समाचारबुधबार, ६ चैत्र , २०७५

दाङमा यो वर्ष थप चार सय हेक्टर जमिनमा सिँचाइ पुग्ने

रासस

दाङमा यो वर्ष थप ४०० हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ पुग्ने भएको छ । 

यो वर्ष निर्माणको चरणमा रहेका पाँचवटा सिँचाइ आयोजनाबाट थप जमिनमा सिँचाइ सुविधा पुग्ने जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दाङका प्रमुख गणेश मरासिनीले बताए।

उनका अनुसार सुकदेवा सिँचाइ आयोजनाको काम पूरा भएको छ ।

क्लाङखोला सिँचाइ आयोजना, भवानी कुलो सिँचाइ आयोजना, खटारे कुलो सिँचाइ आयोजना, जितपुरे सिँचाइ आयोजनाको काम चालू आवभित्रै सक्ने गरी काम अगाडि बढेको छ ।

रु एक करोड ५१ लाख लागतमा निर्माण भइरहेको क्वाङ्खोला सिँचाइ आयोजनाको काम ९५ प्रतिशत पूरा भएको जानकारी मरासिनीले बताए ।

त्यस्तै सोही रकम बराबरको लागतमा निर्माण हुन लागेको भवन सिँचाइ आयोजनाको ७५ प्रतिशत काम पूरा भएको उनले बताए ।

बजेट अभावका कारण यी सिँचाइ आयोजनाको कामसमेत प्रभावित हुने गरेको उनकोभनाइ छ । “बजेट अभावले गर्दा कामले गति लिन सकेको छैन”, उनले भने, “यी आयोजनाका लागि करीब रु नौ करोड बजेट आवश्यक छ ।”

निर्माणको क्रममा रहेको खटारे सिँचाइ आयोजनाको काम ५० प्रतिशत पूरा भएको र जिपपुरे सिँचाइ आयोजनाको काम २० प्रतिशत पूरा भएको उनले बताए ।

यी दुई सिँचाइ आयोजनाको काम पूरा गर्न रु आठ?आठ लाख बजेट आवश्यक रहेको उनको भनाइ छ । पछिल्लो समय दाङमा उचित सिँचाइ नहुँदा खेत बाँझै राख्नुपर्ने बाध्यता छ ।

प्रतिकृया दिनुहोस