टिप्पणी शुक्रबार, फागुन ३०, २०७६

‘भगवान भरोसा’ मा हाम्रा ऐतिहासिक सङ्ग्रहालय

वसन्त महर्जन

‘भगवान भरोसा’ मा हाम्रा ऐतिहासिक सङ्ग्रहालय
लुम्बिनी सङ्ग्रहालय ।

–विश्वसम्पदा सूचीमा सूचीकृत गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा आएका पर्यटकले सम्पदास्थलमा ३० मिनेटभन्दा कम समय विताएको र आर्थिक दृष्टिबाट खासै फाइदा नभएको भन्नेहरू धेरै छन् तर त्यहीं भएका वस्तु पनि देखाउन नसकेर यत्तिकै फर्किरहेको बारेमा कसैको ध्यान गएको छैन। भ्रमणकर्तालाई लुम्बिनी क्षेत्रमा रहेको सङ्ग्रहालयतर्फ आकर्षित गर्न सक्ने हो भने कम्तीमा एक घन्टा त त्यतै डुलाउन सकिन्थ्यो ।

–विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं उपत्यकाका सात ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रहरूमध्ये हनुमानढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्रमा मात्रै सङ्ग्रहालयहरू छन्। यी कुनै सङ्ग्रहालयहरूको विषयवस्तु ती स्थलसँग सम्बन्धित होइनन् ।

–चाँगुनारायण क्षेत्रमा व्यक्तिगत स्तरमा सञ्चालित सङ्ग्रहालय पनि चाँगुनारायण मन्दिरको विगत र वर्तमान बुझाउन सक्षम छैन। यी स्थलहरू आफैंमा खुला सङ्ग्रहालय हुन्, अर्को किन चाहियो भन्ने पनि हुनसक्छन् तर ऐतिहासिक विकासक्रम तथा अन्य पाटाहरूबारे जानकारी दिन छुट्टै सङ्ग्रहालय आवश्यक हुन्छ ।

–पशुपति र खास्ति (बौद्ध) लगायत सबै क्षेत्रमा त्यहाँको जानकारी दिनसक्ने वेग्लावेग्लै सङ्ग्रहालय स्थापना गर्न ढिलो भइसकेको छ।

–पञ्चायतकालमा प्रत्येक विकास क्षेत्रमा सङ्ग्रहालय स्थापना गरिएको थियो। पाँचवटै सङ्ग्रहालय अहिले सञ्चालनमा रहे पनि प्रभावकारी छैनन् । अब प्रदेशस्तरीय ७ सङ्ग्रहालय स्थापना गर्नु वाञ्छनीय छ । स्थानीयस्तरमा सञ्चालित जातीय, क्षेत्रीय र अन्य विषयवस्तु सम्बद्ध सङ्ग्रहालयहरूको विकास आवश्यक छ ।

वि.सं. १८८१ मा स्वदेशी तथा विदेशी हातहतियार सङ्ग्रह गर्न तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले आफ्नो निवासमा स्थापना गरेको छाउनी सिलखानालाई १ फागुन १९९५ मा ‘नेपाल सङ्ग्रहालय’ नाम दिएर सर्वसाधारणका लागि खुला गरिएको हो ।

कुनै पनि सम्पदाको जानकारी लिने र दिने सबैभन्दा उपयुक्त थलो सङ्ग्रहालय हो । यसलाई शैक्षिक केन्द्रका रूपमा पनि परिभाषित गरिन्छ । सङ्ग्रहालयले आफूसँग भएका कुराहरू सार्वजनिक प्रदर्शनीमा राख्ने मात्रै नभएर त्यसबारे सही जानकारी उपलब्ध गराउने, विज्ञहरूलाई अनुसन्धान गराएर प्रकाशन गर्ने र प्रचारप्रसारको काम पनि गर्नुपर्छ ।

‘नेपाल राष्ट्रिय सङ्ग्रहालय’ का नामबाट सञ्चालित यो नेपालको पहिलो र ठूलो सङ्ग्रहालय हो । त्यसदेखि यता देशैभरि अनेकौं सङ्ग्रहालय स्थापना भए केही बाहेक प्रायः सङ्ग्रहालयको सञ्चालन र व्यवस्थापन भने ‘भगवान भरोसा’ मा छन् ।

कुनै पनि सम्पदाको जानकारी लिने र दिने सबैभन्दा उपयुक्त थलो सङ्ग्रहालय हो । यसलाई शैक्षिक केन्द्रका रूपमा पनि परिभाषित गरिन्छ । सङ्ग्रहालयले आफूसँग भएका कुराहरू सार्वजनिक प्रदर्शनीमा राख्ने मात्रै नभएर त्यसबारे सही जानकारी उपलब्ध गराउने, विज्ञहरूलाई अनुसन्धान गराएर प्रकाशन गर्ने र प्रचारप्रसारको काम पनि गर्नुपर्छ ।

सम्बद्ध विज्ञलाई अध्ययन/सङ्कलन गर्न विभिन्न ठाउँमा पठाउने, प्राप्त वस्तुको सुरक्षा/संरक्षण गर्ने र उपयुक्त तरिकाले दर्शकसमक्ष प्रस्तुत गर्ने हो भने सङ्ग्रहालयको सम्पन्नता झ्ल्कन्छ । नेपालमा सञ्चालित धेरै सङ्ग्रहालयको अवलोकन गर्दा ‘भण्डारण’ नै सङ्ग्रहालय सञ्चालन गर्नु हो भन्ने गलत बुझाइ देखिन्छ ।

अवलोकनमैत्री सङ्ग्रहालय 

नेपालमा आउने पर्यटकहरूको रुचि यहाँको कला, संस्कृति र सभ्यताबारे बुझ्नु पनि हो । कतिपय सङ्ग्रहालय क्षेत्र विशेषसँग सम्बन्धित हुन्छन् भने कतिपय निश्चित समयमा मात्रै देख्न पाइन्छ । सङ्ग्रहालय सञ्चालन गर्ने ‘क्यूरेटर’ हरूले विविध पक्षमा ध्यान दिएर अवलोकनकर्ताको आवश्यकता पूर्ति गर्नुपर्छ ।

नेपालमा सञ्चालित कतिपय सङ्ग्रहालय अवलोकनकर्तामैत्री छैनन् । धेरै सङ्ग्रहालयमा प्रकाशको व्यवस्थापनमा ध्यान दिइएको छैन । प्रदर्शित वस्तुका बारेमा जानकारी दिन राखिएका नोटहरू सानो अक्षर र धेरै वर्णनका कारण सजिलैसँग पढ्न सकिन्न । कति नोटहरू अशुद्ध छन्, व्याकरणगत त्रुटि पनि छन् ।

सङ्ग्रहालयहरूमा सबैभन्दा ठूलो समस्या आगन्तुकले आफ्नो रुचिको विषयबारे थप जानकारी माग्दा सन्तुष्ट पार्न सक्ने जनशक्तिको अभाव हो । व्यावहारिक रूपमा यस्ता प्रश्नहरू क्यूरेटरसँग सोझ्न्छिन् तर एउटै क्यूरेटरबाट यी सबैको जवाफ अपेक्षा गर्नुभन्दा उपयुक्त व्यवस्था गर्नु राम्रो हुन्छ ।

 

प्रतिकृया दिनुहोस