मुस्ताङी राजा जिग्मे परवलले किन राखेका थिए ‘विष्ट’ थर?
![मुस्ताङी राजा जिग्मे परवलले किन राखेका थिए ‘विष्ट’ थर?](https://www.himalkhabar.com/uploads/posts/800X600/Jigme-Parwal-Bishta-1_1614948495.jpg)
तिब्बती संस्कृति अनुसार पूर्वमुस्ताङी राजा जिग्मे परवलको थर थिएन, तर पिताको निधनपछि उनले प्रशासनिक र व्यक्तिगत कारणले पनि 'विष्ट' लेख्न थालेछन्।
श्रीभक्त खनालपूर्वमुस्ताङी राजा जिग्मे परवल विष्टसँग यो पंक्तिकारले मनपेट खोलेर कुरा गर्न कहिल्यै पाएन। यसका दुई कारण थिए– पहिलो, भौगोलिक दूरी। दोस्रो, भाषा। हिउँदमा मुस्ताङबाट जाडो छल्न उनी काठमाडौं आउँदा आफू पत्रकारिताको सिलसिलामा उपत्यका बाहिर हुने र उनी मुस्ताङ फर्किएपछि मात्र पंक्तिकार काठमाडौं भित्रिने क्रम धेरै वर्ष चल्यो।
भएका केही भेटमा चिया खाने, एक–अर्कालाई हेरेर मुस्कुराउने काम मात्र भयो। तिब्बतीभाषी राजाले ‘सन्चै हुनुहुन्छ ?’, ‘बस्नुस्’, ‘चिया खानुस्’, ‘धन्यवाद’ र ‘हुन्छ’ बाहेक नेपालीमा अरू शब्द बोलेको थाहा छैन। उनी धिमा गतिमा बोलिएको साधारण बोलीचालीको नेपाली बुझ्थे, तर उत्तर फर्काउँदैनथे। राजासँगका केही भेटघाटमा उनका छोरा जिग्मे सिङ्वे र राजाका निजी सचिव चन्द्रबहादुर थकाली दोभाषे भइदिए।
उत्तरी नेपालको सीमावर्ती गाउँ ‘लो’ बाट बर्सेनि ‘ग्याल्पो’ (तिब्बती भाषामा राजा) जाडो छल्न काठमाडौं आउँदा तीर्थाटन पनि गर्थे। उनलाई मन पर्ने तीर्थस्थल काठमाडौंको बौद्ध र काभ्रेको नमोबुद्ध थिए।
कुनै बेला स्वतन्त्र रूपमा रहेको लो राज्यका २५औं राजा जिग्मे परवल १६ डिसेम्बर २०१६ मा बिते। नेपालमा गणतन्त्र स्थापनापछि प्रशासनिक रूपमा मुस्ताङी राजाको पदवी नरहे पनि त्यहाँका जनसाधारणले उनलाई सांस्कृतिक रूपमा राजा नै मान्दै आएका थिए।
कुनै बेला स्वतन्त्र रूपमा रहेको लो राज्यका २५औं राजा जिग्मे परवल १६ डिसेम्बर २०१६ मा बिते। नेपालमा गणतन्त्र स्थापनापछि प्रशासनिक रूपमा मुस्ताङी राजाको पदवी नरहे पनि त्यहाँका जनसाधारणले उनलाई सांस्कृतिक रूपमा राजा नै मान्दै आएका थिए।
उनी जीवितै हुँदा तपाईं कसरी ‘विष्ट’ हुनुभयो भनी सोधिनछु। पछि, त्यो जिज्ञासाले पछ्याइरह्यो। राजा नरहेपछि यसको जवाफ दिने उपयुक्त व्यक्ति इतिहासकार डा.रमेश ढुंगेल नै हुन् भन्ने लाग्यो। ‘द किङ्डम अफ लो (मुस्ताङ): अ हिस्टोरिकल स्टडी’ पुस्तकका लेखक डा.ढुंगेलले उपल्लो मुस्ताङको अध्ययनमा विद्यावारिधि गरेका थिए। प्रश्नको जवाफ उनले यसरी दिए–
‘विष्ट’ थर लेख्ने पहिलो मुस्ताङी राजा हुन्, जिग्मे परवल। उनका पिता आन्गुन तेन्जिङ सन् १९६४ मा बितेपछि राजाले विष्ट लेख्न थालेका हुन्।
मुस्ताङी राजाले यसरी थरका रूपमा विष्ट राख्नुको सन्दर्भ रोचक छ।
राजा महेन्द्रको शासनकालमा उपल्लो मुस्ताङ पुगेका सरकारी कर्मचारीले कामकाजको सिलसिलामा त्यहाँका राजासँग पूरा नाम थर सोध्थे। उति बेला र अहिले पनि तल्लो भेग जोमसोममा बस्ने सरकारका प्रशासनिक अधिकृतहरू काम परेको बेला उपल्लो मुस्ताङ उक्लिन्छन्।
