HimalKhabar.com :: A Complete Nepali Political News Portal
यातायात
बढी भाडा लिनेलाई यात्रु बनेर कारवाही गर्दै ट्राफिक प्रहरी, पाँच जना पक्राउ महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाड पर्व लक्षित विशेष अभियान शुरु गरेको छ। सोही अभियानअन्तर्गत आज चाडपर्वको मौका छोपेर काठमाडौँ उपत्यका बाहिर जाने यात्रुसँग मौकाको फाइदा उठाई बढी भाडा टिकट काट्ने पाँच जनालाई कारवाही गरिएको छ।
नेपालको आफ्नै रेल जनकपुर आइपुग्यो, यात्रुसेवा भने तत्कालै शुरू नहुने नेपालले भारतसँग किनेका दुईवटा रेल शुक्रबार दिउँसो नेपाल आइपुगेका छन्। भारतको जयनगरबाट छुटेका रेल जनकपुर आइपुगेका हुन्। नेपाल आइपुगेका दुवै रेल ५/५ डिब्बाका हुन्। एउटा रेलमा एकैपटक १३०० जनाले यात्रा गर्न सक्छन्।