समाचार बुधबार, जेठ ७, २०७७

सक्कली बाेतलमा नक्कली मदिरा

कमल रिमाल

सक्कली बाेतलमा नक्कली मदिरा
प्रहरीले बरामद गरेको नक्कली मदिरा ।

विराटनगरमा सक्कली बाेतलमा नक्कली मदिरा भरेर बिक्री गर्ने व्यक्ति पक्राउ परेका छन् ।

विभन्न ब्राण्डका मदिराका बोतलमा नक्कली स्टिकर र नक्कली मदिरा भरेर कारोबार गर्दै आएका विराटनगर–६ का श्रवण मुखियालाई प्रहरीले पक्राउ परेकाे हाे।

उनले विभिन्न नामका ५ सय ३० बोतलमा नक्कली मदिरा भरेर बिक्री–वितरण गर्दै आएका थिए । मोरङ प्रहरीका अनुसार, विराटनगर ११ बसपार्क छेउको योजित प्रधानको घर भाडामा लिएर संचालन गरिएको न्यू डीएन ट्रेडर्समा छापा मारेर मदिरासहित मुखियालाई नियन्त्रणमा लिइएको हो।

मुखियाले बिक्रीका लागि राखेका नक्कली मदिरा भरेर वाइन, वियर, ह्वीस्की र भोट्का बिक्रीका लागि तयार गरेका थिए । प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार, सिग्नेचर ह्वीस्की दुई सय १० बोतल, फाइटर नामको मदिरा ८९ बोतल, रुस्लान भोट्का २६, बियर ७२ बोतललगायतका अन्य विभिन्न नामका मदिराका भरी बाेतल बरामद गरिएको छ।

मुखियाले नक्कली मदिरा उत्पादन गरी कारोबार गर्ने गरेको सूचनाका आधारमा छापा मारिएको प्रहरीले बताएको छ । मदिरा कारोबारी मुखियालाई आन्तरिक राजस्व कार्यालय विराटनगरबाट कारवाही थालिएको नायब उपरीक्षक राईले बताए।


प्रतिकृया दिनुहोस