व्यक्तित्व विहीबार, असार २५, २०७७

अमेरिकाका गुम्बा सञ्चालक जोन भन्छन्– एकपटक बुद्धभूमि नेपाल जाने धोको छ !

गोपाल गडतौला

अमेरिकाका गुम्बा सञ्चालक जोन भन्छन्– एकपटक बुद्धभूमि नेपाल जाने धोको छ !
गुम्बाभित्र जोन ।

४० वर्षअघि लाओसबाट सपनाको भारी बोकेर अमेरिकी भूमिमा टेक्दा जोन लक्का जवान थिए। यहीं पसिना बेचे। घरपरिवार बसाले। अमेरिकाका धेरै राज्य चहारेका उनी ६९ वर्षका भए। उनै जोन अहिले एडम काउन्टीस्थित बौद्ध गुम्बाको सञ्चालक छन्।

सडकका दुवै किनारमा ठूला गरा छन्। त्यहाँ मकै, गहुँ र भटमास लगाइएको छ। कतैकतै गहुँको छ्वालीका गुन्टा ट्रयाक्टरमा उठाउन व्यस्त मजदूर देखिन्थे।

कार्यालयबाट हिंडेको हाम्रो गाडी आधा घण्टापछि मूल सडकलाई दायाँ छोड्दै दुईलेनको भित्री सडकमा पस्यो। अर्काे पाँच मिनेट गुडेपछि एउटा शान्त ठेगानामा पुगेर अडियौं। सडक दायाँको एकतले घरको आँगनमा आफूभन्दा अग्लो पत्थरको बुद्धमूर्ति देखेपछि नेपालको लुम्बिनी पुगेको झल्को आयो। यो पेन्सिलभेनिया राज्यको एडम्स काउन्टीस्थित लाओसका बौद्धमार्गीहरूको गुम्बा हो।

गुम्बा अगाडिको बुद्धमूर्ति ।

निवृत्त भइसक्नुपर्ने उमेरका जोन यो गुम्बामा निकै व्यस्त हुन्छन्। हरेक दिन आठ घण्टा एउटा कम्पनीमा काम गरेपछि बाँकी समय गुम्बा स्याहार्न पुग्छन्। होचो कद तर फूर्तिलो शरीरका जोन २० असारमा म पुग्दा लर्नमोर (झार काट्ने मेशीन) ले गुम्बाको दायाँ–बायाँको झार छाँटिरहेका थिए।

हामीलाई देखेपछि झार ठुटाउने मेशिन बिसाए। हातगोडा धोए। अनि गफिन तयार भए। पहिला गुम्बाको मूलढोका उघारेर भित्र पस्न अनुरोध गरे। बलिरहेको कपुरको बास्ना र रंगीविरंगी गुलुपहरूबाट पोखिएको किरणले गुम्बाको भव्यता उज्यालो, स्निग्ध र सजीव बनाएको छ।

पारदर्शी काँचका ठूला–ठूला झ्याल भएको गुम्बाभित्र बुद्धका थरीथरीका मूर्ति छन्। कुनै सुतेका, कुनै हिंड्दै गरेका, कुनै मुकुट लगाएका त कुनै शिष्यहरूलाई अर्ति–उपदेश दिइरहेका।

पारदर्शी काँचका ठूला–ठूला झ्याल भएको गुम्बाभित्र बुद्धका थरीथरीका मूर्ति छन्। कुनै सुतेका, कुनै हिंड्दै गरेका, कुनै मुकुट लगाएका त कुनै शिष्यहरूलाई अर्ति–उपदेश दिइरहेका।

यहाँ साताका हरेक दिन फरक–फरक भावभंगी र स्व?पका बुद्धको पूजा हुन्छ। लस्करै रहेका मूर्तिमध्ये एउटा सर्पको छहारी भएको पनि थियो। हरेक मूर्तिहरूको उनले लामो व्याख्या त गर्न सकेनन्, तर संसारमा बुद्धलाई विभिन्न स्वरुपमा पुजिने बताए।

पुगौंला एकदिन लुम्बिनी

काठमाडौं र लुम्बिनीका बौद्ध धार्मिक सामग्री पसलमा प्रशस्त पाइने शिरको पछिल्तिर झल्झलाकार सूर्य भएको बुद्धको तस्वीरको शृंखलाले गुम्बाको एकापट्टिको भित्तो सजाइएको छ। त्यहाँ पुगेपछि नेपाली आँखा नअडिने कुरै भएन। त्यो निकै सुन्दर दृश्य थियो।

गुम्बामा रहेका धेरैजसो बुद्धका मूर्ति र पोस्टरहरू जोनले खरीद गरेका हुन्। कतिपय चाहिं भक्तजनले उपहार दिएका। धातु, पत्थर, काँच, काठ र सेरामिक्सका समेत गरी ५० भन्दा बढी सानाठूला बुद्धमूर्ति। जोन भन्छन्, “यसलाई सिंगार्न धेरै बाँकी छ, एउटा रमितलाग्दो सम्पदाको रूपमा विकास गर्ने धोको छ।”

उनी लाओसबाट अमेरिका पुगेका हुन्। यो गुम्बा बनाउन उनले निजी कमाइ त लगाए नै पूर्वी अमेरिकामा बस्ने लाओसबाट आएकाहरूले पनि भरथेग गरे। गुम्बा पाँच एकड जमीनमा फैलिएको छ। सन् २०१० मा जोनले यहाँ गुम्बा निर्माण शुरू गरेका हुन्। तीन जना हितैषी मिलेर पाँच/पाँच एकड जमीन किनेका थिए।

