समाचार आइतबार, मंसिर १५, २०७६

ठोस खाना खान र हिडडुल गर्न थाले प्रधानमन्त्री

रासस

ठोस खाना खान र हिडडुल गर्न थाले प्रधानमन्त्री

एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ ।

प्रधानमन्त्रीको मिर्गाैलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । “प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ, शल्यक्रिया गरिएको घाउ निको हुँदै गएको छ”, उपचारमा संलग्न महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’का कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले भने ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि १० मंसीरमा केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

प्रधानमन्त्रीले विहीबारदेखि नै मुखबाट ठोस खाना खान र विस्तारै हिडडुल गर्न थालेका छन् । कार्यकारी निर्देशक श्रेष्ठले भने, “हामीले आवश्यक सबै कुरामा ध्यान दिएका छौँ । शल्यक्रिया गरिएको घाउ यही क्रममा सुधार भएमा यो हप्ता प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न सकिन्छ ।”

प्रतिकृया दिनुहोस