चोरी भएको ३७ वर्षपछि लक्ष्मी-नारायणको मूर्ति अमेरिकाद्वारा नेपाली राजदूतावासलाई हस्तान्तरण पाटनबाट चोरी भएको झन्डै चार दशकपछि लक्ष्मी-नारायणको मूर्ति नेपाल फिर्ता हुने भएको छ। अमेरिकाको संघीय अनुसन्धान ब्यूरो (एफबीआई)ले लक्ष्मी-नारायणकाे मूर्तिलाई वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासमा बुझाएकाे छ।
प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट भारतका विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री ओलीलाई भेट्न भारतीय विदेश सचिव श्रृंगला बिहीबार साँझ बालुवाटार पुगेका थिए।