समाचार आइतबार, फागुन १८, २०७६

सोमबार प्रधानमन्त्री अस्पताल भर्ना हुनु पहिले मन्त्रिपरिषद बैठक

रासस

सोमबार प्रधानमन्त्री अस्पताल भर्ना हुनु पहिले मन्त्रिपरिषद बैठक
null

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली अस्पताल भर्ना हुनुअघि सोमबार मन्त्रिपरिषदको बैठक बस्ने भएको छ ।

सोमबारको नियमित मन्त्रिपरिषद पछाडि मात्रै प्रधानमन्त्री अस्पताल भर्ना हुने भएका हुन् ।

बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिने मिर्गौला पुनःप्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुँदैछन् ।

आइतबार सम्पन्न नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्योपचारको योजनाबारे जानकारी दिएका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रत्यारोपणका लागि भर्ना हुन सबै तयारी पूरा भएको बताए । प्रधानमन्त्री ओलीको यसअघि २०६४ मा भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । मन्त्रिपरिषद्को बैठक आइतबार साँझ पनि बैठक बसेको छ ।

प्रतिकृया दिनुहोस