किन नेपाल बौद्ध केन्द्र बन्न सकेन ?
![किन नेपाल बौद्ध केन्द्र बन्न सकेन ?](https://www.himalkhabar.com/uploads/posts/800X600/lumbini_1613990758.jpg)
गौतम बुद्धको जीवनकालमै बौद्ध धर्म काठमाडौँ उपत्यका प्रवेश गरेको थियो। कालान्तरमा काठमाडौँ तिब्बत र भारतको बौद्ध केन्द्र बन्यो। तर, अहिले लुम्बिनी बौद्ध विश्वविद्यालयमा होटल म्यानेजमेन्ट, कानून लगायत विषय पढाएर बौद्ध अध्ययनलाई एउटा संकायमा सीमित पारिएको छ।
वसन्त महर्जनगौतम बुद्धको जन्मस्थल लुम्बिनी र यस क्षेत्रमा प्रधान कार्यालय रहेको लुम्बिनी बौद्ध विश्वविद्यालयको सन्दर्भमा मन्तव्य दिने अधिकारीहरूले प्रायः भन्छन्, यसलाई बौद्ध केन्द्रका रूपमा विकास गरिने छ। लुम्बिनी एउटा महत्त्वपूूर्ण तीर्थस्थल भएकाले स्वतः बौद्ध केन्द्र हो। विश्वविद्यालयको सन्दर्भमा भने ‘बौद्ध अध्ययन केन्द्र’ भनेर बुुझ्नुपर्ने हुन्छ। तर, बौद्ध अध्ययन केन्द्रबारे मन्तव्य एकातिर र गन्तव्य अर्कैतिर सोझिइरहेको छ।
बौद्ध केन्द्रका रूपमा तीर्थस्थललाई मात्र लिनुु अत्यन्तै संकुचित बुुझाइ हो। स्वयं गौतम बुद्धकै समयमा पनि भिक्षुुहरू रहने विहार शैक्षिक केन्द्रका रूपमा थियो। यिनै विहार पछि विश्वप्रसिद्ध नालन्दा विश्वविद्यालय तथा अन्य शैक्षिक केन्द्रका रूपमा विकास भए।
यी केन्द्रहरू बुद्धको जीवनीसँग सम्बन्धित ठाउँमा मात्रै सीमित छैनन्। जस्तो, श्रीलंका, थाइल्यान्ड, म्यानमार, तिब्बत आदि पनि बौद्ध केन्द्र भएका छन्। लामो समयदेखि बौद्ध धर्मको बिरासत बोक्दै आएका यी देशबाहेक पश्चिमी समाजका कतिपय क्षेत्र बौद्ध केन्द्रका रूपमा उदाउँदै छन्।
त्यसैले बौद्ध केन्द्रको तात्पर्य बौद्ध अध्ययन एवं अभ्यासको स्थल हो। बौद्ध शिक्षाका लागि पूर्वयोजना नै बनाएर शैक्षिक केन्द्र स्थापना गरेको पनि पाइन्छ। नेपालकै कतिपय क्षेत्र कुनै वेला बौद्ध केन्द्रका रूपमा जल्दोबल्दो थिए। बुद्धको जीवनकालमा नै काठमाडौं उपत्यकामा बौद्ध धर्मको प्रवेश भइसकेको थियो। कालान्तरमा काठमाडौँ पनि बौद्ध केन्द्र हुन गयो।
भारतमा रहेका ठूला बौद्ध शैक्षिक केन्द्रहरू काठमाडौं उपत्यकाबाट टाढा नभएकै कारण यहाँका विद्यार्थी उता जाने र उताका गुुरुहरू यता आउने सहज वातावरण बनेको थियो। तत्कालीन शासकहरू पनि बौद्ध धर्म र दर्शनप्रति उदार थिए। काठमाडौं, भक्तपुर र ललितपुरका साथै वरिपरिका अन्य बस्तीमा बहाः र बहीका रूपमा रहेका विहारहरू मौलिक रूपमा शैक्षिक केन्द्र थिए। त्यहाँ स्थानीय मात्र नभई अध्ययनका लागि तिब्बतदेखि पनि बौद्ध विद्यार्थीहरू आउँथे।
