HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
कुन्जोकले आज पनि स्थगित गरे सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको सुनुवाइ बाघका अंग कारोबारको अभियोगमा रसुवा कारागारमा थुनामा रहेका हुम्लाका कुन्जोक लामा भनिने कुन्जोक छिरिङ तामाङले सर्वोच्चमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथिको सुनुवाइ मंगलबार पनि स्थगित गरेका छन्। उनले सोमबारको सुनुवाइ पनि स्थगित गरेका थिए। 
पर्सामा नेकपाको हिंसात्मक मुठभेड: संविधानसभा सदस्य गुप्तासहित १२ जनाविरुद्ध हत्याको जाहेरी दर्ता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्साका कार्यकर्ता मुकेश चौरसिया हत्या प्रकरणमा सोही पार्टीकै नेता एवं संविधानसभा सदस्य राजकुमार गुप्तासहित १२ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले आज मुद्दा दर्ता गरेको हो ।