HimalKhabar.com :: A Complete Nepali Political News Portal
वाङ्‌मय
देश विजेताले मात्र होइन, पराजितले पनि बनाएका हुन् ! देश के हो ? आखिर देश भन्नु हाम्रो पुर्खाले देखेको एक सपना हो। जसले राज्य विस्तार गर्दा जिते, तिनले सायद आफ्ना सन्तान यो मुलुकमा फलून् फुलून् भन्ने सोचेका थिए। जसले त्यो बेला हारे र पराजय स्विकारेर यो मुलुकमा बस्ने निर्णय गरे, तिनले पनि लडिराख्नुभन्दा पराजय स्विकार्नुमै आफ्ना सन्तानको भविष्य देखेका हुँदा हुन्।
यसरी सुन्दर लेख्ने नेपाली भाषालाई सुन्दर बनाउने त्यसको प्रस्तुति, शिल्प र प्रयोगले हो। कहिले कहिले नहरमा पानी नअटाए जस्तै व्याकरणले सिर्जनालाई रोक्न सक्दैन।