सामाजिक दूरी कायम गरेर बुद्धको पूजा (तस्वीरहरु)
![सामाजिक दूरी कायम गरेर बुद्धको पूजा (तस्वीरहरु)](https://www.himalkhabar.com/uploads/posts/158891906495769129_703027593847133_51278.jpg)
बिहीबार २५ सय ६४ औं बुद्ध जयन्ती मनाइएको छ। यस पटक कोरोनाभाइरस महामारी र बन्दाबन्दीका कारण बुद्ध जन्मस्थल लुम्बिनीका साथै विभिन्न बौद्ध बिहार र गुम्बाहरुमा बिहान सामान्य पूजा र साँझ दीप प्रज्वलन मात्र गरिएको छ।
भक्तपुरको मुनि बिहार तथा भक्तपुर र काभ्रेको सिमानामा पर्ने नाला गुम्बामा पनि बिहीबार बिहान बुद्धको पूजा गरिएको थियो। थोरै संख्यामा भेला भएका भिक्षुहरुले सामाजिक दूरी कायम गरेर मन्त्रोच्चारण गरेका थिए। विगत वर्षमा भने बुद्ध जयन्तीमा बुद्धको प्रतिमा रथमा राखेर भन्तेहरुले भिक्षा माग्दै नगर परिक्रमा गर्ने गरिन्थ्यो।
बुद्ध जयन्तीमा मुनि बिहार र नाला गुम्बाका केही झलक:
![](/uploads/shares/Photo Story Archive/Monika Buddha jayanti/95592122_759704977894638_2583108247959371776_n.jpg)
![](/uploads/shares/Photo Story Archive/Monika Buddha jayanti/Main.jpg)
![](/uploads/shares/Photo Story Archive/Monika Buddha jayanti/95986711_1527730174055307_6641877506892759040_n.jpg)
![](/uploads/shares/Photo Story Archive/Monika Buddha jayanti/95389423_579345966294406_9128925366713319424_n.jpg)
![](/uploads/shares/Photo Story Archive/Monika Buddha jayanti/96117998_2531137740533714_7696889068709216256_n.jpg)
![](/uploads/shares/Photo Story Archive/Monika Buddha jayanti/96239044_1108906059476009_4809083007409324032_n.jpg)