ब्लग सोमबार, साउन १२, २०७७

कोभिड–१९ को परिणामः टाढिंदै मान्छे, सम्बन्ध भर्चुअल

गोपाल गडतौला

कोभिड–१९ को परिणामः टाढिंदै मान्छे, सम्बन्ध भर्चुअल

कोभिड–१९ को सबैभन्दा बढी प्रभाव उड्डयनमा परेको छ। उडान नभएका कारण अमेरिकाको भर्जिनियाबाट गत मार्च दोस्रो साता काठमाडौंका लागि हुलाकमा पोस्ट गरेको एउटा पत्र चार महीनापछि प्रापकको हात लाग्यो।

ब्रिटिश हवाई इञ्जिन निर्माता कम्पनी रोल्स—रोयसले कोरोनाका कारण गत महीना आफ्ना नौ हजार कर्मचारीलाई विदा दिने घोषणा गरेको थियो। उक्त कम्पनीका प्रमुख कार्यकारी वारेन इस्टले कोरोना सिर्जित संकटका कारण करीब २० प्रतिशत कर्मचारी कटौती गर्नुपरेको बताएका थिए। कोभिड–१९ अघि यो कम्पनीमा ५२ हजार कामदार रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्।

त्यस्तै क्यानाडाको द ग्रेटर टोरन्टो एअरपोर्ट अथोरिटीले पनि २७ प्रतिशत कर्मचारी कटौतीको निर्णय गरेको छ। अब उक्त कम्पनीले करीब ५०० कर्मचारीलाई विदा गर्दैछ। यसअघि रिक्त रहेका २०० दरबन्दीमा नयाँ भर्ना समेत नलिने र ३०० कर्मचारीलाई स्वेच्छिक अवकाशको लागि ढोका खोलिदिने जनाएको छ।

त्यस्तै ६० हजार कर्मचारी रहेको इमिरेट्स एअर विश्वको ठूलो उड्डयन संस्था हो। यस कम्पनीले पनि नौ हजार कर्मचारी कटौती गरेको छ। इमिरेट्सले थप कर्मचारी कटौतीको संकेत दिइसकेको छ।

हवाई कम्पनीहरूले अहिलेको कारोबार सन् १९९६ को बराबर रहेको बताउँदै चालु आर्थिक गिरावटबाट उठ्न कम्तीमा तीन वर्ष लाग्ने अनुमान गरेका छन्। तर, कोभिड–१९ को कहर जति लम्बियो, सुधारको मिति पनि उति नै टाढिने निश्चित छ।

आजको दुनियाँमा हवाई यातायात केवल कम्पनीहरूको आर्थिक कारोबारमा गणना हुने मात्र विषय होइन। लाखौं कर्मचारी र कामदारहरूको गृहस्थ चलाउने मेलो मात्र पनि होइन। यातायातको पछिल्लो आविष्कार वा माध्यम मात्र पनि होइन। यी सबै बाहेक यो त हामीले धेरै सुन्ने गरेको ‘ग्लोबलाइजेसन’ अर्थात् भूमण्डलीकरणको मूलतन्तु पनि हो। यसले भूगोलका ठेगानाहरूलाई नजिक पार्ने र जोड्ने त्यस्तो काम गर्छ, जसका कारण मानिसले धर्तीका अक्षांश र देशान्तरहरू सजिलै चहार्न सक्छन्। 

हाल संसारमा रहेका ४३ हजार ९८३ विमानस्थल (सन् २०१७ को तथ्यांक) को साझा हालत करीब यस्तै छ। एक देशबाट अर्काे देशमा मात्र होइन देशभित्रै पनि आवतजावतमा कडाइ छ। नेपालका ४७ मध्ये धेरैजसो विमानस्थल पनि बन्दै छन्। कोभिड–१९ ले यातायात यात्रा झण्झटिलो, असहज र सन्देहपूर्ण बनाएको छ।

आजको दुनियाँमा हवाई यातायात केवल कम्पनीहरूको आर्थिक कारोबारमा गणना हुने मात्र विषय होइन। लाखौं कर्मचारी र कामदारहरूको गृहस्थ चलाउने मेलो मात्र पनि होइन। यातायातको पछिल्लो आविष्कार वा माध्यम मात्र पनि होइन। यी सबै बाहेक यो त हामीले धेरै सुन्ने गरेको ‘ग्लोबलाइजेसन’ अर्थात् भूमण्डलीकरणको मूलतन्तु पनि हो। यसले भूगोलका ठेगानाहरूलाई नजिक पार्ने र जोड्ने त्यस्तो काम गर्छ, जसका कारण मानिसले धर्तीका अक्षांश र देशान्तरहरू सजिलै चहार्न सक्छन्।

