व्यक्तित्व सोमबार, असार १५, २०७७

पुष्पलाललाई गंगालालकै हालत बनाइदिने नरशमशेरको धम्की

मुकेश पोखरेल

पुष्पलाललाई गंगालालकै हालत बनाइदिने नरशमशेरको धम्की
तस्वीर: पुष्पलाल हिस्टाेरिकल नाेट्स पुस्तकबाट

नेपाल कम्युनिष्ट पार्टीका महासचिव संस्थापक पुष्पलाल श्रेष्ठका ८६ वर्षीय कान्छा भाइ विजयलालको सम्झनामा आफ्ना दाजु शहीद गंगालाल र पुष्पलालसँग बाल्यकालमा विताएका धेरै रमाइला क्षण छन् ।

‘आज छिटो स्कूल जा कान्छा।’

कहिल्यै पनि विद्यालय आउने–जाने विषयमा चासो नराख्ने दाजुले यसो भन्दा विजयलालको मनमा धेरै कुरा खेल्यो । उनी दरबार हाईस्कूलमा ६ कक्षामा पढ्थे । दाजुले भनेपछि उनी अघिपछि भन्दा चाँडै स्कूल गए । यो घटना १७ वैशाख २००४ सालको हो।

बसाइ इन्द्रचोकमा थियो । असन पुग्दा टाढैबाट मानिसको हूल देखे । उनको मनमा झनै कौतूहल जाग्यो । उनी त्यतै दगुरे।

त्यहाँ नाराबाजी भइरहेको थियो, ‘इन्कलाब, जिन्दावाद !’ भीड नारा लगाउँदै अघि बढ्यो।

उनलाई अचम्म लाग्यो । यस्तो नारबाजी गर्न ठूलो साहस चाहिन्थ्यो । उनले कापी किताबको झोला पछाडि बोकेका थिए । स्कूल जान हिंडेका विजयलाल त्यही जुलूसको पछि लागे । जुलूसको सबैभन्दा अगाडि दाजु पुष्पलाल, सहाना प्रधान, भुवनलाल श्रेष्ठ लगायत थिए।

प्रजातन्त्र प्राप्तिका लागि राणाशासनको विरोधमा दाजु गंगालालको हत्या भएपछि परिवार आक्रोशित थियो । गंगालालको बलिदानीको शोकलाई शक्तिमा परिणत गर्दै प्रजातन्त्रको लडाइँमा सबै समर्पित थिए। हरेक साँझ परिवारमा दिनभरका घटना विश्लेषण र राणाहरूको बारेमा छलफल चल्थ्यो।

प्रजातन्त्र प्राप्तिका लागि राणाशासनको विरोधमा दाजु गंगालालको हत्या भएपछि परिवार आक्रोशित थियो । गंगालालको बलिदानीको शोकलाई शक्तिमा परिणत गर्दै प्रजातन्त्रको लडाइँमा सबै समर्पित थिए । हरेक साँझ परिवारमा दिनभरका घटना विश्लेषण र राणाहरूको बारेमा छलफल चल्थ्यो।

त्यतिवेला भारतमा ‘इन्कलाब जिन्दावाद’ को नारा खूब चलेको थियो। त्यसकारण उनलाई यो शब्दबारे ज्ञान थियो । त्यस दिन यस्तो नारा सुनेपछि उनलाई ‘आज राणाहरूले सिध्याउने भए’ भन्ने लाग्यो । तर जोशै जोशमा पछि कुदे।

जुलूस नक्साल भगवती पुग्नै लागेको थियो। अगाडिबाट कालो रङ्गको गाडी हुइँकिंदै जुलूसको बीचमा आएर रोकियो । नरशमशेरको नेतृत्वमा आएका सुरक्षाकर्मीले अन्धाधुन्द कुट्न थाले । भागाभाग भयो । उनी खेततिर भागे । पुष्पलाल, सहाना लगायत जुलूसको नेतृत्व गर्ने समातिए । नरशमशेर जुद्धशमशेरका नाति हुन् । नरशमशेरले नै गंगालाललाई गोली हानी मारेका थिए।

त्यो जुलूसको भीडमा नरशमशेरले गाडी छिराएको कुरा सम्झँदा अहिले पनि उनलाई अचम्म लाग्छ । जुलूस तितरबितर भएपछि पुष्पलाल समातिए। अनि थुनामा पुर्‍याएपछि नरशमशेरले भनेछन्, “तेरो दाजुलाई जस्तै तँलाई पनि ठोक्छु ।” पुष्पलाल जोशिलो युवा थिए । उनले पनि जवाफ दिइहाले, “आँट भए छाती खोलेर ठोक् ।” थुनाबाट फर्किएर आएपछि पुष्पलालले परिवारलाई सुनाएका थिए । दुई महीनापछि उनी रिहा भएका थिए ।

