विश्वव्यापी काेराेनाभाइरस महामारी

१५६५२९४

हालसम्म संक्रमित

३४५८६७

निको भएका

९१९१२

मृत्यु हुनेको संख्या

नेपाल

जम्मा संक्रमित

निको भएको

अपडेटः बिहीबार, २७ चैत २०७६ । ११: ०० बजे राति | स्रोत : worldometers.info/coronavirus

काेभिड-१९
विस्तृत सामग्री

खेलकुद बुधबार, माघ २९, २०७६

सोलुखुम्बूमा प्रदेश १ स्तरीय भलिबल

कमल रिमाल

सोलुखुम्बूमा प्रदेश १ स्तरीय भलिबल
प्रतियोगितको जानकारी दिदै आयोजक । तस्वीरः कमल रिमाल

भ्रमण वर्षमा आन्तरिक पर्यटक लक्षित गर्दै प्रदेश १ स्तरीय भलिबल प्रतियोगिता सर्वोच्च शिखर सगरमाथाछेउ सोलुखुम्बूमा गरिने भएको छ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी प्रदेश १ ले पुरुष भलिबल प्रतियोगिता आगामी ६ फागुनबाट सोलुखुम्बूको सल्लेरीमा गर्ने भएको हो।

मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै एकेडेमी प्रदेशका अध्यक्ष सागर थापाले विदेशी बढी जाने सोलुखुम्बूमा आन्तरिक पाहुना आकर्शित गर्ने उद्देश्यले आयोजना गर्न लागिएको बताए।

लिग कम नकाउटको आधारमा खेलाइने प्रतियोगितामा प्रदेशका १४ जिल्लाका टीम सहभागी हुने आयोजकले जनाएको छ।

अध्यक्ष थापाका अनुसार, प्रथम हुनेलाई रु १ लाख ५१ हजार, दोस्रोलाई रु १ लाख, तेस्रोलाई रु ५० हजार र चौथो हुने समूहलाई रु २५ हजार नगद सहित मेडल प्रदान गरिनेछ । प्रतियोगितामा रु ४८ लाख खर्च हुने बताइएको छ।

प्रतियोगिताको समूह एमा झापा, धनकुटा, ताप्लेजुङ र इलाम छन् भने समूह बीमा भोजपुर, उदयपुर र सोलुखुम्बू, रहेका छन्।

समूह सीमा सुनसरी, पाँचथर र संखुवासभा, समूह डीमा ओखलढुंगा, तेह्रथुम, खोटाङ र मोरङबीच प्रतिस्पर्धा हुनेछ।

समूह विजेता र उपविजेताले नकाउट खेल खेल्ने आयोजकले जानकारी दिएको छ।

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुसियैतले उदघाटन गर्ने प्रतियोगिताको समापन मुख्यमन्त्री शेरधन राईबाट हुने अध्यक्ष थापाले जानकारी दिए।

भ्रमण वर्षलाई सफल बनाउन प्रदेशका कानून मन्त्री हिक्मत कार्की, विराटनगरका मेयर भीम पराजुली पनि भलिबल खेल हेर्न जाने भएका छन्।
पत्रकार सम्मेलनमा सोलुखुम्बूबाट निर्वाचित प्रदेशसभा सदस्य तथा नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले विश्वभरका पर्यटक आउने सोलूको सल्लेरीमा खेल सफल बनाउन जिल्लाका सबै स्थानीय तह तयार रहेको बताए।

उनका अनुसार, सोलुखुम्बूका १ नगरपालिका र ७ वटा गाउँपालिका भलिबल सफल बनाउन र पर्यटकको स्वागत गर्न तयार भएका छन्।

 

प्रतिकृया दिनुहोस