यक्ष नभएर पनि त्यहाँ पुग्नेले भन्दा धेरै योगदान गरेका मान्छेहरू पनि छन्। योगदान गरेका मान्छेलाई पदमा नबसे पनि सम्मान गर्न जान्नुपर्छ। पदमा पुग्नेको मात्रै सम्मान गर्नु भनेको त स्वार्थी भइहाल्यो नि!
जस्तो विगत ३०/४० वर्षको कांग्रेसबाट रामचन्द्र पौडेललाई अलग राखेर हेर्दा कस्तो देखिएला? उहाँको योगदान सभापति देउवाभन्दा बढी हुन सक्दैन र? पार्टीको मूल नेतृत्वमा नपुग्नेलाई पनि योगदानको आधारमा सम्मान गर्नुपर्छ।
हामीकहाँ सिंहदरबारमा प्रधानमन्त्रीको लाइनमा मेरो तस्वीर नझुन्ड्याई कसरी विश्राम लिने भन्ने मानसिकता छ। त्यो जरुरी छैन। पार्टीको सभापति वा अध्यक्ष नभएर पनि त्यहाँ पुग्नेले भन्दा धेरै योगदान गरेका मान्छेहरू पनि छन्। योगदान गरेका मान्छेलाई पदमा नबसे पनि सम्मान गर्न जान्नुपर्छ।
नेल्सन मण्डेला एक पटकभन्दा बढी राष्ट्रपति बनेनन्। जब कि अफ्रिकामा जीवनभर पद नछोड्ने गलत परम्परा छ। तर, मण्डेला दोस्रो कार्यकाल पदमा बस्न मान्दै मानेनन्। उनले आफ्नो अन्तिम सम्बोधनमा ‘अर्को पटक म ऊ त्यो पछिल्लो बेन्चमा बसेर तिमीहरूलाई नियालिरहेको हुनेछु’ भनेका छन्। त्यसपछि उनी एचआईभी/एड्स संक्रमितहरूका लागि अभियान सञ्चालन गरेर बसे। त्यो अभियानमा नेपाली डाक्टर पनि संलग्न थिए। राष्ट्रपति भइसकेका व्यक्तिले एड्स पीडितहरूसँग कति आत्मीय व्यवहार गर्थे भनेर उनीहरूले सुनाएका छन्।
शीर्ष पदमा पुगेका नेपाली नेतृत्व पनि मण्डेलाले गरेजस्तै छाउपडी कुप्रथा अन्त्यको अभियान चलाउन किन नलाग्ने? वा छुवाछूत अन्त्यका लागि काम किन नगर्ने?
(राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनालद्वारा ‘कांग्रेसः नेतृत्व निर्माणमा कति उत्साहित?’ शीर्षकमा २७ जेठमा DemocratsNeo ले आयोजना गरेको ट्वीटर स्पेसमा व्यक्त धारणाको सम्पादित अंश।)