समाचार सोमबार, वैशाख १५, २०७७

सगरमाथा राष्ट्रिय निकुञ्जमा मारिए छ वटा कस्तुरी

मुकेश पोखरेल

सगरमाथा राष्ट्रिय निकुञ्जमा मारिए छ वटा कस्तुरी

संरक्षणविदहरुलाई झस्काउने गरि सगरमाथा राष्ट्रिय निकुञ्जमा बीना झिकिएको अवस्थामा ६ वटा मृत कस्तुरी मृग भेटिनु, निकुञ्ज अधिकारीहरुको गम्भिर लापरवाहीको परिणाम ।

सगरमाथा राष्ट्रिय निकुञ्जमा बीना झिकिएको अवस्थामा ६ वटा मृत कस्तुरी मृग भेटिएको छ । निकुञ्ज अधिकारीहरुका अनुसार बीना झिकिएको अवस्थाका ती कस्तुरी मृग तस्करहरुको शिकार हुन पुगेका हुन् । 

निकुञ्ज प्रशासनका अनुसार सोलुखुम्वु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका-४ को क्यान्जुवा जंगल क्षेत्रमा मृत अवस्थामा ६ वटा कस्तुरी मृग भेटिएका हुन । प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायका अनुसार आइतबार मृत अवस्थामा कस्तुरी मृग देखेपछि स्थानीयले खबर गरेको बताए । मृत कस्तुरी हेर्दा तस्करले करिव एकहप्ता अघि मारेको हुनसक्ने उपाध्यायको अनुमान छ । 

मृत भेटिएका कस्तुरी मृग ।

मृत कस्तुरी मध्ये २ वटा भाले र १ वटा पोथीको मात्र पहिचान भएको छ । बाँकीको पहिचान हुन नसकेको उपाध्यायले बताए । खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिमदोर्जे शेर्पाले निकुञ्ज प्रशासनको गम्भीर लापरवाहीका कारण ठूलो संख्यामा कस्तुरी मृग मारिएको बताए । “यो निकुञ्ज प्रशासनको गम्भीर लापरवाही हो, यसको जिम्मा त्यहाँ कार्यरत कर्मचारीले लिनुपर्छ,” गाउँपालिका अध्यक्ष शेर्पाले भने “निकुञ्ज संरक्षणकै लागि भनेर सेनासहित करिव २ सय जनशक्तिले के हेरेर बसेको छ ?”

नब्बे जना कर्मचारीसँगै सगरमाथा राष्ट्रिय निकुञ्ज र त्यहाँ रहेका बन्यजन्तुको सुरक्षामा १ सय ५० जना नेपाली सेनाको टोली खटिएको छ । बन्दाबन्दीको समयमा हुनसक्ने सम्भावित चोरी तस्करी नियन्त्रण गर्न निकुञ्ज प्रशासनले ध्यान नदिएको शेर्पाको आरोप छ ।

घटनाको विषयमा सम्वन्धित वार्डको वडाध्यक्षलाई यथार्थ बुझेर जानकारी गराउन भनेको गाउँपालिका अध्यक्ष शेर्पाले बताए ।

यार्सा टिप्ने निहुँमा वन्यजन्तु शिकार

सगरमाथा राष्ट्रिय निकुञ्जकै लुक्लास्थित मध्र्यवर्ती क्षेत्रमा पर्ने गुराँसको जंगल फंडानी भएको छ । निकुञ्जका संरक्षण अधिकृत उपाध्यायले सामुदायिक वनका अध्यक्ष आङसोना शेर्पाबाट जंगल फडानीको सूचना प्राप्त भएकाले त्यसबारेमा थप बुझ्न कर्मचारीलाई खबर पठाइएको बताए ।

शिकार र हतियारसहित शिकारी पक्राउ

शिकारीसँग सशस्त्र प्रहरी र वनरक्षकको संयुक्त टाेलीकाे गोली हानाहान

 सगरमाथा राष्ट्रिय निकुञ्जमा बीना झिकिएको अवस्थामा मृत कस्तुरी मृग

 

प्रतिकृया दिनुहोस