व्यक्तित्व सोमबार, जेठ २६, २०७७

प्रत्यारोपण सेवाका अब्बल डा. पुकारचन्द्र श्रेष्ठ

रामु सापकोटा

प्रत्यारोपण सेवाका अब्बल डा. पुकारचन्द्र श्रेष्ठ

डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा वीर अस्पतालमा मिर्गौलाको र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण सेवा शुरु भएपछि अ‌ंग प्रत्यारोपणका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य भएको छ।

१२ वर्ष अघिसम्म नेपालमा अंग प्रत्यारोपण सेवा नहुँदा नेपालीहरूले भारत लगायत देश जानुपर्ने बाध्यता थियो। त्यस क्रममा मिर्गौला, कलेजो आदि प्रत्यारोपणका लागि एक वर्षमा करीब २०० जना विदेश जाँदा रु. १ अर्बभन्दा बढी बाहिरिन्थ्यो।

सन् २००८ मा बेलायतबाट डा. पुकारचन्द्र श्रेष्ठ फर्किएपछि स्वदेशमै अंग प्रत्यारोपण सेवा शुरू भयो। मिर्गौला, कलेजो र प्यान्क्रियाज प्रत्यारोपणसम्बन्धी अध्ययन गरेर आएका उनले अन्य चिकित्सकहरूको समन्वयमा सन् २००८ को डिसेम्बरमा वीर अस्पतालमा पहिलो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरेका थिए। प्रत्यारोपणमा वरिष्ठ चिकित्सकहरू डा. विजयकुमार शर्मा, डा. रजनी हाडा, डा. राजेन्द्र अग्रवाल, डा. ब्रह्मदेव झा लगायतले समन्वय गरेका थिए।

वीरमा स्वास्थ्य मन्त्रालयले प्रत्यारोपण युनिट स्थापना गरेको थियो। तर, जनशक्ति र स्रोत साधनको अभावमा सञ्चालन हुन सकेको थिएन। प्रशासनिक उल्झनका बीच पहिलो प्रत्यारोपण शुरू गर्न हारगुहार गर्नुपरेको डा. श्रेष्ठ सम्झन्छन्।

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गएको सात वर्षमा ६९५ जनाको मिर्गौला प्रत्यारोपण भएकामा ९९ प्रतिशत सफल भएको छ। रोचक त के छ भने, पछिल्लो चार वर्षमा लगातार ४७० जना सबैको मिर्गौला प्रत्यारोपण सफल भई डिस्चार्ज भएका छन्। मिर्गौलाको लगातार सफलतापूर्वक प्रत्यारोपण कमै मात्रामा हुन्छ।

उनका अनुसार, वीर मार्फत चार वर्षमा ९९ वटा प्रत्यारोपण भएकामा ९९ प्रतिशत सफल भएका थिए। “नेपालमा हामीले गरेका सबैजसो प्रत्यारोपण सफल भएका छन्, यो हाम्रा लागि गर्वको कुरा हो”, डा. श्रेष्ठ भन्छन्।

वीर अस्पतालमा काम गरिरहेका उनलाई २०६८ सालमा स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालको नवनिर्मित भवनमा मानव अंग प्रत्यारोपण केन्द्र सञ्चालनको जिम्मा दियो। तत्कालीन स्वास्थ्य सचिव डा. प्रवीण मिश्रले उक्त जिम्मेवारी दिएपछि उनले त्यहाँ काम त थाले, तर त्यो वेला प्रत्यारोपण केन्द्रमा न जनशक्ति थियो, न त स्रोत–साधन नै।

मन्त्रालयले केन्द्रलाई अघि बढाउन डा. पुकारलाई फोकल पर्सन बनाएको तीन महीनामा उनको समूहले संस्था सञ्चालनका लागि विधान बनायो। अन्ततः सरकारले ११ वैशाख २०६९ मा गठन आदेश जारी गरेपछि मानव अंग प्रत्यारोपण केन्द्र स्थापना भयो।

कर्मचारीलाई आकर्षक सेवा–सुविधा नहुँदा टिकाएर काम गराउन समस्या भएको डा. पुकार सम्झन्छन्। यति हुँदाहुँदै केन्द्रले जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण पनि २०७३ मंसीरदेखि शुरू गर्‍यो। उनी नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने चिकित्सक हुन्।

केन्द्र स्थापना भएको ६ महीनामा मिर्गौलाको डाइलसिस सेवा र १० महीनामै प्रत्यारोपण सेवा शुरू भएको थियो। त्यसपछि प्रत्यारोपण सेवाले तीव्रता पाएको डा. पुकार बताउँछन्। उनका अनुसार, बितेको सात वर्षमा ६९५ जनाको मिर्गौला प्रत्यारोपण भएकामा ९९ प्रतिशत सफल भएको छ। रोचक त के छ भने, पछिल्लो चार वर्षमा लगातार ४७० जना सबैको मिर्गौला प्रत्यारोपण सफल भई डिस्चार्ज भएका छन्। मिर्गौलाको लगातार सफलतापूर्वक प्रत्यारोपण कमै मात्रामा हुन्छ।

