समाचार शनिबार, मंसिर १४, २०७६

उत्साहित मतदाता (तस्वीरहरु)

कमल रिमाल

उत्साहित मतदाता (तस्वीरहरु)

धनपालथान गाउँपालिका–२, का वडाध्यक्ष बलिराम भगतको सर्पले डसेर मृत्यु भएपछि मोरङको एक मात्रै वडामा भइरहेको उपनिर्वाचनलाई चासोसाथ हेरिएको छ ।

बिहानैबाट सुरक्षा प्रमुख र दलका नेताहरु धनपालथानमा छन् । प्रदेश प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले सुरक्षा अवस्था अवलोकन गरेका छन् ।

उपनिर्वाचनमा मतदाता उत्साहित देखिएको उनले प्रतिक्रिया दिएका छन् । यहाँ, सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी काँग्रेस बीच नै प्रतिश्पर्धा हुने अनुमान गरिएको छ ।

२०७४ को स्थानीय निर्वाचनमा एमालेका बलिराम भगवतले १ हजार १८६ मत ल्याएका थिए भने काँग्रेसले ८४१, माओवादी केन्द्रले ५५० र संघीय समाजवादी फोरमले ५६ मत ल्याएका थिए ।

प्रतिकृया दिनुहोस