१०० दिनमा बुद्ध एअरले पौने चार लाख यात्रु बोक्यो
आन्तरिक वायुसेवा कम्पनी बुद्ध एअरले कोभिड-१९ को संक्रणपछि खुलेको उडानबाट पौने चार लाख यात्रुलाई सेवा दिएको छ। बुद्धले ५ असोजदेखि १३ पुससम्ममा तीन लाख ७५ हजार यात्रुलाई सेवा दिएको जानकारी दिएको छ।
भारतसँगको हवाई उडान खुलाउने जिम्मा उड्डयन प्राधिकरणलाई, वायुसेवाबाट उडान तालिका मागिंदै
सरकारले १० मंसीरमै कोरोना महामारी शुरु हुनुअगाडि नेपालमा नियमित उडान गरिरहेका वायुसेवाको उडान खुलाउने निर्णय गरिसकेको छ। यो निर्णयबाट छिमेकी मुलुक भारतमा पनि उडान खुल्ने अपेक्षा छ। तर, भारतले १६ पुससम्मलाई अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएकाले त्यसअघि भारतमा नियमित उडान हुनसक्ने देखिंदैन।