गुम्बामा रहेका धेरैजसो बुद्धका मूर्ति र पोस्टरहरू जोनले खरीद गरेका हुन्। कतिपय चाहिं भक्तजनले उपहार दिएका। धातु, पत्थर, काँच, काठ र सेरामिक्सका समेत गरी ५० भन्दा बढी सानाठूला बुद्धमूर्ति। जोन भन्छन्, “यसलाई सिंगार्न धेरै बाँकी छ, एउटा रमितलाग्दो सम्पदाको रूपमा विकास गर्ने धोको छ।”

तर एउटा सँधियारले बेच्ने भनेपछि जोनले नै गुम्बा बनाउने उद्देश्यले खरीद गरे। शुरूमा झार काटे र उबडखाबड जमीन सम्याए। एकछेउमा १० फुट गहिरो पोखरी खनाए। पोखरीमा थरीथरीका माछा हाले। त्यसमाथि एउटा विशेष गुम्बा उभ्याए। यस गुम्बामा चाहिं भिक्षुहरू दीक्षित गरिन्छ।

गुम्बाभित्र सजाइएका बुद्धमूर्ति र पोस्टरहरू ।

पानी आउँदा कैयौं दिनसम्म जमेर सवारी साधन पार्किङ गर्न समेत नसकिने ठाउँमा बालुवा, गिट्टी र ढुङ्गा भरे। हरियो घाँसे मैदानको बीचमा र वरिपरि गोरेटो बनाए। फलफूलका बोट लगाए। हेरिरहुँ जस्तो बनाए। यहाँ निर्माणको काम हरेक दिन चलिरहेको हुन्छ। उनी भन्छन्, “समुदायका सदस्यहरू स्वयंसेवकको रूपमा काम गर्न वेलावेला जुटिरहेका हुन्छन्।”

उनी अहिलेसम्म बुद्धको जन्मभूमि नेपाल पुगेका छैनन्। बुद्ध जन्मिएको ठाउँ पुग्ने र केही दिन बसेर ध्यान गर्ने इरादा छँदैछ। यो वर्ष करीब साढे आठहजार माइल टाढाको तपोभूमि पुग्ने योजना कोभिड–१९ को महामारीले छेकेको उनले सुनाए।

धेरै बौद्ध भिक्षु र अध्येताहरूको संगत र सान्निध्यता पाएका उनी अहिंसाको चेत विस्तार गर्न बौद्ध दर्शनको फैलावट बढाउनुपर्ने बताउँछन्। नेपाल बारे थोरबहुत जानकारी भएका उनी लुम्बिनीमा लाओस लगायतका बौद्धबहुल मुलुकहरूले बनाएका गुम्बा र पूजनस्थलबारे चाख मानेर सुन्छन्। थाहा पाएको कुरा अरूलाई सुनाउँछन्।

गुम्बामा हरेक दिन विभिन्न देशको बौद्ध समुदायका मानिस आउजाउ गर्छन्। छुट्टी र चाडबाड मनाउन वा वनभोज खान जमघट भइरहन्छ। दाउरा बालेर धुनी जगाउन, नाच्न, पकाएर खान र फोहोर फ्याँक्न छुट्टाछुट्टै ठाउँ तोकिएको छ। बास बस्ने पनि व्यवस्था छ।

नेपाल भन्नासाथ हिमालय मुन्तिरको पर्वते मुलुकको चित्र दिमागमा आउँछ रे ! भन्छन्, “जङ्गल, झरना, हिउँ, पहाड र हिमशिखरहरूको देश हो, जहाँ करीब अढाइ हजार वर्ष पहिले ‘लाइट अफ एशिया’ को जन्म भएको थियो।”

गुम्बामा हरेक दिन विभिन्न देशको बौद्ध समुदायका मानिस आउजाउ गर्छन्। छुट्टी र चाडबाड मनाउन वा वनभोज खान जमघट भइरहन्छ। दाउरा बालेर धुनी जगाउन, नाच्न, पकाएर खान र फोहोर फ्याँक्न छुट्टाछुट्टै ठाउँ तोकिएको छ। बास बस्ने पनि व्यवस्था छ।

पोखरीमाथिको बौद्ध गुम्बा ।

म अमेरिकी स्वतन्त्रता दिवस ४ जुलाईको अघिल्लो साँझ पुगेको थिएँ। त्यतिवेला गुम्बामा विशेष व्यवस्थापन भइरहेको थियो। प्लास्टिकको खोल नझिकिएका गलैंचा, खानेतेल, चामल र पीठोका बोराहरू थुपारिएको थियो। अर्काे छेउको रेफ्रिजेरेटरमा चिसो पेय पदार्थका क्यान थिए।

केहीदिन बस्दै आउन लागेको न्युजिल्याण्डको बौद्धमार्गीहरूको खान्की र बासको व्यवस्थापनमा जोन व्यस्त छन्। उनी भन्छन्, “हरेक दिन भिन्नभिन्न देशका मानिसहरूको लागि काम गर्नुपर्दा बेग्लै आनन्द आउँछ।”

हरेक वर्ष दर्जनौं देशका सानाठूला टोलीलाई आतिथ्य गर्दा उनको भिन्नभिन्न संस्कृतिसँग भेट पनि भइरहेको छ। अनेक संस्कृति, लवज, खान्की, राष्ट्रियता र आनीबानी भएकाहरूसँगको नियमित भेटघाटबाट आनन्द महसूस गरिरहेको उनी बताउँछन्। उनी भन्छन्, “यो भोगाइले मलाई हरेक दिन उमङ्गपूर्ण बनाइरहेको छ।

प्रतिकृया दिनुहोस