गंगालाल राणाविरोधी अभियानमा लागेदेखि नै सम्पूर्ण परिवार राणाहरूको तारो बनेको थियो। उनको फाँसीपछि पुष्पलालले राणाविरोधी अभियानको नेतृत्व गरेका थिए । एउटा छोरा गुमाएका बाबु भक्तलाल चाहिं राणाहरूले माइलो छोरो पुष्पलाललाई पनि मार्ने हुन् कि भन्ने चिन्तामा थिए। त्यसैले पुष्पलाल भारत गएर बसे राम्रो हुने बाबुको सोच थियो।

त्यतिवेला अहिलेजस्तो कपाल काट्ने शैलुन थिएनन्। इन्द्रचोकतिर हजामहरू ग्राहक कुरेर बस्थे। भुइँमा चकटी विछ्याएर त्यसैमा बसेर कपाल काटिन्थ्यो। कपाल काटेको १२ पैसा लाग्थ्यो।

जेलबाट छुटेपछि पुष्पलालले असारको एकदिन विजयलाललाई कपाल काट्न लगे । आफ्नो पनि कपाल कटाए । कपाल काटिसकेपछि भने, “ल कान्छा घर जाऊ।”

गंगालाल राणाविरोधी अभियानमा लागेदेखि नै सम्पूर्ण परिवार राणाहरूको तारो बनेको थियो। उनको फाँसीपछि पुष्पलालले राणाविरोधी अभियानको नेतृत्व गरेका थिए । एउटा छोरा गुमाएका बाबु भक्तलाल चाहिं राणाहरूले माइलो छोरो पुष्पलाललाई पनि मार्ने हुन् कि भन्ने चिन्तामा थिए। 

तर उनले मानेनन् । फेरि फकाउँदै भने, “घरमा आँप किनेर राखेको छ। गएर खाऊ ।” आँप खान पाइन्छ भनेपछि उनी घरतिर लागे। पुष्पलाल त्यहाँबाटै बनारस गए।

उधारो दिएर धानको व्यापार नै डुबाए

छोराहरू राणाविरोधी अभियानमा लागेकै कारण बाबु भक्तलालको खरिदारको जागिर खोसियो । त्यसमाथि जेठा छोरा गंगलाललाई राणाले फाँसी दिएपछि पुत्रशोक प¥यो । भक्तलाललाई परिवार चलाउन समस्या भयो । त्यसैले गुजाराका लागि उनले धान पसल राखे।

गंगालालको मृत्युपछि पुष्पलाल नै भक्तलालको आडभरोसा थिए । अरू भाइ–बहिनी सानै थिए । तर पुष्पलालको स्वभाव बाबुले अपेक्षा गरेभन्दा फरक थियो । गंगालाललाई फासी दिइएपछि बाबु चाहन्थे कि पुष्पलाल राजनीतिबाट अलग होस्।

तर पुष्पलाल स्वभावैले फरक थिए । उनी आफूसँग भएको सबै अरूलाई दिन्थे । भएन भने मागेर पनि दिन्थे । जोगाउनुपर्छ भन्ने नै थिएन । पसलको सबै धान पुष्पलालले उधारो दिए । अनि पसल घाटा लागेर डुब्यो । विजयलालले भने, “हि वाज बर्न इन कम्युनिष्ट।”

पुष्पलालमा राणाविरोधी भावना झन्–झन् बढ्दै गयो। उनी पढाइभन्दा राजनीतिमा बढी ध्यान दिन थाले । बुवा भक्तलाल पढाइका लागि ढिपी गर्थे । तर पुष्पलाल वास्ता गर्दैनथे । “दाजु पढाइ नै छोडेर हिंड्नुहुन्थ्यो । मलाई भने पढ्नुपर्छ भनेर सम्झाउनुहुन्थ्यो”, विजयलालले सुनाए।

उनका अनुसार पुष्पलाल डाँकाहरूसँग सम्बन्ध बढाउन सर्लाहीसम्म पुगेका थिए । त्यसको उद्देश्य राणाशासनको अन्त्यको लागि शक्ति–सञ्चय नै थियो । त्यसैगरी महीनौंसम्म हिंडेर भद्रशमशेरलाई भेट्न पाल्पा पुगेका थिए ।

पढाइमा कम ध्यान दिए पनि उनले एसएलसी दोस्रो श्रेणीमा उत्तीर्ण गरे । २००४ सालमा उनले एसएलसी उत्तीर्ण गरेका हुन् ।