हरेकजसो नेपाली घरका युवा विदेशको श्रम बजारमा जानुलाई सामान्य मानौं। पश्चिम एशियाका खाडी मुलुकमा लाखौं नेपाली छन्। आकाश मार्ग बन्द झैं भएका कारण तिनीहरू ठूलो संख्यामा कामविहीन भएर उतै अड्किरहेका छन्।

काठमाडौंमा प्याकिङ भएको टाइचन धानको चिउरा, इलामको टोकला चियाको बट्टा वा भारतको कुनै गाउँमा उत्पादित दूधको प्याकेट वा दालमोठ अमेरिकी बजारका एशियाली खुद्रा पसलहरूमा अझै पाइन्छ। तर यातायात यही पाराले असहज र सीमित बन्ने हो भने ती सबैथोक आ–आफ्नै देशका गोदाममा थन्किनेछन्।

गत महीना क्यानाडामा निकासी गर्न नसकिएको ठूलो परिमाणको आलु कुहिन लागेकोले डोजरले खाल्डो खनेर गाडिएको खबर सार्वजनिक भयो। यस्तै कारणले अर्थतन्त्रको चलायमान गतिमा ब्रेक लाग्छ। प्रकारान्तरले भूमण्डलीकरणको गति सुस्त बन्छ।

दिवंगत आफन्तको अस्तु सेलाउन गंगाको किनार जान खुट्टो उचालेका कतिपय एशियाली हिन्दूका पाइला युरोप र अमेरिकामा अड्किएको सुनेको छु। धन्न इन्टरनेटको माध्यमबाट चाहेको बेला हेराहेर गर्दै गफिन सकिन्छ। नत्र हाम्रो जीवन पहाडमा मरेको मान्छेको खबर मधेशमा भएको आफन्तकहाँ पठाउन धागो बाँधिएको चिट्ठी हुलाकको बाकसमा खसाल्नुपर्ने युगमा फर्किने थियो।

काठमाडौंमा प्याकिङ भएको टाइचन धानको चिउरा, इलामको टोकला चियाको बट्टा वा भारतको कुनै गाउँमा उत्पादित दूधको प्याकेट वा दालमोठ अमेरिकी बजारका एशियाली खुद्रा पसलहरूमा अझै पाइन्छ। तर यातायात यही पाराले असहज र सीमित बन्ने हो भने ती सबैथोक आ–आफ्नै देशका गोदाममा थन्किनेछन्।

विश्वविद्यालयहरूले अर्काे देशका विद्यार्थीका लागि ढोका बन्द गरे झैं भएको छ। यसले ज्ञानमा भइरहेको विस्तारको गतिलाई सीमित गरिदिनेछ। भेटघाटले मानिसका अभ्यास, भाषा, सोचाइ, आनीबानी, शैली र समग्र जीवनपद्धतिमा पनि बदलाव ल्याइरहेको हुन्छ।

केही महीनाअघि कोरोना कहर शुरू हुँदाताका दोलखा, ओखलढुङ्गा लगायतका पहाडी जिल्लाबाट जङ्गल र बगरहरूमा बास बस्दै कैलाली हिंडेका व्यक्ति दुई सातामा घर पुगेको कष्टको कहर नेपाली अखबारहरूले छापेका थिए। भारतको उत्तरप्रदेशकी एउटी आमाले आफ्नो छोरो भेट्न १४०० किलोमिटर स्कूटी चलाएको खबर भाइरल भयो। यी उदाहरणहरूले भातका लागि सानातिना प्रयास गरिरहेका निम्नवर्गका मान्छे कोभिड–१९ का कारण अति प्रभावित भएको देखाउँछ।

घट्दो घनिष्टता

मर्निङ वाक्मा विपरीत दिशाबाट आइरहेको व्यक्ति प्रायः त आफूजस्तै मास्क लगाएको हुन्छ। परैबाट एकले अर्कालाई बाटो छोडिदिने चलन बसेको छ। हात मिलाउने र अंकमाल पश्चिमा बानी नै विरानो बन्न थालेका छन्।

धर्तीका अनेक संस्कृति, खाना, पहिरन, लवज र अनुहारहरू भेट भएको शहर न्यूयोर्कका कतिपय सडकहरू वितेका केही महीना ट्राफिकविहीन भए। भर्खर मात्र चहलपहल शुरू भएको छ। तर; भेटिने, गफगाफ गर्ने, शनिबार र आइतबार सँगै खाना खाने जस्ता चलन बन्द छन्। विरानो मुलुकमा जन्ती, मलामी, पूजा, न्वारान, पास्नी आदिमा ठूलो संख्यामा पहिले हुने भेटघाट अचेल हुन छोडेको छ। कतै भइहाले ती एकदमै खल्ला र एकाङ्की पाराका हुन्छन्।

