ब्लग आइतबार, असार ७, २०७७

जनमत संग्रहमा पञ्चायतलाई जिताउन विदेशी व्यापारीको रकम

भैरव रिसाल

जनमत संग्रहमा पञ्चायतलाई जिताउन विदेशी व्यापारीको रकम
तस्वीरः हिमाल आर्काइभ

१० जेठ २०३६ मा एकाबिहानै राजा वीरेन्द्रले सुधारसहितको पञ्चायत कि बहुदल भन्ने रोज्न जनमत संग्रहको घोषणा गरे। त्यो घोषणा अप्रत्याशित थियो। वीरेन्द्रले रानी ऐश्वर्यसहित राजपरिवारका सदस्यहरू कसैसँग पनि सरसल्लाह नगरी अकस्मात् निर्णय गरेका रहेछन्।

यो घोषणा गरेपछि राजा वीरेन्द्रले परिवारको निकै खप्की पनि खानुपर्‍यो रे। उनले जसरी भए पनि जनमतमा निर्दलीय पञ्चायतलाई जिताउने विश्वास दिलाएपछि मात्र राजपरिवारमा स्थिति सामान्य भएछ।

भैरव रिसाल

त्यतिवेला कीर्तिनिधि विष्ट प्रधानमन्त्री थिए। निर्दललाई जिताउन राजाले विष्टलाई हटाएर १६ जेठ २०३६ मा सूर्यबहादुर थापालाई प्रधानमन्त्री नियुक्त गरे, १८ जेठमा २८ सदस्यीय मन्त्रिमण्डल बनाए। पूर्वपञ्च नवराज सुवेदीको पुस्तक ‘इतिहासको एक कालखण्ड’ (२०६९ साल) का अनुसार, राजा वीरेन्द्रले मन्त्रिमण्डललाई भने रे, ‘म जनमत संग्रहमा दुवै पक्ष (निर्दल र बहुदल) लाई एक पैसा दिन्नँ, सरकारी ढुकुटीबाट पनि एक पैसा झिक्नु हुन्न। तिमी पञ्चहरू आफ्नो व्यवस्था आफैं गर । यो एक वर्ष दुवै पक्षका कार्यकर्ताहरूलाई भेट्दा पनि भेट्दिनँ।’

नभन्दै चार महीनासम्म राजाले पञ्च र बहुदल पक्षका मानिसहरूलाई भेटेनन्।

पञ्च नेताहरूलाई अब खर्चको व्यवस्था कसरी गर्ने भनेर पीर परेछ। उता राजपरिवारका सदस्यहरूलाई भने जनमत संग्रहमा निर्दलीय शासनले हार्ने हो कि भन्ने सुर्ता थियो। उनीहरूले निर्दललाई जिताउन खर्चबर्चको व्यवस्था आदिबारे छलफल गर्न एउटा बैठक राखेछन्, जसमा प्रधानमन्त्री सूर्यबहादुर पनि सहभागी थिए रे। राजपरिवारका महिला सदस्यहरूले सुनचाँदीका पोका निकाल्दै भनेछन्, “लौ प्रधानमन्त्री, पञ्चायतलाई जिताउन यो हाम्रो सहयोग हो।”

पञ्च नेताहरूलाई अब खर्चको व्यवस्था कसरी मिलाउने भनेर पीर परेछ। उता राजपरिवारका सदस्यहरूलाई भने जनमत संग्रहमा निर्दलीय शासनले हार्ने हो कि भन्ने सुर्ता थियो। उनीहरूले निर्दललाई जिताउन खर्चबर्चको व्यवस्था आदिबारे छलफल गर्न एउटा बैठक राखेछन्, जसमा प्रधानमन्त्री सूर्यबहादुर पनि सहभागी थिए रे। राजपरिवारका महिला सदस्यहरूले सुनचाँदीका पोका निकाल्दै भनेछन्, “लौ प्रधानमन्त्री, पञ्चायतलाई जिताउन यो हाम्रो सहयोग हो।”

तब सूर्यबहादुरले भने रे, ‘यो सेवकले सबै जुटाउँछ, यो सबै चाहिएन।’

जेटियाबाट सशर्त लिइएछ रकम

निर्दल र बहुदल दुवै पक्षका कसैलाई पनि एक वर्षसम्म भेट्दिन भनेका राजा वीरेन्द्रले करीब चार महीनापछि नवराज सुवेदीलाई भेटेछन्। सुवेदी त्यसवेला राष्ट्रिय पञ्चभेला महासमितिका महासचिव थिए। सूर्यबहादुर चलाख थिए, भेटका बारेमा सुइँको पाइहाले।

