भाइरसभन्दा भगवान ठूलो !
![भाइरसभन्दा भगवान ठूलो !](https://www.himalkhabar.com/uploads/posts/800X600/Culture_Kishor_Maharjan02_1601108291.JPG)
पुरुष दौरा–सुरुवालमा ठाँटिएका थिए भने महिला चलनचल्तीको रातोमा रङ्गीचङ्गी पोते र गहनामा सजिएका। गएको महीना मार्तडी, बाजुराका स्थानीयहरू हिन्दू भगवान कैलाशको सम्मानमा माडु पूजा गर्न रौताडा जङ्गलको बीचमा भेला भएका थिए।
महिलाहरू शिरमा राखेको साना ढाकरहरूमा फूल, जमरा बोकी, जप गर्दै र गीत गाउँदै थिए। उता सरकारले महामारीको बेला चाडपर्व मनाउन प्रतिबन्ध लगाएको छ।
मार्तडीका स्थानीय धनी कठायत ( ५३) का लागि माडु पूजा आफ्नी आमा र दिदीबहिनी भेट्ने अवसर हो। लाग्छ, लामो समयपछि आफ्ना माइतीसँगको भेट कठायतका लागि विघ्नबाधा र रोगभन्दा प्रिय छ।
महामारीका बेला रोगसँग डर लाग्दैन त?
“एक न एक दिन सबै मर्नु नै छ नि”, उनकाे जवाफ थियाे।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/Kishor%20maharjan%20photo%20circle/Culture_Kishor%20Maharjan04.JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/Kishor%20maharjan%20photo%20circle/Culture_Kishor%20Maharjan05.JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/Kishor%20maharjan%20photo%20circle/Culture_Kishor%20Maharjan06.JPG)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/Kishor%20maharjan%20photo%20circle/Culture_Kishor%20Maharjan09.JPG)