तिब्बती संस्कृतिमा थर लेख्ने चलन छैन, तर त्यसबारे कर्मचारीलाई थाहा नहुँदा कागजपत्रको काममा थर नबिराई सोधखोज गर्थे। तर, राजाले आफ्नो थर नहुने जवाफ दिँदा त्यो फरक संस्कृतिसँग तल्लो भेगका मानिसलाई घुलमिल हुन गाह्रो पर्यो।
अर्कातिर, तिब्बती मूलका भएकाले मुस्ताङी राजालाई 'भोटे' भन्नेहरूको कमी थिएन। त्यसैले तलका कर्मचारीले थर खोज्ने र मुस्ताङी राजा आफूलाई भोटे भनिनबाट जोगिने दुवैको मिलनबिन्दु जस्तो बन्यो, विष्ट थर।
थर 'विष्ट' नै किन राखे त भन्ने प्रश्न पनि आउला। जुम्लामा खस राज्य हुँदा लामो समयसम्म मुस्ताङ पनि यसको अधीनस्थ थियो। कुनै बेला उपल्लो मुस्ताङका बासिन्दाले जुम्ली राजाका कारोबारी भएर काम गरेका थिए। विष्ट विशेष दर्जाका व्यक्ति हुन् भन्ने उनीहरूले बुझेका थिए। किनकि, खस राज्यमा मन्त्री, मान्नुपर्ने कथित उपल्ला जात, ठूला कर्मचारी र राज्यबाट नियुक्ति पाएका व्यक्तिलाई विष्ट भनिन्थ्यो, यो पद थियो। पदबाट नै पछि यो थर हुन गयो। आदर गर्नुपर्ने र उपल्लो जात जनाइने हुनाले विष्ट शब्द थर प्रयोग गरियो।
(१६ फेब्रुअरी २०२१ मा गरिएको कुराकानी)
...
मुस्ताङको प्रदेश ‘क’ मा तत्कालीन नेकपा एमालेबाट विजयी भएका प्रदेश सभा सदस्य इन्द्रधारा विष्टको मत भने अलि फरक छ। उनका अनुसार, राजा महेन्द्रको पालामा कीर्तिनिधि विष्ट प्रधानमन्त्री हुँदा उपल्लो मुस्ताङका कुडाकलाई विष्ट, सोवा (फाल्वा) लाई गुरुङ र गार्वालाई विश्वकर्मा भनेर लेखाइयो। उपल्लो मुस्ताङका बासिन्दा उनले भने, ‘म चाहिँ झ्याब्याङ डान्डुल थिएँ, पछि इन्द्रधारा डादु विष्ट भएँ।’ उनी यसलाई सरकारी कार्मचारीले राज्यको निर्देशनमा ‘हिन्दूकरण’ गरिएको बताउँछन्।
(७ नोभेम्बर २०२० मा गरिएको कुराकानी)
...
सन् २००४ मा काठमाडौंको नक्सालमा राजा जिग्मेले मेरो फोटो प्रदर्शनी ‘यहाँ आराम छैन’ को उद्घाटन गरे। प्रदर्शनी माओवादीको हिंसात्मक विद्रोहसँग सम्बन्धित थियो, जसमा युद्ध क्षेत्रका तस्वीरहरू समेटिएका थिए।
राजाले लेखकलाई सन् २००६ मा आफ्नो ‘लघु जीवनकथा’ यसरी सुनाएका थिए–
झन्डै ४० वर्ष पुगेपछि म राजा भएँ। नारायणहिटी र मुस्ताङ दरबारबीच राम्रो सम्बन्ध थियो। मलाई राजा महेन्द्रबाट काठमाडौंको चाबहिलमा चार रोपनी जग्गा प्राप्त भयो। सेनाको मानार्थ प्रमुख सेनानी पद पनि पाएँ। काठमाडौंमै चार महीना आर्मी ट्रेनिङ गरेँ। तालिमपछि एउटा स्टेनगन, पाँच वटा थ्री नट थ्री राइफल, एउटा पेस्तोल पनि पाएँ।
पूर्व मुस्ताङी राजा जिग्मे र रानी सिडोलबाजेका पालादेखि नारायणहिटी राजदरबारले हामीलाई सेक्रेटरीको व्यवस्था गरिदियो। मेरो पहिलो सेक्रेटरी कृष्ण गौचन थिए। एक पटक मुस्ताङ आउँदा राजा वीरेन्द्रले नै सेक्रेटरी फेर भनेपछि चन्द्रबहादुर थकालीलाई राखेँ। आजकल सेक्रेटरी नभनेर पीए (निजी सचिव) भनिन्छ। सरकारले मलाई मासिक पाँच हजार भत्ता दिन्छ। यो रकम मुस्ताङ मालपोतबाट लिन्छु। राजालाई भन्दा सेक्रेटरीलाई धेरै भत्ता आउँछ, त्यस्तै १२ हजार हो जस्तो लाग्छ।
"बाजेका पालादेखि नारायणहिटी राजदरबारले हामीलाई सेक्रेटरीको व्यवस्था गरिदियो। मेरो पहिलो सेक्रेटरी कृष्ण गौचन थिए। एक पटक मुस्ताङ आउँदा राजा वीरेन्द्रले नै सेक्रेटरी फेर भनेपछि चन्द्रबहादुर थकालीलाई राखेँ। आजकल सेक्रेटरी नभनेर पीए (निजी सचिव) भनिन्छ।"
