HimalKhabar.com :: A Complete Nepali Political News Portal
व्यक्तित्व
विधिका वाहक: नीलाम्बर आचार्य

लोकतन्त्र, न्याय र विधिको शासनका लागि नीलाम्बर आचार्य (७३) को प्रतिबद्धता र सक्रिय सहभागिता वास्तवमै ईर्ष्यालाग्दो छ । 'बेथिति देख्दा उदास हुन्छु। तर उदास बस्नु भएन। मनलाई रचनात्मक सोच र केही काममा लगाउने यत्न गर्छु। उदासी हट्दै जान्छ। मन सकारात्मक बन्दै जान्छ।' 

बहुआयामिक बौद्धिक: पीताम्बर शर्मा व्यक्तित्व
बहुआयामिक बौद्धिक: पीताम्बर शर्मा

योजनाविद् प्रा.डा. पीताम्बर शर्माले अधिकार, विकास, शहरीकरण, पर्वतीय पर्यटन, बसाइँसराइ र वातावरणदेखि राज्यपुनर्संरचनासम्मका विषयमा महत्वपूर्ण विचार दिइरहेका छन्।

अमेरिकाको कर्नेल युनिभर्सिटीबाट 'अर्बनाइजेसन एण्ड रिजनल प्लानिङ' मा विद्यावारिधि शर्माको दक्खल शहरीकरण र बसाइँसराइमा मात्र सीमित छैन। अनरिभलिङ द मोज्याकः स्पाटियल एस्पेक्टस् अफ इथ्निसिटी इन नेपाल (२००८), मार्केट टाउन्स इन द हिन्दू कुश–हिमालयज (२००१), टुरिज्म एज डेभलपमेन्ट (२०००), अर्बनाइजेसन इन नेपाल (१९८९) जस्ता पुस्तक उनको बहुआयामिक व्यक्तित्व दर्शाउन पर्याप्त छन्। प्रोफेसर शर्माले विकास, पर्वतीय पर्यटन, आर्थिक तथा वातावरणीय योजनालगायतका क्षेत्रमा सम्झ्नलायक काम गरेका छन्।