राजाले पत्याएको मान्छे भन्ने बुझेर जनमत संग्रहको लागि पैसा जुटाउन सूर्यबहादुरले सुवेदीलाई नै च्यापे। एक दिन सुवेदीलाई सोधेछन्, ‘जनमत संग्रह जित्न कति पैसा चाहिएला ?’ सुवेदीले साढे ३ करोड जति त चाहिएला भने रे।

निर्दल र बहुदल दुवै पक्षका कसैलाई पनि एक वर्षसम्म भेट्दिन भनेका राजा वीरेन्द्रले करीब चार महीनापछि नवराज सुवेदीलाई भेटेछन्। सुवेदी त्यसवेला राष्ट्रिय पञ्चभेला महासमितिका महासचिव थिए। सूर्यबहादुर चलाख थिए, भेटका बारेमा सुइँको पाइहाले।

त्यसपछि चन्दा उठाउने काम शुरु भयो। हुलास चन्द्र गोल्छालाई प्रधानमन्त्री थापा कहाँ बोलाएर चन्दा माग्दा रु.५ हजार पठाए रे। यसरी पैसा जुट्दैन भन्ने ठहर गरी सूर्यबहादुरले नवराज सुवेदीलाई भनेछन्, ‘एउटै व्यापारी समाउनोस्, कुन शर्तमा रकम दिन्छ सोधौं।’

सुवेदीले आफ्ना मित्र व्यापारी पुनम चन्द्र अग्रवालसँग सोध्दा आफू दुई नम्बरी धन्दा नगर्ने भएकाले त्यति ठूलो रकम दिन नसक्ने बताएछन्। अग्रवालले नाम चलेका व्यापारी चोथमल जेटियासँग चिनजान गराइदिएछन्।

एक साँझ जेटियासँग सुवेदी र प्रधानमन्त्री सूर्यबहादुरले भेटेर कुरा गरे। जेटियाले साढे ३ करोड आजै दिन सक्ने भन्दै पैसा दिएपछि त्यस वापत आफूले पनि केही सुविधा पाउनुपर्छ भनेर माग अगाडि सारेछन्। उनले नेपाली नागरिकता, सर्पको छाला निकासीको लाइसेन्स र काठमाडौंमा एउटा ठूलो सूती कपडा कारखाना खोल्ने अनुमति मागेछन्। प्रधानमन्त्रीले त्यसमा सहमति जनाएछन्।

जेटियाले पहिले साढे ३ करोड र पछि पैसा नपुग्दा थप ६० लाख गरी जम्मा रु. ४ करोड १० लाख दिए रे। निर्दलीय व्यवस्थालाई जिताउन तत्कालीन सरकारले अरु के के हत्कण्डा गर्‍यो होला, तर सुवेदीका अनुसार सरकारले पञ्चायतलाई जिताउन उक्त रकम लिने बाहेक अरु बेइमानी गरेन।

जेटियाले पहिले साढे ३ करोड र पछि पैसा नपुग्दा थप ६० लाख गरी जम्मा रु. ४ करोड १० लाख दिए रे। निर्दलीय व्यवस्थालाई जिताउन तत्कालीन सरकारले अरु के के हत्कण्डा गर्‍यो होला, तर सुवेदीका अनुसार सरकारले पञ्चायतलाई जिताउन उक्त रकम लिने बाहेक अरु बेइमानी गरेन।

‘बहुदलले जितेको भए देश कसरी चलाउनु ?’

रकमको व्यवस्था भएपछि जनमत संग्रहको काम अगाडि बढ्यो।

सूर्यबहादुर सारै खट्न सक्ने शूरो रहेछन् त्यसवेला। बिहान तीन बजेको समयमा पनि उनी मानिसहरूसँग भेटघाट र छलफल गर्ने रहेछन्। रातको समयमा पनि खासै आराम नगर्ने। सुवेदीले पुस्तकमा लेखे अनुसार, सूर्यबहादुर हेलिकप्टरमा सवार हुँदाको समयमा निदाउँथे रे।

राजेश्वर देवकोटा त्यस वेला सरकारको कुनै पदमा थिएनन्। तर, जनमत संग्रहको काममा पनि बेस्सरी खटेछन्। उनी राष्ट्रिय पञ्चभेला महासमितिको कार्यालयमा बिहान १० बजेदेखि नै खट्थे रे। देवकोटा र सूर्यबहादुरबीच को भन्दा को कम भन्ने अहम्को लडाइँ थियो रे।

२० वैशाख २०३७ मा जनमत संग्रहका लागि मतदान भयो। परिणाममा निर्दलीय व्यवस्थाले नै जित्यो। त्यसपछिको सरकारमा नवराज सुवेदी गृहमन्त्री भए। निर्दललाई जिताउन ठूलो रकम सहयोग गरेका व्यापारी चोथमललाई नागरिकता दिने सम्बन्धी फायल उनी टुङ्गोमा पुर्‍याउन सकेनन् रे। यसको केही महीनापछि जेटिया बितेछन्।

