समाचार आइतबार, फागुन २५, २०७६

कपिलवस्तुमा ५१ वर्षीया महिलामाथि तेजाब आक्रमण

रासस

कपिलवस्तुमा ५१ वर्षीया महिलामाथि तेजाब आक्रमण
सांकेतिक तस्वीर

कपिलवस्तुमा एक महिलामाथि तेजाब आक्रमण भएको छ। कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– १ मा तेजाब प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएकी छिन्।

गुप्ताको अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिए।

उनको निधार र शरीरमा तेजाब परेको र कपिलवस्तु जिल्ला अस्पतालमा उपचारपछि युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

क्रिकेट ब्याडका विषयमा विवाद चल्दै गर्दा छिमेकी हरिनारायण वरईले तेजाब प्रहार गरेका हुन्।

क्रिकेट ब्याड भाचेपछि ब्याडको पैसा तिनुपर्ने भन्दै झगडा भएका बेला वरईले ब्याट्रिमा राख्ने तेजाबले आक्रमण गरेका थिए। ब्याट्री मर्मत गर्ने पसल सञ्चालन वरईको पसलबाट प्रहरीले पाँच लिटर तेजाबसमेत बरामद गरेको छ। 

तेजाब प्रहार गर्ने वरईलाई प्रहरीले नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरेको छ।

प्रतिकृया दिनुहोस