समाचार मंगलबार, चैत ११, २०७६

बन्दाबन्दीमा सुनसान काठमाडौं [तस्वीरहरू]

बिक्रम राई

बन्दाबन्दीमा सुनसान काठमाडौं [तस्वीरहरू]

महामारीका रुपमा फैलिइरहेको कोरोनाभाइरस (कोभिड-१९) को सम्भावित संक्रमणलाई मध्यजनर गर्दै सरकारले बन्दाबन्दी(लकडाउन) लागू गरेपछि राजधानिका सडक सुनसान बनेका छन् ।

फ्रान्सबाट फर्किएकी एक जना विद्यार्थीमा कोरोनाभाइरसको संक्रमण देखिएपछि सरकारले थप संक्रमण रोकथामका लागि बन्दाबन्दी घोषणा गरेको हो । आज बिहानैदेखि मानिसहरू सरकारले गरेको आव्हानलाई पालना गरिरहेका छन् ।

केही अत्यावश्यक यात्रुहरू भने सडकमा निस्किएका छन् । केही बिरामी बोकेका मानिसहरू र आपतकालिन सवारीहरू केही स्थानमा देखा परेका छन् ।

बिरामीलाई भने टेकुमा राखेर उपचार भइरहेको छ ।

 
 

प्रतिकृया दिनुहोस