समाचार विहीबार, माघ ९, २०७६

दैलेखमा भत्काइए २४१ छाउगोठ

रासस

गृह मन्त्रालयको निर्देशनअनुसार छाउगोठ भत्काउने अभियान अन्तर्गत दैलेखमा दिनहुँ धमाधम छाउगोठ भत्काउन थालिएको छ ।

२१ पुसदेखि थालिएको अभियानमा विभिन्न स्थानीय तहमा गरी २४१ छाउगोठ भत्काइएको हो ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत २१ पुसदेखि यही ६ माघसम्म पाँच स्थानीय तहमा छाउगोठ भत्काइएको हो ।

दैलेखको अछामसँग सिमाना जोडिएको आठबिस नगरपालिकामा जिल्लाकै बढी ११२ छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए।

त्यसैगरी भैरवी गाउँपालिकामा ५८, दुल्लु नगरपालिकामा १३, गुराँस गाउँपालिकामा तीन, चामुण्डाविन्द्रासैनी नगरपालिकामा २० र अन्य स्थानीय तहमा गरी २४१ छाउगोठ भत्काइएको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस