HimalKhabar.com :: A Complete Nepali Political News Portal
वाङ्‌मय
पल्लो क्याबिन पल्लो क्याबिनमा बिस्तारै एउटा छायाँ प्रवेश गर्‍यो । छायाँ स्त्रीदेहको थियो । छायाँ समुद्रसरी लहरिंदै अघि बढिरहेको थियो । पानीको लहरजस्तै हिंडाइ पनि लयमा थिएन । पाइला असन्तुलित देखिन्थे । साँझ पातलै थियो, रमरमखालको । त्यो रमरममा क्याबिनमा लगिएको बिरामी कुनै महिला हुन् भन्ने चिन्न गाह्रो थिएन । उनको लामो तर असरल्ल कपालका कारण मैले थाहा पाइहालें, उनी महिला हुन् भन्ने ।
नामग्याल, तिम्रो परिचय फेरिनुहुँदैन झल्यास्स भएँ उसको नाम सुनेर । पत्रिकाका पानामा गाडिएका नजर कक्षा–९ मा भर्ना हुन आएको त्यो नयाँ केटोतिर हुत्तिए । मुहार देखेर झनै चकित भएँ म । मनमा एक लहर विचार दौडियो – ‘यो त उही हो ।’ उसका आँखा पनि त यस्तै चिम्सा थिए । यस्तै दबेको थियो नाकको डाँडी । यस्तै पाक्दै गरेको किम्बुजस्तै कलेजी थिए ओठ ।