मेरो सिफारिसमा हरेक वर्ष एक जनाले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा एमबीबीएस र एक जनाले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा इन्जिनियरिङ पढ्न पाउँथे। २०४६ सालको परिवर्तनपछि त्यो सुविधा कटौती गरियो।
मानिसहरू ज्यान मुद्दा बाहेकका झैझगडा र विवाद मिलाइदिनुपर्यो भन्दै आउँछन्। अदालत जानुस् भन्छुु। कतिपय बेला ‘जान्नौं, तपाईंसँगै मिलाउँछौं’ पनि भन्छन्। त्यस बेला मुद्दा छिनेको तीन सयदेखि पाँच सय लिइन्छ। पैसा स्थानीय विद्यालय वा जिल्ला विकास समिति कोषमा जान्छ।
केही नाम चलेका विदेशीसँग पनि मेरो संगत भयो। टोनी हागन र अमेरिकन हिमालयन फाउन्डेसनका अध्यक्ष रिचर्ड ब्लुमलाई सधैँ सम्झन्छु। विदेशीसँगको संगत र तिब्बतसँग सिमाना जोडिएकाले उत्तरी भेगमा जेजति हुन्छन्, तिनको जस–अपजस मैले पाउँछु। तिब्बतबाट १७औं कर्मापा भाग्दा पनि त्यसमा मेरो सहयोग छ भनियो। विदेशी सञ्चारमाध्यमले त्यस्तो लेखिदिए। मैले गल्ती नगरे पनि दोष भोगेँ।
मेरो पहिरनले तल्लो भेगका मान्छेलाई चासो जगाउँदो रहेछ। कानमा लगाएको मुगालाई देखाएर यो के हो भन्छन्। कानमा मुगा लगाउँदा सातो जाँदैन भन्ने विश्वास हो। हाम्रोतिर कपाल पाल्ने र बाटेर त्यसलाई टाउको वरिपरि बेर्ने चलन छ। उपल्लो मुस्ताङमा स्कूल खुलेपछि मात्रै केटाकेटीको कपाल छोटो पारेर काट्न थालिएको हो।
मुस्ताङ दरबारको भित्तामा टाँगिएको तस्वीर, जसमा राजा जिग्मे र रानी सिडोल औपचारिक देखिन्छन् ।चीनमा लाल सेना आउनुअघि यता–उता गर्न बोर्डरमा रोकटोक थिएन। दुवैतिर बिहेबारी चल्थ्यो। मैले सिगात्सेमा पढेँ र बिहे पनि उतै गरेँ, तिब्बतकी सिडोलसँग। राज खानदान मिलाउन तिब्बतमा बिहे गर्ने चलन छ। उता व्यवस्था परिवर्तन भएपछि म कहिल्यै पनि तिब्बत गइनँ। धेरैपछि सिन्धुपाल्चोकको तातोपानी हुँदै ससुराली गएँ, त्यो पनि भीसा लिएर।
"म बुवाको साथ लागेर लोमान्थाङबाट हिँडेरै पहिलो पटक काठमाडौं तीर्थयात्रा गर्न आएको थिएँ। साथमा तिब्बती नाक्टाङ (तिब्बती पैसा) पनि ल्याएको थिएँ। त्यो त काठमाडौंमा नचल्दो रहेछ। काठमाडौंमा उतिबेला धेरै ठाउँ खाली थिए। बौद्ध क्षेत्र पनि फाँट थियो। स्थानीयले हरियो तरकारी लगाएको देखिन्थ्यो।"
हामी सिमानामा बस्नेहरू कागजात देखाएर तिब्बतमा ४० किलोमिटरसम्म भित्र जान पाउने प्रावधान छ। तर, व्यवहारमा त्यो लागू हुँदैन। एक पटकको कुरा हो, उपल्लो मुस्ताङको छोसेर प्रहरी चौकीका चार सदस्य सादा पोशाकमा बोर्डरतिर जाँदा हाम्रो भूमि कहाँसम्म हो भन्ने मेसो नपाएर तिब्बतको भूभागतिर प्रवेश गरेछन्। उनीहरूले भाषा जानेनन्, समातिए।
उनीहरूलाई छुटाउन म गएँ। तर, मलाई पनि समातियो। म चिनियाँ नबोल्ने, सेना तिब्बती नबुझ्ने। मलाई पक्रेर सैनिक क्याम्पमा राखे। तिब्बतको डोङपासेन भन्ने ठाउँको प्रहरी अधिकृतलाई पहिल्यै चिनेको थिएँ। आफू थुनिएको खबर पठाएँ। उनको मद्दत र सम्पर्क मार्फत कुरा भयो र सेन्ट्रल अफिस सिगात्सेबाट जर्नेल आएपछि छुटेँ।
...