प्रत्यारोपण केन्द्र स्थापना गर्ने वेला डा. पुकारको नेतृत्वमा डा. कल्पना श्रेष्ठ, डा. राकेश बर्मा र डा. ब्रह्मदेव झा लगायत समूहले काम गरेको थियो। उनीहरू बाहेक प्रत्यारोपण केन्द्रमा काम गर्ने कर्मचारीहरूलाई तीन महीना करारमा खटाउनुपर्ने बाध्यता थियो। त्यो अवस्थामा प्रत्यारोपण सेवालाई निरन्तरता दिन चुनौतीपूर्ण थियो।

कर्मचारीलाई आकर्षक सेवा–सुविधा नहुँदा टिकाएर काम गराउन समस्या भएको डा. पुकार सम्झन्छन्। यति हुँदाहुँदै केन्द्रले जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण पनि २०७३ मंसीरदेखि शुरू गर्‍यो। उनी नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने चिकित्सक हुन्।

२०७४ पुसमा मानव अंग प्रत्यारोपण केन्द्रको नाम परिवर्तन गरी शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र बनाइएको छ।

बेलायत छाडेर नेपाल यात्रा

डा. पुकार एमबीबीएस र एमएस तहको अध्ययनपछि बेलायत गएका थिए। त्यहाँ डा. उनले रोयल कलेज अफ इडिनबराबाट सन् २००३ मा एमआरसीएस तहको अध्ययन पूरा गरे।

उनले सन् २००२ देखि २००८ सम्म बेलायत सरकारको न्यासनल हेल्थ सर्भिस अन्तर्गत रहेर काम गरेका थिए। त्यसै क्रममा उनले बेलायतको फ्रि म्यान अस्पतालमा सिनियर रजिष्ट्रारको रूपमा काम गरे।

विगतमा नजिकका सीमित नातेदारले मात्रै अंगदान गर्न सक्ने कानून थियो। त्यो प्रावधानले प्राविधिक रूपले अंग नमिल्नाले प्रत्यारोपणमा असहजता थियो। त्यस्तो कानून परिमार्जन गरेर जुनसुकै नातेदारले पनि अंगदान गर्न सक्ने व्यवस्था राख्न डा. पुकारले पहल गरेका थिए।

बेलायतमा अंग प्रत्यारोपणको काममा अनुभवी भएका उनले त्यहाँ राम्रो जागिर खाइरहेका थिए। तर, देशमै केही गर्ने सोचले उनी आफ्ना प्राध्यापकसँग सल्लाह गरेर नेपाल फर्किए।

यहाँ आएपछि उनले प्रतिष्ठित व्यक्तित्वहरू समेटेर गैरनाफामूलक संस्था आरोग्य प्रतिष्ठान स्थापना गरे। प्रतिष्ठान अन्तर्गत देशमै पहिलो पटक अंग प्रत्यारोपणका लागि अत्यावश्यक एचएलए ल्याब स्थापना भयो। साथै, उनले डाइलसिस सेवा तथा अंगदान र प्रत्यारोपणबारे जनचेतना जगाउने काम पनि गरे।

मिर्गौला प्रत्यारोपण गराएका व्यक्तिले खानुपर्ने औषधिको तह (ट्याक्रोलिमस लेभल) मापन गर्न विगतमा विदेश पठाउनुपर्थ्यो। डा. पुकारले देशमै पहिलो पटक आरोग्य प्रतिष्ठानमा र राष्ट्रिय प्रत्यारोपण केन्द्रमा त्यो उपकरण संचालनमा ल्याउन महत्वपूर्ण भूमिका खेले।

यसरी सम्भव भयो प्रत्यारोपण सेवा

देशमा प्रत्यारोपण सम्बन्धी समयसापेक्ष कानून नै नभएको समयमा यस सम्बन्धी काम गर्ने अग्रसरता लिनु सजिलो पक्कै थिएन। डा. पुकारले त्यही चुनौतीको बाटो रोजे। उनले प्रत्यारोपणसम्बन्धी आवश्यक कानून निर्माण र परिमार्जनका लागि निरन्तर पहल गरे।

विगतमा नजिकका सीमित नातेदारले मात्रै अंगदान गर्न सक्ने कानून थियो। त्यो प्रावधानले प्राविधिक रूपले अंग नमिल्नाले प्रत्यारोपणमा असहजता थियो। त्यस्तो कानून परिमार्जन गरेर जुनसुकै नातेदारले पनि अंगदान गर्न सक्ने व्यवस्था राख्न डा. पुकारले पहल गरेका थिए।

