चार जना महिलालाई कुवेत पुर्याएर बेच्न खोज्ने पक्राउ
चार जना महिलालाई गैरकानूनी रूपमा कुवेत पुर्याएर बेचविखन गर्न खोजेको आरोपमा एक जना पक्राउ गरेका छन्। मोरङ कटहरी गाउँपालिका-९, स्थायी ठेगाना भएका २९ वर्षीय राज भन्ने राजेशकुमार चौधरीलाई प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो।
नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष न्यौपानेलाई थप सात दिन थुनामा राख्न आदेश
ठगी मुद्दामा पक्राउ परेका भक्तपुरको चाँगुनारायण नगरपालिकामा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।