HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पदा
टेकोमा सम्पदा
टेकोमा सम्पदा १२ वैशाख २०७२ को भूकम्पका कारण क्षतिग्रस्त सम्पदाहरूको साढे तीन वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुनसकेको छैन। भूकम्पले जग र जोर्नी खलबल्याएपछि तत्काल थामथुम पार्न टेकोले अड्याइएका सम्पदाहरू अहिले पनि सोही अवस्थामा छन्। टेकोको सहारामा धराप अवस्थामा उभिएका सम्पदाहरू काठमाडौं उपत्यकाका ठाउँठाउँमा देखिन्छन्।
सम्पदामाथिको शुद्धिहीन व्यवहार
सम्पदामाथिको शुद्धिहीन व्यवहार वसन्त महर्जन हिन्दू वा बौद्ध सम्प्रदायविशेषको आग्रह राखेर गरिने दाबीले इतिहास अध्ययनमा अर्थ राख्दैन। पहिले कुलीन खसहरूको शव गाड्दा बनाएको वास्तु नै अहिलेका देवलहरू हुन् भन्न सकिन्छ। त्यसकारण यो पूजास्थल नभई चिहान हो। शव गाड्ने चलन हराएसँगै देवलहरू उपेक्षित र रहस्यमय हुन थालेको अनुमान गर्न सकिन्छ।केही वर्षअघि दैलेखको भूर्ती पुगेकी अनेरास्ववियूकी अध्यक्ष नविना लामाले देवलमा चढेर खिचेका फोटाहरू 'फेसबूक' मा पोष्ट गरेकी थिइन्। ती फोटालाई सयौंले लाइक गरे भने कतिले कुन ठाउँको हो भनेर सोधेको देखियो, त्यो उछलकुदको उपयुक्ततामाथि भने कसैले टिप्पणी गरेनन्। तर उनी जत्तिको नेतृबाट समाजले कहिल्यै त्यस्तो 'सेन्सलेस एक्ट' को अपेक्षा राखेको हुँदैन।