युद्ध अपराधको अभियोग लागेका कोशोभोका राष्ट्रपति थासीले राजीनामा दिए
युद्ध अपराधको अभियोग लागेका कोशोभोका राष्ट्रपति हसिम थासीले पदबाट राजीनामा दिएका छन्। सर्बियाबाट कोशोभोलाई स्वतन्त्र बनाउन भएको युद्धमा ‘कोशोभो लिबरेसन आर्मी’ का कमाण्डर रहेका राष्ट्रपति थासी र उनका साथीहरूलाई कम्तीमा पनि १०० जना व्यक्तिको हत्याका लागि जिम्मेवार रहेको आरोपमा नेदरल्याण्ड्सको हेगस्थित ‘कोसोभो स्पेशलिष्ट च्याम्बर एण्ड स्पेशलिष्ट प्रोसिक्यूटर्स अफिस’ मा अभियोजन गरिएको थियो।
अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवार बाइडेन तथा ह्यारिसले दिए बडादशैँको शुभकामना
डेमोक्रेटिक पार्टीबाट अमेरिकी राष्ट्रपति पदका उम्मेदवार जो बाइडेन र उपराष्ट्रपति पदको उम्मेद्वार कमला ह्यारिसले हिन्दूहरुको चाड बडादशैँ (नवरात्री) को शुभकामना दिएका छन्।