भरतपुरको मेयरमा चुनाव लड्न सांसदबाट राजीनामा
भरतपुर महानगरपालिकाको मेयरमा चुनाव लड्न बागमती प्रदेश सभा सदस्य विजय सुवेदीले राजीनामा दिएका छन्।
सांसद सुवेदीले बिहीबार बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठलाई राजीनामा बुझाएका छन्। नेकपा (एमाले) ले भरतपुर महानगर कमिटीले मेयरका लागि उनको नाम सर्वसम्मत सिफारिश गरेको छ।
स्थानीय तहको विकासमा लगाव रहेकाले चुनाव लड्ने निधो गरेको उनले बताए। त्यसका लागि पार्टीले अवसर दिने भएपछि प्रदेश सांसदबाट राजीनामा दिएको उनको भनाइ छ।
२०७४ को स्थानीय निर्वाचनमा भरतपुर महानगरमा नेकपा (माओवादी केन्द्र) बाट रेणु दाहाल मेयरमा निर्वाचित भएकी थिइन्। उनीसँग एमालेका उम्मेदवार देवी ज्ञवाली पराजित भएका थिए।
यस पटक सत्तारूढ गठबन्धनले तालमेल गरेको छ। जसमा भरतपुर माओवादीकै भागमा परेको छ। माओवादीबाट मेयर दाहाल नै उम्मेदवार बन्ने देखिएको छ।