२० वैशाख २०३७ मा जनमत संग्रहका लागि मतदान भयो। परिणाममा निर्दलीय व्यवस्थाले नै जित्यो। त्यसपछिको सरकारमा नवराज सुवेदी गृहमन्त्री भए। निर्दललाई जिताउन ठूलो रकम सहयोग गरेका व्यापारी चोथमललाई नागरिकता दिने सम्बन्धी फायल उनी टुङ्गोमा पुर्‍याउन सकेनन् रे। यसको केही महीनापछि जेटिया बितेछन्।

जनमत संग्रहको परिणामलाई अल्पमतको नेतृत्व गरेका विश्वेश्वरप्रसाद कोइरालाले स्वागत गरे। त्यो कुरो भारत पटनाका उनका साथी देवेन्द्र बाबुलाई चित्त बुझेनछ। उनले बीपीलाई साह्रै मन पराउँथे र बीपीले पनि उनलाई मान्थे। कोइरालाले देवेन्द्रलाई भने रे, “अहिले नै बहुदलले जितेको भए कसरी मुलुक चलाउनु ? मसँग योग्य मानिस छैनन्। भएका मानिस मरिसके, योग्य देखिनेहरू सानै छन् र शासन गर्ने तालिम पाएका छैनन्। मेरा कार्यकर्ता दुःख गर्न सक्छन्, तर शासन गर्न सक्तैनन्।”

सूर्यबहादुरसँग बेखुशी दरबार

जनमत संग्रहपछि सरकार परिवर्तन गर्ने र संविधान परिवर्तन गर्ने प्रक्रिया शुरु भयो। राजा वीरेन्द्रले नवराज सुवेदीलाई प्रधानमन्त्री बन्न सोधेछन्। तर, सुवेदीले निर्दलीय पञ्चायतलाई जिताउन सूर्यबहादुरले गरेको मिहिनेत र लगनको चर्चा गर्दै बालिग मताधिकारबाट गठित राष्ट्रिय पञ्चायतमा हुने प्रधानमन्त्रीको चुनावमा उनी नै प्रधानमन्त्रीको पहिलो हकदार भएको कुरा राजासमक्ष राखे।

विभिन्न कारणले सूर्यबहादुरलाई प्रधानमन्त्रीमा निरन्तरता नदिने हो भने आफू बन्न तयार रहेको भन्ने कुरा राजासमक्ष राखेको सुवेदीले पुस्तकमा लेखेका छन्। अन्ततः सूर्यबहादुर नै प्रधानमन्त्री बने। उनकै मन्त्रिमण्डलमा सुवेदी भने गृह र पञ्चायत मन्त्री बने।

सुवेदीले सूर्यबहादुरले गरेको अथक परिश्रमको उदाहरण दिंदै महेन्द्रनगरमा रातभर नसुती ‘निर्दलमा भोट देऊ’ भन्ने चिठीमा दस्तखत गरेर तिनलाई दार्चुलाका मुखियाहरूकहाँ पुग्ने बन्दोबस्त गरेको राजालाई सुनाएछन्। उनले थप भनेछन्, ‘दार्चुलामा निर्दललाई जति भोट आयो, त्यो सबैको श्रेय सूर्यबहादुरको बुद्धि र परिश्रममा जान्छ। सरकारबाट यस्ता कुराको गम्भीर मूल्याङ्कन हुन जरुरी छ र यसपल्ट उहाँलाई नै प्रधानमन्त्री बनाइबक्सनु जाती हुन्छ।’

विभिन्न कारणले सूर्यबहादुरलाई प्रधानमन्त्रीमा निरन्तरता नदिने हो भने आफू बन्न तयार रहेको भन्ने कुरा राजासमक्ष राखेको सुवेदीले पुस्तकमा लेखेका छन्। अन्ततः सूर्यबहादुर नै प्रधानमन्त्री बने। उनकै मन्त्रिमण्डलमा सुवेदी भने गृह र पञ्चायत मन्त्री बने।

जनमत संग्रहपछि बन्ने संविधान प्रजातान्त्रिक हुनुपर्ने पनि सुवेदीले कुरा राखेका रहेछन्। सूर्यबहादुर र सुवेदी मिलेर त्यस्तै किसिमको मस्यौदा बनाएछन्। तर त्यो मस्यौदा दरबारलाई मान्य भएनछ। बालिग मताधिकारबाट राष्ट्रिय पञ्चायत सदस्यको चुनाव हुने भन्ने दफा बाहेक अरु जम्मै काटिएछ। दरबारले आफ्नो हिसाबले संविधान बनाएर जारी गर्‍यो।

प्रतिकृया दिनुहोस