मासुका सौखिन

पुष्पलाल मासुका अति नै सौखिन थिए । घरको आर्थिक अवस्थाले दिनहुँ मासु खान सक्ने अवस्था त थिएन । तर छोराको रहर पूरा गर्न बाबु भक्तलालले कुनै न कुनै उपाय गरिरहन्थे।

काठमाडौंमा अहिले जस्तो छ्याप्पछ्याप्ती मासुका पसल थिएनन् । खिचापोखरीमा खसी र राँगाको मासु किन्न पाइन्थ्यो । कुखुरा खान मन लागे घरमै ल्याएर बनाएर खानुपर्दथ्यो। कुखुरा बनाउन अप्ठेरो मान्थे पुष्पलाल। त्यसैले बढी राँगा र खसीको मासु नै चल्थ्यो।

श्रीमती मिश्रीलाई लिएर विजय एकपटक पुष्पलाललाई भेट्न बनारस पुगेका थिए । बुहारीलाई देख्ने वित्तिकै पुष्पलालले भने “मिश्री छोइला बनाऊ । छोइला खाने मन छ ।” अनि पुष्पलालले आफैं मासु ल्याइदिए ।
तर मासु काट्ने भाँडा थिएनन् । जसोतसो भाँडाको बन्दोबस्त पनि गरे । बुहारीले बनाएको छोइला खूब मीठो मानेर खाए । कान्छी बुहारी पुष्पलालकी प्रिय थिइन् । उनी बुहारीको प्रशंसा गर्दथे।

काठमाडौंमा अहिले जस्तो छ्याप्पछ्याप्ती मासुका पसल थिएनन् । खिचापोखरीमा खसी र राँगाको मासु किन्न पाइन्थ्यो । कुखुरा खान मन लागे घरमै ल्याएर बनाएर खानुपर्दथ्यो। कुखुरा बनाउन अप्ठेरो मान्थे पुष्पलाल। त्यसैले बढी राँगा र खसीको मासु नै चल्थ्यो।

भक्तलालको परिवारमा घरकै सदस्यले सबै काम भ्याउँथे । खाना पकाउने काममा महिला सदस्य नै अघि सर्थे। घरमा मासु पाक्ने दिन भने पुष्पलाल आफैं भान्सामा गएर कस्सिन्थे। मसला तयार गर्ने र दाउरा भान्सासम्म पुर्‍याउने गर्थे । विजयलाल भन्छन्, “हजुरआमासँग बढी जिस्कनुहुन्थ्यो पुष्पलाल। बज्यैसँग ठट्टा गर्न रुचाउनुहुन्थ्यो।”

पुष्पलालको स्वभाव मिलनसार थियो । धेरैभन्दा धेरै साथी बनाउने स्वभाव थियो। सानैदेखि साथीहरू घरमा ल्याएर गुच्चा र ब्याडमिन्टन खेल्थे । “दाजु बाहिर गएर पनि खानुहुन्थ्यो । घरमा साथीहरू पनि ल्याउनुहुन्थ्यो” विजयलाल भन्छन्, “भएको कुरा सबै बाँड्नुपर्छ भन्ने बानी थियो पुष्पलालको ।”

पुष्पलाल नाटकमा अभिनय गर्न सिपालु थिए । २००४ सालतिर भीमनिधि तिवारीले लेखेको ‘सहनशीला सुशीला’ नाटकमा पुष्पलाल कर्णेलको श्रीमती कर्णेलनी साहेब बनेका थिए । अहिलेको विशालबजार भएको ठाउँमा सिटी हल थियो । त्यहीं उक्त नाटक मञ्चन गरिएको थियो । नाटक देखाउन भाइ विजयलाललाई पनि सँगै लिएर गए ।

राजा महेन्द्रले २०१७ सालमा ‘कु’ गरेपछि पुष्पलाल प्रवास गए। त्यसअघि पनि जाने–आउने क्रम चलिरहन्थ्यो । तर, २०१७ सालपछि भने नेपाल फर्केनन् । बनारसमा बसेका पुष्पलाललाई भेट्न परिवारका तर्फबाट सहानासँगै विजयलाल र परिवारका अरू सदस्य बारम्बार बनारस गइरहन्थे।

त्यतिवेला तोप पड्किएपछि घरबाट बाहिर निस्कन पाइँदैनथ्यो। बिगुल बजेर तोप पड्किनु भनेको कफ्र्यू लागेजस्तै थियो । जाडोको समय राति ९ बजे र गर्मीको समय १० बजे तोप पड्काउने चलन थियो । तोप नपड्कँदै नाटक सकेर सबै जना घरमा पुग्नुपर्ने थियो।

तोप पड्कनुअघि नाटक त सकियो । तर महिलाहरूले घरसम्म पुर्‍याउन पुष्पलाललाई कर गरे । भाइलाई पनि घरसम्म पुर्‍याउनुपर्ने । भाइलाई पुर्‍याएर फर्कंदा तोप पड्किसक्ने । त्यसैले उनले विजयलाललाई साथीकहाँ सुत्ने व्यवस्था मिलाएर महिलाहरूलाई छोड्न गए।