तत्कालीन शासकहरू पनि बौद्ध धर्म र दर्शनप्रति उदार थिए। काठमाडौं, भक्तपुर र ललितपुरका साथै वरिपरिका अन्य बस्तीमा बहाः र बहीका रूपमा रहेका विहारहरू मौलिक रूपमा शैक्षिक केन्द्र थिए। त्यहाँ स्थानीय मात्र नभई अध्ययनका लागि तिब्बतदेखि पनि बौद्ध विद्यार्थीहरू आउँथे।
तिब्बत जाने पहिलो धर्मगुरु भिक्षु शीलमन्जु हुन्। उनी सातौँ शताब्दीमा तिब्बती राजा श्रङ्–चङ्–गाम्पो (इ.सं. ६०५–६४९) सँग वैवाहिक सम्बन्ध राख्ने नेपाली राजकुमारी भृकुटीसँगै तिब्बत गएका थिए। सातौँ शताब्दीभन्दा अघिबाटै नेपाल–तिब्बतबीच सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहेको आधार पनि पाइन्छन्। त्यसमा धार्मिक पक्षलाई नकार्न सकिन्न।
भारतका बौद्ध विद्वान् आचार्य शान्तरक्षितलाई चिनियाँ विद्वान् ‘सल्–सनङ’ (पछि ये–शेस्–द्व–पो वा ज्ञानेन्द्र नामबाट प्रख्यात भएका) ले तिब्बत लिएर गएका थिए। सल्–सनङले शान्तरक्षितलाई पहिलो पटक काठमाडौँ उपत्यकामा नै भेटेका थिए। शान्तरक्षित शुरुमा मङयुलसम्म मात्र पुुगेर काठमाडौं फर्किएका थिए। पुनः केही समयपछि तिब्बत गए पनि उनी त्यहाँ बस्न सकेनन्। अनि फेरि काठमाडौं नै आएर बसे।
भारतबाट तिब्बत जान हिँडेका आचार्य पद्मसम्भव लामो समय काठमाडौंमा नै बसेका थिए। किनभने, तिब्बतको वस्तुस्थिति बुुझ्न त्यति वेला काठमाडौँ उपयुक्त थलो थियो। उनीबाट दीक्षित येशे छोग्याल पछि काठमाडौंको भ्रमणमा आएका थिए।
पश्चिम तिब्बतको ङारी प्रदेश हिँडेका आचार्य दिपङ्कर श्रीज्ञान काठमाडौंको स्वयम्भू तथा विक्रमशील महाविहारमा लामो समयसम्म बसेका थिए। उनले काठमाडौं बसाइकै क्रममा ‘बोधिपथप्रदीप’ नामक महत्त्वपूूर्ण ग्रन्थ लेखेका थिए।
तिब्बती बौद्ध धर्मअन्तर्गत काग्र्यू उपसम्प्रदायका संस्थापक लोचवा मार्पा (इ.पू. १०१२–१०९७) थप अध्ययनका लागि तिब्बतबाट काठमाडौं आएका थिए। त्यस बखत यहाँ स्थानीयसँगै अन्य ठाउँका विद्यार्थी पनि थिए। काठमाडौंका गुुरुहरूकै सल्लाहअनुसार उनी पछि महासिद्ध नारोपा र अन्य महासिद्धहरूसँग अध्ययन गर्न भारत गए। गुरु नारोपा र उनका पनि गुरु तिलोपा दुुवै काठमाडौंमा महत्त्वपूूर्ण साधना सम्पन्न गरी भारत फर्के। यस्ता गतिविधिले काठमाडौं महत्त्वपूूर्ण बौद्ध केन्द्र रहेको स्पष्ट हुन्छ।
सिञ्जा र लोमन्थाङ पनि बौद्ध केन्द्र
उता जुम्लाको सिञ्जा उपत्यका पनि पन्ध्रौँ शताब्दीसम्म बौद्ध केन्द्र थियो। वरिपरिभन्दा गुल्जार भएका कारण यस क्षेत्रलाई खस साम्राज्यका संस्थापक राजा नागराजले नयाँ राजधानी बनाएका थिए। उक्त राजवंशका सबै १५ राजा नै बौद्ध धर्मका उपासक थिए। सिञ्जास्थित ‘लामाथाडा’ नामक ठाउँले बौद्ध धर्मगुरु अर्थात् लामाहरूको बसोवासस्थल भन्ने संकेत गर्छ।