मस्तिष्क मृत्युपछि अंगदान गर्ने कानून बनाउने काममा उनले धेरै मिहिनेत गरेका थिए। राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हालसम्म मस्तिष्क मृत्यु भएका ६ जनाको मिर्गौला र एक जनाको कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको छ। सडक दुर्घटनाका कारण मस्तिष्क मृत्युको समस्या बढी हुने गरेकाले यो कदम अंग प्रत्यारोपणका लाागि महत्वपूर्ण शुरूआत भएको डा. पुकार बताउँछन्।

यस्तै, परिवारका सदस्यबीच अंग म्याच नभएको अवस्थामा गैरनातेदारहरूबीच आपसी साटासाट गर्न सक्ने व्यवस्था पनि उनले मिलाए।

प्रत्यारोपण केन्द्र मार्फत आफ्ना नाताभित्र ‘म्याच’ नभएका ३२ जना गैरनातेदार जोडीको मिर्गौला साटेर प्रत्यारोपण गरिएको छ। यस्तै, पाँच जनाको कलेजो प्रत्यारोपण भएको छ।

मस्तिष्क मृत्युपछि अंगदान गर्ने कानून बनाउने काममा उनले धेरै मिहिनेत गरेका थिए। राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हालसम्म मस्तिष्क मृत्यु भएका ६ जनाको मिर्गौला र एक जनाको कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको छ।

सडक दुर्घटनाका कारण मस्तिष्क मृत्युको समस्या बढी हुने गरेकाले यो कदम अंग प्रत्यारोपणका लाागि महत्वपूर्ण शुरूआत भएको डा. पुकार बताउँछन्। उनी भन्छन्, “प्रत्यारोपण सम्बन्धी कानूनको सहजताका बावजुद मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगदान गर्ने परिपाटी नै छैन, यसबारे जनचेतना फैलाउन आवश्यक छ।”

एक व्यक्तिमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने काम मुलुकमा पहिलो पटक वीर अस्तालमा डा. पुकारले नै शुरू गरेका थिए। उनकै नेतृत्वमा राष्ट्रिय प्रत्यारोपण केन्द्रले १२ जनाको मिर्गौला पुनःप्रत्यारोपण गरेको छ।

उनका अनुसार, यस कार्यले गति लिन सके स्वस्थ व्यक्तिको अंगदानबाट हुने जोखिमको अन्त्य हुने र नेपाल मिर्गौला प्रत्यारोपणमा आत्मनिर्भर बन्न सक्छ।

एक व्यक्तिमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने काम मुलुकमा पहिलो पटक वीर अस्तालमा डा. पुकारले नै शुरू गरेका थिए। उनकै नेतृत्वमा राष्ट्रिय प्रत्यारोपण केन्द्रले १२ जनाको मिर्गौला पुनःप्रत्यारोपण गरेको छ।

उनका अनुसार, केन्द्रले झण्डै वार्षिक २०० जनालाई निःशुल्क प्रत्यारोपण सेवा दिंदै आएको छ। यसले झण्डै रु.१ अर्ब विदेशिनबाट रोकिएको उनी बताउँछन्। केन्द्रमा छिमेकी मुलुक भारतबाट र विभिन्न देशमा रहेका नेपालीहरू पनि प्रत्यारोपणका लागि आउने गरेको उनी बताउँछन्।

केन्द्र मार्फत उनले देशका विभिन्न भागमा मिर्गौला डाइलसिस सेवा विस्तार गरे। जनकपुर र धनगढीमा डाइलसिस सेवा सञ्चालन गर्न औषधी, स्वास्थ्य सामग्री र जनशक्तिलाई तालिम दिए। यस बाहेक केन्द्रले अन्य २० ठाउँमा डाइलसिस सेवा सञ्चालनका लागि जनशक्तिलाई तालिम दिएको छ।

करीब एक महीना अघि मात्रै लोकसेवा आयोगले राष्ट्रिय प्रत्यारोपण केन्द्रका सबैजसो प्राविधिक कर्मचारी स्थायी नियुक्त गर्ने प्रक्रिया शुरू गरेको छ। तर, मुलुकमा प्रत्यारोपण सेवालाई स्थापित गरेर प्रत्यारोपण केन्द्र हाँक्ने वेला उनलाई स्वास्थ्य मन्त्रालयले निर्देशकको जिम्मेवारीबाट हटाएर मन्त्रालय सरुवा गरेको छ।

यसबाट प्रत्यारोपण सेवालाई सात वटै प्रदेशमा विस्तार गर्ने र केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने योजना पूरा गर्न नपाएको उनी बताउँछन्। “मैले केन्द्रको निर्देशक हुँदा पनि केन्द्रलाई प्रतिष्ठान बनाउने र प्रत्यारोपण केन्द्रलाई विस्तार गर्ने प्रस्ताव मन्त्रालयमा पटकपटक लगेको थिएँ, तर त्यसलाई कार्यान्वयन गरिएन”, उनी भन्छन्।

प्रतिकृया दिनुहोस