खेलकुदमंगलबार, ५ चैत्र , २०७५

ओलम्पिक वर्ल्ड समर : अजयलाई स्वर्ण

रासस

संयुक्त अरब इमिरेट्स (युएई) मा जारी स्पेसल ओलम्पिक वर्ल्ड समर गेम्समा नेपालका अजय तामाङले स्वर्ण पदक जितेका छन् ।

अजयले पुरुष सटपुटमा आज स्वर्ण पदक जितेको स्पेसल ओलम्पिक नेपाले जनाएको छ । सोही स्पर्धामा सागर शेरचन कांस्य पदक जित्न सफल भए ।

सुस्मिलाई कांस्य

नेपालकी सुस्मि श्रेष्ठले नेदरल्याण्डस्मा जारी २९औँ ओपन युरोपियन कराँते च्याम्पियनसिपमा कांस्य पदक जितेकी छन् ।

गए राति भएको खेलमा सुस्मिले महिला ६५ केजीमा कांस्य पदक जितेको नेपाल क्योकुसिन बुदोकाइ कराँते सङ्घका महासचिवसमेत रहेका प्रमुख प्रशिक्षक राजेन्द्र सुवेदीले जानकारी दिए ।

प्रतियोगितामा सुस्मि नेदरल्याण्ड्सकी खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेकी थिइन् ।

सेमिफाइनलमा बेल्जियमकी खेलाडीसँग अङ्क आधारमा पछि पर्दै कांस्य पदकमै सीमित बनेकी हुन् ।

प्रतिकृया दिनुहोस