समाचार बुधबार, वैशाख २४, २०७७

उपत्यका प्रवेश गर्न खोज्ने पास लिएकै १०३ सवारी साधन फर्काइए

रासस

उपत्यका प्रवेश गर्न खोज्ने पास लिएकै १०३ सवारी साधन फर्काइए
बन्दाबन्दीमा उपत्यका ।

राजधानी उपत्यका प्रवेश गर्न खोजेका १०३ सवारी साधनलाई फर्काइएको छ । अत्यावश्यक बाहेकका सवारीलाई प्रवेश गर्न नदिइएको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठका अनुसार, मंगलबार मात्रै १०३ सवारी साधनलाई उपत्यका प्रवेश गर्न नदिइएको हो । बन्दाबन्दीमा विभिन्न बाहना बनाएर पास लिएका सवारी साधनलाई उपत्यका प्रवेशमा रोक लगाइएको हो ।

सोमबार ३७ सवारी साधनलाई रोकिएको थियो । औषधि बोकेका, खाद्यन्न बोकेका र एम्बुलेन्सलाई मात्रै प्रवेश गर्न दिइएको छ ।

पुहँजका आधारमा पास लिएर उपत्यको भित्रने संख्या बढेपछि प्रवेश रोक लगाइएको प्रहरीले जनाएको छ । विदेशी नम्बर प्लेट भएका कुनै पनि सवारी साधनलाई आउन दिइएको छैन ।

प्रहरीका अनुसार, नागढुंगा भएर दैनिक औसतमा पाँच सय बढी सवारी उपत्यका भित्रिने गरेको छ ।

प्रतिकृया दिनुहोस