सधैं पैसाको अभाव

राजा महेन्द्रले २०१७ सालमा ‘कु’ गरेपछि पुष्पलाल प्रवास गए। त्यसअघि पनि जाने–आउने क्रम चलिरहन्थ्यो । तर, २०१७ सालपछि भने नेपाल फर्केनन् । बनारसमा बसेका पुष्पलाललाई भेट्न परिवारका तर्फबाट सहानासँगै विजयलाल र परिवारका अरू सदस्य बारम्बार बनारस गइरहन्थे। पुष्पलाल बनारस गएपछि करीब आठ पटक भेट भएको विजयलाल बताउँछन् । भाइसँग पुष्पलाल राजनीतिक कुराकानी पनि गर्थे ।

पुष्पलालसँग सधैं पैसाको अभाव हुन्थ्यो । तर पैसा नभएको दुःख परिवारका सदस्यलाई व्यक्त गर्दैनथे । परिवारका सदस्यहरूले आफैं बुझेर पैसा दिन्थे । उनलाई भेट्न जाँदा घरका सदस्यहरूले सुत्नका लागि यतैबाट ‘स्लीपिङ ब्याग’ बोकेर जानुपथ्र्यो । सुत्ने विछ्यौना थिएन । २०३१ सालतिर सहाना, गंगालालको छोरा, विजयलाल र तीन छोरी पुष्पलाललाई भेट्न बनारस पुगे । त्यतिवेला सबैले सुत्ने ब्याग बोकेरै गएका थिए ।

२०१७ सालमा शासनसत्ता हातमा लिएपछि राजा महेन्द्रले पुष्पलालसँग भेट्न धेरै पटक खबर पठाए। तर पुष्पलालले भेट गरेनन् । पुष्पलालले महेन्द्रसँग भेट्न हिक्मत बञ्जाडे नामका साथीलाई पठाएको विजयलाल बताउँछन्। “राजालाई भेटेर के गर्ने ? बढीभन्दा बढी मलाई प्रधानमन्त्री देला। म कुनै लोभमा फस्दिनँ”, पुष्पलालले परिवारका सदस्यहरूसँग भन्ने गरेका थिए।

काठमाडौंमा भव्य स्वागत

पुष्पलाललाई काठमाडौंमा धेरै मानिस श्रद्धा गर्थे । २०१४ सालतिर भाषण गर्न उनका लागि काठमाडौंको दरबारमार्गस्थित तीनधारा पाठशाला (अहिले होटल अन्नपूर्ण) मा दुईतले मञ्च बनाइएको थियो । भाषण सुन्न त्यहाँ भेला भएका सबैले फूलमालाले पुष्पलालको स्वागत गरे । त्यही क्रममा घर परिवारका सदस्यहरू पनि उनको स्वागतमा पुगे । पुष्पलाललाई भाउजू हसिना, काका–काकी लगायतले हातमा फूल दिएर स्वागत गरे । पुष्पलालले सबैको अगाडि मञ्चमा भाउजू, काका, काकी आफ्ना मान्यजनलाई ढोगे।

२०१७ सालमा शासनसत्ता हातमा लिएपछि राजा महेन्द्रले पुष्पलालसँग भेट्न धेरै पटक खबर पठाए। तर पुष्पलालले भेट गरेनन् । “राजालाई भेटेर के गर्ने ? बढीभन्दा बढी मलाई प्रधानमन्त्री देला। म कुनै लोभमा फस्दिनँ”, पुष्पलालले परिवारका सदस्यहरूसँग भन्ने गरेका थिए।

छोराहरू राजनीतिमा लागेपछि राणाहरूले दुईपटक भक्तलालको सम्पत्ति सर्वस्वहरण गरिसकेका थिए । २००७ पछि पुनर्वहाली भए। न्यून वेतनको माग राखेर आन्दोलन थालेपछि मातृकाप्रसाद कोइरालाको सरकारले जागिरबाट निकालेको थियो।

घरको परिस्थितिप्रति पुष्पलाल चिन्ता गरिरहन्थे । घरमा कमाउने पुष्पलालका भाइ गौरीलाल मात्र थिए । नभए कमाइ थिएन। घरको अवस्था देखेर पुष्पलालले बुवा भक्तलालसँग छुट्टिने प्रस्ताव गरे । पुष्पलालको प्रस्ताव बुवाले मानेनन् । तर पुष्पलाल २०१३ सालमा संयुक्त परिवारबाट अलग भए।

प्रतिकृया दिनुहोस