खेलकुद मंगलबार, पुस १५, २०७६

ओलम्पिकमा स्वयंसेवक बन्न ६ लाख जनाको आवेदन

रासस

ओलम्पिकमा स्वयंसेवक बन्न ६ लाख जनाको आवेदन

ओलम्पिक २०२० का लागि स्वयंसेवक बन्न ६ लाख १० हजारभन्दा बढीले आवेदन दिएका छन् ।

यही ५ डिसेम्बरदेखि आवेदनका लागि खुला गरिएकोमा २९ डिसेम्बर सम्ममा ६ लाख १६ हजार जनाले आवेदन दिएका हुन् ।

निवेदन दिनेमा अधिकांश युवा विद्यार्थी रहेका र त्यसमा विदेशी विद्यार्थी पनि रहेको चिनियाँ अधिकारीहरूले जानकारी दिएका छन् ।

विश्वकै ध्यान खिच्नेगरी हुन लागेको “२०२० बेइजिङ विन्टर गेम्स”का लागि यति ठूलो संख्यामा आवेदन पर्नुले यसप्रतिको चासो धेरै रहेको पुष्टि छ ।

आयोजक समितिले ती मध्येबाट आवश्यकता र योग्यताका आधारमा छनोट गर्ने समाचारमा जनाइएको छ । महत्वका साथ हेरिएको यो खेलकुद प्रतियोगिता आगामी फेब्रुअरीमा चीनको याङइङ जिल्लामा हुने तय भइसकेको छ । –सिन्ह्वा 

प्रतिकृया दिनुहोस