म बुवाको साथ लागेर लोमान्थाङबाट हिँडेरै पहिलो पटक काठमाडौं तीर्थयात्रा गर्न आएको थिएँ। साथमा तिब्बती नाक्टाङ (तिब्बती पैसा) पनि ल्याएको थिएँ। त्यो त काठमाडौंमा नचल्दो रहेछ। काठमाडौंमा उतिबेला धेरै ठाउँ खाली थिए। बौद्ध क्षेत्र पनि फाँट थियो। स्थानीयले हरियो तरकारी लगाएको देखिन्थ्यो।
बुवा नेपाली पनि राम्रै बोल्नुहुन्थ्यो। तैपनि उहाँ कतै बाहिर जाँदा मुस्ताङ टुकुचेका डम्बरलाल शेरचनलाई लिएर हिँड्नुहुन्थ्यो। म चाहिँ नेपाली जान्दिनँ। भाषा नजान्दा साह्रै समस्या हुन्छ, मनको कुरा मनमै हुने। आफूले बोलेका कुरा पनि अरूले अनुवाद गरेर सुनाउँदा आफूले भनेजति सबै गयो कि गएन जस्तो हुने।
सन् १९७७ मा खम्पाहरूलाई निःशस्त्रीकरण गर्ने बेला सेनाका सच्चितशमशेर जबराले मसँग सहयोग माग्नुभयो। उहाँ अप्रेसनमा खटिनुभएको थियो। पछि उहाँ सेना प्रमुख पनि हुनुभयो। मान्छेहरूले मलाई खम्पासँग मिलेर श्री ५ को सरकारलाई असहयोग गरेको आरोप पनि लगाए।
माथिल्लो मुस्ताङ जस्तो अनकन्टार ठाउँमा पनि बेलाबखत विदेशी आउँथे। एक पटक एक जना विदेशी डोल्पा हुँदै आए। उनी आउँदा म पेटको समस्याले सिकिस्त थिएँ। उनी फ्रान्सका विद्वान् मिसेल पिसेल रहेछन्। उनका किताबहरू चर्चित छन्। (नोटः मिसेलको एउटा पुस्तक मुस्ताङ : अ लस्ट टिबेटन किङ्डम (सन् १९६७) हो।)
...
सन् १९७७ मा खम्पाहरूलाई निःशस्त्रीकरण गर्ने बेला सेनाका सच्चितशमशेर जबराले मसँग सहयोग माग्नुभयो। उहाँ अप्रेसनमा खटिनुभएको थियो। पछि उहाँ सेना प्रमुख पनि हुनुभयो। मान्छेहरूले मलाई खम्पासँग मिलेर श्री ५ को सरकारलाई असहयोग गरेको आरोप पनि लगाए।
मेरो आठ वर्षे छोरा बितेपछि अरू जायजन्म भएन। आफ्नै माहिला दाइका छोरा जिग्मे सिङ्वेलाई छोरा बनाएको छु। उसलाई अहिलेसम्म पनि ध्याल्चुङ (तिब्बती भाषाको यो शब्दले नेपालीमा युवराजाधिराज जस्तो अर्थ दिन्छ) नै छ। म बूढो हुँदै गएँ। उसलाई राजा बनाउन नारायणहिटी दरबारमा बिन्तीपत्र हालेका छौँ, तर दरबारले ढिलाइ गरेको छ।
(राजा जिग्मेले यसो भनेको केही समयमा २०६२/६३ को दोस्रो जनआन्दोलन भयो। त्यो आन्दोलनबाट आएको शक्तिले राजतन्त्रलाई मुलुकबाट उखेल्यो। यसका साथै सल्यान, बझाङ, जाजरकोट र मुस्ताङका राजा पनि इतिहास बने।)