यही साम्राज्यको हिउँदे राजधानी दुल्लुमा अझै पनि बौद्ध सम्पदाहरूको भग्नावशेष देख्न पाइन्छ। त्यस वेला हालको सुर्खेत बौद्ध धर्मको शैक्षिक केन्द्र थियो। सुर्खेतमा रचना गरिएको धर्मग्रन्थ तिब्बतमा पाइएको छ। यहाँको र काठमाडौंको बौद्ध केन्द्रको राम्रो सम्बन्ध थियो। बौद्ध विद्वान्हरूको आउजाउ हुन्थ्यो।
वर्तमान मुस्ताङ जिल्लाका प्रायः सम्पूूर्ण भूूभाग प्राचीन ‘लो’ राज्यअन्तर्गत थियो। शुुरूमा यो तिब्बतको एउटा प्रान्त थियो। सन् १४४० मा ‘आमपाल’ नामका अधिकारीले स्वतन्त्र राज्य घोषणा गरी मन्थाङलाई राजधानी बनाए। मन्थाङ नै आजभोलि लोमन्थाङ (माथिल्लो मुस्ताङ) नामबाट चिनिन्छ।
तिब्बती बौद्ध धर्ममा पनि विशेष गरी शाक्य उपसम्प्रदायले प्रश्रय पाएको यो राज्य पनि बौद्ध केन्द्र थियो। यहाँ ठूला बौद्ध गुम्बाहरूको निर्माण गरिएको थियो। राजा समढुुब रब्तेनले सत्रौँ शताब्दीमा शाक्य मठका मठाधीश शक्यपा ज्यम गोएन ङवाड कुड्गा सोएनम्लाई लो राज्यमा आमन्त्रण गरी राजधानीको उत्तरतिरको खण्ड दान चढाएका थिए।
बौद्ध विश्वविद्यालयमा होटल म्यानेजमेन्ट !
आजभोलि नेपालमा बौद्ध धर्मको अवस्था नाजुक छ। विश्व परिवेशमा नेपालको बौद्ध गतिविधि दृष्टिगोचर नहुने अवस्था छ। गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा पर्छ भन्ने थाहा भएकालाई पनि नेपालमा बौद्धहरू छन् भन्ने जानकारी नै छैन। हाम्रो आफ्नै कारणले प्रचार हुन नसकेको हो।
अन्यत्र विशुद्ध बौद्ध धर्मको अध्ययन–अध्यापन गरिन्छ। नेपालमा सहिष्णुता र सद्भावका नाममा अन्य धर्म दर्शनसँग मिलाएर बुुझ्ने र बुझाउने गरिन्छ। यही कारणले विश्वका बौद्ध विद्वान्हरूका आँखामा नेपाली बौद्ध गतिविधि शंकास्पद हुने गर्छ।
![](https://www.himalkhabar.com/uploads/editor/Culture/lumbini/lumbini%201.jpg)
लुम्बिनीलाई बौद्ध केन्द्रका रूपमा विकास गर्न सहायक भनिएको लुम्बिनी बौद्ध विश्वविद्यालयको काम गराइ आकर्षण नभई विकर्षण बढाउने खालको छ। केही वर्षअघि सोल्टी होटलमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन तत्कालीन संस्कृति मन्त्रीको व्यक्तिगत आवेगमा आधारित थियो भन्ने सोही सम्मेलनका सन्दर्भमा उनैले दिएको एक अन्तर्वार्ताबाट बुझिन्छ।