अमेरिकी सडक, विमानस्थल आदिका होर्डिङ बोर्डमा ‘अत्यावश्यक काम नपरी नहिंडौं’ सन्देश बाक्लै छन्। विमानस्थलहरूमा गइरहने ट्याक्सीहरूको ताँती छैन। पेन्सिलभेनियाको ह्यारिसवर्ग आसपासका बाक्ला घरहरूका आँगनमा रहेका कार एकदमै कम मात्र ‘मूभ’ हुन्छन्।

धेरैजसो मान्छे घरमै बसेर काम गर्न अभ्यस्त बन्दैछन्। फ्याक्ट्री वा कम्पनीका कामदार हरेकदिन जसो घरमा आफ्नो ज्वरो आफैं नाप्छन्। धेरैजना काम गर्ने ठाउँमा कोही एक जनालाई कोरोना भएको रहेछ भने ऊ काम गर्ने सिफ्टका सबैलाई केही दिनका लागि छुट्टी दिइन्छ।

खुल्दै गएका रेस्टोरेन्टहरूले पनि टेबलमा बसेर खाने ग्राहकलाई ‘अहिलेलाई हाम्रो सेवा तपाईंलाई हैन’ भनेर फर्काइदिने गरेका छन्। टेलिफोनमा खाना अर्डर गर्ने र मोबाइल मार्फत विद्युतीय भुक्तनी गर्ने चलन बढेको छ। अर्डर गरिएको खानाको पोको रेस्टोरेन्टको ढोकाबाट लिने र वेटरलाई टाढैबाट टाटा गरेर फर्किने गरिन्छ।

रेस्टोरेन्टहरूले आ–आफ्ना वेबसाइटमा पिकअप (लैजानका लागि) मात्र खोलिएको सूचना टाँस गरेका छन्। घरघरमा खाना पुर्‍याउने सेवा मात्र दिने संस्था पनि यहाँ छन्। ग्राहकले चाहेको रेस्टोरेन्टमा अर्डर गरेको खानाको प्याकेट ग्राहकको घरदैलोमा छोड्ने काम गर्नेहरूको माग भने बढेको छ। यसको सबै तारतम्य मिलाउने काम इन्टरनेटबाट गरिन्छ।

खुल्दै गएका रेस्टोरेन्टहरूले पनि टेबलमा बसेर खाने ग्राहकलाई ‘अहिलेलाई हाम्रो सेवा तपाईंलाई हैन’ भनेर फर्काइदिने गरेका छन्। टेलिफोनमा खाना अर्डर गर्ने र मोबाइल मार्फत विद्युतीय भुक्तनी गर्ने चलन बढेको छ। अर्डर गरिएको खानाको पोको रेस्टोरेन्टको ढोकाबाट लिने र वेटरलाई टाढैबाट टाटा गरेर फर्किने गरिन्छ।

परिस्थितिसँग सम्झौता गर्दै चल्ने क्रममा अनेकौं अभ्यास र रीतिरिवाज परिवर्तन हुन थालेका छन्। गत २७ जूनमा विवाह बन्धनमा बाँधिएका नर्थ क्यारोलेना राज्यको सार्लटका उज्ज्वल प्रधानले विवाहको लागि तयार मण्डपमा नवदुलही सविनासँग रहँँदा पनि मुखको मास्क खोलेनन्।

एकदमै कम आफन्तहरूलाई मात्र निम्त्याएर साइत छोप्नु परेको उनी बताउँछन्। पूर्वी मोरङको शनिश्चरेस्थित भूटानी शरणार्थी शिविरमा जन्मिएका उनी आफन्त र साथीहरूको आशीर्वाद मोबाइल र फेसबूकमा सीमित भएकोमा खल्लो मानिरहेका थिए।

कीर्तनदेखि तिथि–श्राद्धसम्मका कर्मकाण्डहरू भर्चुअल बन्ने क्रमले प्रविधिसँगको मित्रता त गाँस्दै लैजाला तर आपसी घनिष्ठता भने घटाइरहेको छ। करीब एक दशकअघि अमेरिकाको मेरिल्याण्डमा रहेका मेरा मित्र मुक्तिराज गुरुङको छोरो जन्मिंदा न्वारान गरिदिने लामा उनले वरपर कतै पाएनन्। शिशुको न्वारान पूर्वी झापाको टिमाईस्थित भूटानी शरणार्थी शिविरमा रहेका उनका आफन्तजनले उतै मिलाइदिनु परेको थियो।

अर्थात्, मेरिल्याण्डकी सुत्केरीलाई गुरुङ रित अनुसार उकास्ने र शिशुको नाम राख्ने कार्य हजारौं माइल टाढाको एउटा शरणार्थी छाप्रोमा गरिएको थियो। उनी भन्छन्, “अलिअलि भर्चुअल त हुन थालेकै थियौं, अब त कोभिड–१९ ले भर्चुअल जीवनशैली अनिवार्य झैं बनायो।”

प्रतिकृया दिनुहोस