HimalKhabar.com :: A Complete Nepali Political News Portal
संगीत
सबैले बिर्सिएका नेपाली संगीतका एक 'त्रिमूर्ति' अम्बर गुरुङ शुरूदेखि अनि गोपाल योञ्जन र जितेन्द्र बर्देवा चाहिँ पछि गएर बहुमुखी नेपाली सङ्गीत स्रष्टा बने। आफूले रोजेको बाजा बजाउन शुरू गरे, गीत गाउन थाले, मेलोडी रच्न थाले, आफ्ना सबै सङ्गीत संयोजन गरे र सार्वजनिक मञ्चमा प्रस्तुति दिए।
‘मच्छिन्द्रबहालमा भजन गाउने हिम्मत कसरी गर्‍यो नारायणगोपालले ?’ नारायणगोपाल (गुरुवाचार्य) लाई सबैले चिन्दछन्। सुनहरि चाहिं मेरा दिवङ्गत ससुरा हुनुहुन्थ्यो। काठमाडौंको पुरानो ठाउँ भेडासिंको जनबहाल वा मच्छिन्द्रबहालको हुनुहुन्थ्यो सुन्दरहरि प्रजापति। साथीहरूले उहाँको नाम छोट्टयाएर सुनहरि राखिदिए। मैले उहाँकी छोरी रञ्जनारानी प्रजापतिलाई बिहे गरेपछि म सुनहरिको ज्वाइँ हुन पुगेँ।