यी मन्त्री गएको भारतको कुनै कार्यक्रममा लुम्बिनी वा कपिलवस्तुको अवस्थितिका सम्बन्धमा भएको छलफल चित्त नबुझेपछि नेपाल फर्केर उक्त सम्मेलन गर्न लगाइएको थियो। लुम्बिनीमा इ.पूू. ५६३ मा बुद्धत्वसहित सिद्धार्थ गौतमको जन्म भएको तथा बोधगयामा बुद्धत्व लाभ नभएको आशयका लेख, समाचार तथा अन्तर्वार्ता त्यति वेला प्रकाशित भएको पाइन्छ।
बुद्ध हुनका लागि साधनारतलाई ‘बोधिसत्व’ भनिन्छ। यो एक जन्ममा मात्र सीमित हुँदैन। अनेकौँ जन्मपछि लुम्बिनीमा जन्म हुँदासम्म पनि उनको स्थिति बोधिसत्व नै थियो। तर, अन्तर्राष्ट्रिय सम्मेलनमा बुद्ध र बोधिसत्व एउटै हो भन्ने सन्देश दिन खोजिएको थियो।
मातहतको मन्त्री नै सर्वेसर्वा हुने नेपाली प्रशासनको संरचना भएकैले हुनुुपर्छ, विश्वविद्यालयका तत्कालीन उपकुलपति डा. नरेशमान बज्राचार्यले कुनै खण्डन गर्न सकेनन्। बरु अनेक तर्क गरी मन्त्रीको भनाइको औचित्य पुष्टि गर्ने प्रयास गरे। साथै, उनले अरूलाई पनि त्यस्तै गर्न बाध्य बनाए।
बौद्ध दर्शन अनुुसार सबै प्राणीमा बुद्धत्वको गुुण निहित हुन्छ। त्यसलाई विकास गर्नुपर्छ। बुद्ध हुनका लागि साधनारतलाई ‘बोधिसत्व’ भनिन्छ। यो एक जन्ममा मात्र सीमित हुँदैन। अनेकौँ जन्मपछि लुम्बिनीमा जन्म हुँदासम्म पनि उनको स्थिति बोधिसत्व नै थियो। तर, अन्तर्राष्ट्रिय सम्मेलनमा बुद्ध र बोधिसत्व एउटै हो भन्ने सन्देश दिन खोजिएको थियो।
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन भने पनि बेग्लै आशय रहेको कुरा पहिल्यै छताछुुल्ल भएको अवस्थामा भारतीय पक्षको उपस्थिति प्रायः शून्य रह्यो। समारोह स्थलमा ती मन्त्रीको बसाइ, हावभाव, चहलपहल तथा खुशी भएर पहेँलो चीवर लगाएको भिक्षुुलाई नै पनि हठात् अँगालो मार्नु शोभनीय थिएन।
लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना नितान्त बौद्ध धर्म–दर्शनको अध्ययन–अध्यापन तथा अनुसन्धानका लागि थियो। अन्य धर्मदर्शनकै अध्ययन–अध्यापन पनि तुुलनात्मक अध्ययनका लागि हुनुपर्दथ्यो। तर, अब यो विश्वविद्यालय बौद्ध अध्ययनमा मात्रै सीमित रहेन। केही समयदेखि यहाँ बौद्ध अध्ययन एउटा संकायमा सीमित गरी होटल म्यानेजमेन्ट, कानून तथा अन्य विषय पनि पढाइन थालेपछि अन्य विश्वविद्यालयभन्दा फरक रहेन।
कुनै पनि क्षेत्र बौद्ध केन्द्रका रूपमा विकास हुनका लागि सर्वप्रथम बौद्ध मूूल्यमान्यता तथा धर्मदर्शनले जीवन्त रूप पाउनुपर्छ। तर, यहाँ बुद्ध र बौद्ध धर्म–दर्शनका नाममा बेग्लै मूूल्यमान्यता थोपर्ने, अपव्याख्या गर्ने तथा व्यक्तिगत स्वार्थ हेर्ने मनसाय देखिन्छ। यस्तो पाराले लुम्बिनीमा मात्रै होइन, कहीँकतै बौद्ध केन्द्र विकास गर्न सकिँदैन।